फेसन डिजाइनर अथिया

शुक्रबार, ०७ पुष २०७४, ११ : ४६ शुक्रवार
फेसन डिजाइनर अथिया

बलिउडमा कलाकारहरुले कालाकारिता मात्रै नगरी अन्य पेसा, व्यवसाय अँगाल्दै आएका छन् । कलाकार भएर अन्य पेसा अँगाल्नुलाई राम्रै लिइन्छ बलिउडमा । अभिनेत्री भएर पनि अन्य पेसा अँगाल्नेको नयाँ सूचिमा आएकी छन् अथिया सेट्ठी । सुनिल सेट्ठी पुत्री अथियालाई अब अभिनेत्री मात्र नभई फेसन डिजाइनरका रुपमा समेत देख्न पाइने भएको छ । २५ वर्षे अथियाले छिट्टै आफ्नै पोसाकहरुको ब्रान्ड स्थापना गर्नेछिन् । उनले युवा केन्द्रित पोसाकहरुमा ध्यान दिने बताइएको छ । फेसन कन्सस अथियाको फेसन प्रभाव निकै भएको र उनी रेड कार्पेटमा उत्रदा धेरैको वाहवाही पाउँदै आएकी छन् ।

Leave A Comment