श्रमदानमा धराने युवा

शुक्रबार, ०७ पुष २०७४, ११ : ०७ राेहित रार्इ
श्रमदानमा धराने युवा

मंसिर २१ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएपछि सबैको ध्यान मतगणनामा केन्द्रित थियो । भोलिपल्ट २२ गते बिहानै धरानका झण्डै २ दर्जन युवायुवती धरान १७ स्थित रिसोर्ट लाइनमा भेला भए । चुनावकै भोलिपल्ट युवायुवतीको लस्कर देख्दा स्थानीय सशंकित पनि बने । ती युवाले स्थानीय एक व्यक्तिको घरमा ढुंगा ओसार्न थालेपछि मात्र उनीहरु श्रमदान गर्न आएको कुरा छर्लङ्ग भयो ।

ती युवा शारीरिकरूपमा अशक्त भए पनि १७ वर्षदेखि पत्रिका बेचेर परिवारको गुजारा गरिरहेका श्रमिक (हकर) ज्ञानबहादुर माझीको घर निर्माणमा श्रमदान गर्न पुगेका थिए । धरानका केही सञ्चारकर्मीको पहलमा माझीको नयाँ घर निर्माण हुँदैछ । उनको दुवै हात र खुट्टा राम्रोसँग चल्दैन । पत्रिका बेचेर परिवार पालिरहेका माझीको लडेर हात पनि भाँचिएको थाहा पाएपछि गत तिहारमा पत्रकारहरुको एक टोलीले नयाँ घर बनाउन देउसी खेलेका थिए ।

धरानका पत्रकार जनकऋषि राईको नेतृत्वमा माझीको घर बनाउन पत्रकार, मजदुर संठनका नेताहरुले देउसी खेलेको बारे सामाजिक सञ्जालबाट जानकारी पाएपछि देशविदेशबाट आर्थिक, भौतिक सहयोग जुटेको छ । सहयोग जुटेपछि घर निर्माणमा श्रमदान गर्न युवा संघ धरानका सचिव धिरेन लिम्बूको नेतृत्वमा युवाहरु पुगेका थिए । युवाहरुले घरको भुई सोलिङ गर्न ढुंगा ओसारेका थिए भने कसैले गैती, झम्पल र बेल्चा लिएर पिलर तथा पार्टेसनका लागि जमिन खनेका थिए । बिहान ७ बजेदेखि ५ घण्टासम्म युवाहरुले श्रम गरे ।

एक फेन्सी पसलमा मजदुरी गर्ने प्याकुरेल टेम्पो चढेर घर फर्कँदै गर्दा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको स्पाइनल कर्डमा चोट पुग्दा विगत २९ महिनादेखि ओछ्यानमा थलिएका छन् । उनको छाती मुनिको शरीरले केही पनि चाल पाउँदैन । दिसापिसाब ओछ्यानमै गर्ने प्याकुरेल श्रीमती, एक छोरा र छोरीसँगै आफन्तको आश्रयमा रहेका छन् । तिनै प्याकुरेलको अवस्था थाहा पाएपछि माझीको घर निर्माणमा सक्रिय पत्रकार, मजदुर नेता मिलेर उनका लागि पनि घर निर्माणको अभियान थालेका हुन् ।
शारीरिकरूपमा अशक्त प्याकुरेल र माझीको घर निर्माण अभियानको एउटा समानता के हो भने दुवैमा युवा पुस्ताको सक्रिय नेतृत्व छ । र यी दुई अभियान मात्र होइन, धरानमा अन्य थुप्रै यस्ता सामाजिक अभियान र कार्यहरु युवा नेतृत्वमै भइहेको छ । यसको स्पष्ट सन्देश पनि हो, ‘धरानमा हिजोका जस्तो दुव्र्यसनमा फसेका युवा मात्र छैनौं है !’ विगतको नकारात्मक छविलाई सुधार्न अहिले धरानका युवा सामाजिक गतिविधिमा सक्रिय छन् । ‘धरानका युवा ड्रगिष्ट हुन्छन्, काटमार गर्छन् भन्ने गलत छाप छ । कुनै समय केही बढी थियो होला, तर अहिलेको पुस्ता त्यस्तो छैन,’ युवा संघका सचिव धिरेन लिम्बूले भने, ‘सामाजिक अभियानमा सक्रिय युवा अत्यधिक छन्, हामी धरानप्रतिको विगतको नराम्रो छविलाई हटाउन चाहन्छौं ।’

उनले भनेजस्तै विगतमा लाहुरेको सहर भनेर परिचित धरान भौतिकरूपमा जति सुन्दर थियो, सामाजिकरुपमा उत्तिकै बदनाम पनि । यहाँका युवालाई लागूपदार्थ दुव्र्यसनले गाँजेको थियो । दुव्र्यसनमा फसेका चोकचोकका युवाहरुबीच काटमार चलिरहन्थ्यो । पचासको दशकतिर धरान कतिसम्म बदनाम थियो भने काठमाडौंमा डेरा खोज्नुप¥यो र धरानको नभन्नु है भन्ने हल्ला थियो । अहिले पनि धरान पूर्वमा धेरै नै लागूऔषध दुव्र्यसनको समस्या भएको सहरमा पर्छ । तर, यहाँका युवा सिर्जनशील, सामाजिक अभियानमा पनि सक्रिय छन् । जसले धरानको नकारात्मक छविलाई सुधार्न प्रयास पनि गरिरहेको छ । धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले भन्छिन्, ‘युवा शक्ति श्रम र सिर्जनामा जोडिएको देख्दा धेरै खुसी छुँ,’ यसले समाजमा सकारात्मक सन्देश जान्छ । यसरी नै सबै क्षेत्रमा युवा नेतृत्व आउनुपर्छ, तब मात्र देश बन्छ ।’

Leave A Comment