डेमी बनिन् नयाँ मिस युनिभर्स

शुक्रबार, १५ मङि्सर २०७४, ०२ : ३९ शुक्रवार
डेमी बनिन् नयाँ मिस युनिभर्स

गत आइतबार लास भेगासमा आयोजना गरिएको वार्षिक रुपमा आयोजना हुने मिस युनिभर्स समारोहले नयाँ मिस युनिभर्स छानेको छ । ९२ प्रतिस्पर्धीलाई उछिन्दै मिस साउथ अफ्रिका डेमी लेइघनेल पिटर्स्ले यस वर्षको मिस युनिभर्सको ताज पहिरिन सफल भएकी हुन् । २२ वर्षकी डेमी बिजनेस म्यानेजमेन्टकी डिग्री होल्डर हुन् । मिस युनिभर्सको ताज पाएसँगै डेमीलाई एक वर्षसम्म वार्षिक तलब र न्युयोर्क सिटीमा अपार्टमेन्टसँगै अन्य सेवा सुविधा दिइनेछ । त्यस्तै मिस युनिभर्सको फस्ट रनरअपका रुपमा मिस कोलम्बिया लाउरा गोन्जालेज र मिस जमैका डेभिना बेनेट सेकेन्ड रनरअपका रुपमा घोषित भएकी छन् ।

Leave A Comment