कमलको ‘पन्चेबाजा’

बिहिबार, १३ पुष २०७४, ०१ : १२ शुक्रवार
कमलको ‘पन्चेबाजा’

गायक कमल ज्ञवालीले नयाँ गीत ‘पन्चेबाजा’ सार्वजनिक गरेका छन् । कमल स्वयंको शब्द र संगीत रहेको गीतमा उनलाई स्वरमा देवी घर्तीले साथ दिएकी छिन् । लोक शैलीको सार्वजनिक गीतमा अनु शाह, विकास लामिछाने, यसराज र रबिनाको अभिनय देख्न सकिन्छ  । भिडियोलाई निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन्  । गीतको एरेन्ज आशिष अविरालले गरेका हुन् ।

आभाको ‘बहाव’

गायिका आभा मुकारुङले एकल एल्बम ‘बहाव’ लिएर आएकी छिन् । ११ वटा गीत रहेको एल्बममा नरदेवी राई, शिमुरा, सुरेश शाही, बुद्धि मोक्तान, राई नवीन, आनन्द अधिकारी, राजकुमार राई, डिपी खनाल र मुकेश राईको शब्द, अर्जुन कौशल, बालन्द राई, राई नवीन, पविधन खालिङ, सन्तोष दुमी राई, धनु ग्याङ्मी र हेमन्त चेम्जोङको सङ्गीतलाई सचिन सिं, फनिन्द्र राई, अर्जुन कौशल, नोर्वु शेर्पा, उदयराज पौडेल र विश्व अधिकारीले सङ्गीत संयोजन गरेका छन् । दुई गीतमा गायिका आफैले सङ्गीत भरेकी छिन् भने एउटा युगल गीतको गायनमा हेमन्त चेम्जोङले साथ दिएका छन् । यो आभाको तेस्रो एल्बम हो । गायिकाले एल्बम बिक्रीबापतको ५० प्रतिशत रकम सङ्गीतकर्मीहरुको सहयोगमा खर्च गर्ने उल्लेख गरेकी छिन् । एल्बममा समाविष्ट ‘आमा’, ‘सोझो बाटो’ र ‘फूल होइन’ बोलको गीतको भिडियो पनि सार्वजनिक भइसकेको छ । एल्बमलाई अलग आर्ट हबले श्रोतामाझ ल्याएको हो ।  

स्वरुप र प्रविशाको ‘एक्लोपन’
गायक स्वरूपराज आचार्य र गायिका प्रविशा अधिकारीको स्वर रहेको ‘एक्लोपन’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बादल लिम्बूको संगीत र भद्रकला आङबुङको शब्द रहेको छ । सुवास गुरुङ निर्देशित भिडियोमा अभिनेत्री केकी अधिकारी, ओम प्रकाश राई र विकास लिम्बू फिचरिङ छन् । हङकङका रमणीय दृश्य खिचिएको भिडियोलाई विक्रम गुरुङले खिचेका हुन् भने युवी चाम्सले सम्पादन गरेका हुन् । गीतमा म्यूजिक एरेन्ज उदयराज पौडेलको छ ।

Leave A Comment