‘सन्तुष्टि दिए बजार विस्तार हुन्छ’

शनिबार, २२ पुष २०७४, ०१ : ०४ दिलीप पौडेल
‘सन्तुष्टि दिए बजार विस्तार हुन्छ’

मानविकीमा स्नाकोत्तर मदनप्रसाद भारती भक्तपुरका स्थानीय हुन् । कोडाक कम्पनीको बजार प्रतिनिधिबाट मार्केटिङ क्षेत्रमा प्रवेश गरेका भारती अहिले भारतको हाइजेनिक रिसर्च इन्स्टिच्युट(एचआरआई)का तर्फबाट नेपालमा प्रतिनिधित्व गर्छन् । एचआरआईका उत्पादन बिजनेस डेभलपमेन्ट सर्भिसमार्फत् नेपालमा निर्यात गरी यहाँको एसियन डिस्ट्रिब्युटन प्रालिमार्फत् स्टे«क्स र भास्मोल ब्रान्डका उत्पादन बिक्री भैरहेका छन् । एचआरआई कम्पनीका उत्पादन, बजार लगायतको विषयमा कम्पनीका कन्ट्री म्यानेजर मदनप्रसाद भारतीसँग शुक्रबारका लागि दिलीप पौडेलले गरेको कुराकानीः
कस्ता प्रोडक्ट नेपाली बजारमा बिक्री गरिरहनु भएको छ ?
मुख्य गरी हेयर केयर सेगमेन्ट नै हुन् । हेयर केयरमा दुई ब्रान्ड छन् । स्टे«क्स र भास्मोल छन्  । त्यसमा हेयर आयल, हेयर डाई, मेहन्दी, हेयर सिरम, हाइलाइटरहरु, स्याम्पू लगायत रहेका छन् । भास्मोल ब्रान्डमा केस काला, काली मेहन्दी, सुपर भास्मोल अमला, ब्ल्याक हिना, भास्मोल ब्ल्याक हेयर आयल लगायत छन् । त्यसैगरी स्टे«क्स ब्रान्डमा क्रिम हेयर कलर, स्याम्पू, हेयर सेरम, सफ्ट जेल हेयर कलर, अल्ट्रालाइट्स छन् । अर्को फ्लोरोजोन स्किन लाइट्निङ क्रिमअन्तर्गत डीप मोइस्चरिङ लोसन, एन्टी एजिङ फ्रुट लोसन, हेन्ड एन्ड बडी लोसन, मोइस्चरिङ लोसन र सन स्क्रिन लोसन रहेका छन् ।
बजारमा कहिलेदेखि बिक्री गरिरहनु भएको छ ?
यो कम्पनीले आफ्ना उत्पादनलाई भारतमा ६० वर्षअघिदेखि नै बिक्री गर्दै आएको छ । कम्पनीको हेड अफिस भारतको मुम्बईमा छ । नेपालमा १८ वर्षदेखि यसको प्रोडक्ट बिक्री भैरहेको छ ।
कुन–कुन मुलुकमा बिक्री हुन्छ ?

भारत, नेपाल लगायत सार्क मुलुकसँगै मध्यपूर्वका देश तथा दक्षिण अफ्रिकामा ।
तपाईंहरुकै उत्पादन किन प्रयोग गर्ने ?
सामान गुणस्तरीय छन् । हाम्रो कम्पनीका उत्पादन गुणस्तरीय भएकाले उपभोक्ताले सन्तुष्टि पाएका छन् । कम्पनीको हेयर कलर धेरै राम्रो छ । केही वर्षअघि सेतो कपाललाई कालो बनाए पुग्थ्यो । अहिले कालो बनाउने मात्र होइन कपाललाई रङ लगाएर फेसनेबल बन्ने होड नै छ । १७ वटा कलरका फेसन सेट बजारमा उपलब्ध छन् । यति धेरै अरु कुनै कम्पनीमा छैनन् । न्यून आय भएका नेपालीले पनि प्रयोग गर्न सक्ने मूल्य छ । हेयर कलर सेगमेन्टमा अरु प्रतिस्पर्धी भन्दा सस्तो रहेको छ । क्रिमले अनुहारमा देखिएको दाग हटाउने काम गर्छ ।
गुणस्तरको विषयमा प्रयोगकर्तालाई कसरी आश्वस्त पार्नुहुन्छ ?
हामी १८ वर्षदेखि बेचिरहेका छौं । यो नयाँ उत्पादन र नयाँ कम्पनी होइन । कलर बिजनेस कठिन छ । यस्तो प्रतिस्पर्धामा पनि हाम्रो उत्पादन सबैको रोजाईमा पर्नु भनेकै प्रयोगकर्ता ढुक्क भएर हो । मागअनुसार सेट दिन सकेन भने बजारमा उपस्थित भैरहन कठिन छ  ।
कस्मेटिक प्रोडक्टमा साइड इफेक्ट भएको गुनासो पनि सुनिन्छ ?
अहिलेसम्म कम्प्लेन छैन तर छाला अथवा कपालमा प्रयोग गर्ने कस्मेटिक सामानमा कहिलेकाहीं समस्या देखिने सम्भावना हुन्छ । त्यसका लागि हाम्रो कम्पनीको उत्पादनका हरेक प्रोडक्टभित्र प्रयोग विधिका बारेमा लेखिएको हुन्छ । जस्तै कलर लगाउँदै हुनुहुन्छ भने सुरुमा सानो एरियामा हल्का लगाएर परीक्षण गर्दा पोलेको छैन, सुनिएको छैन, एलर्जी भएको छैन भने मात्र प्रयोग गर्न सुझाव दिन्छौं ।
प्रयोग गर्दा कमजोरी भेटिए के गर्ने ?
कम्प्लेन आयो भने भारत नै फिर्ता पठाउँछौं । गुणस्तरमा चिन्ता गर्नुपर्ने अवस्था छैन । लामो अनुसन्धान, प्रयोग तथा पुनः प्रयोग गरेर बजारमा ल्याइएको हो । कुनै पनि उत्पादन लञ्च गर्दा प्रिटेस्टिङ हुन्छ । मान्छेले रुचाउँछ रुचाउँदैन भनेर बजारमा ¥यान्डमली टेस्ट गरेर मात्र ल्याउछौं । मन पराएको छ कि छैन भन्ने फिडब्याक लिँदा सफल भएपछि मात्र लन्च गर्छौं । प्रोडक्ट पाइयो भन्दैमा हतारमा प्रयोग गर्नु हुँदैन ।
यहाँको प्रोडक्ट कहाँ पाइन्छ ?
हामीले ४५ डिस्ट्रिब्युटरमार्फत देशभर बिक्री गरिरहेका छौं । कस्मेटिक आउलेट, किराना पसलमा पनि पाइन्छ । कस्मेटिक सेट भने कस्मेटिक पसल र पार्लरहरुमा पाइन्छ । पार्लरमा हेयर ट्रिटमेन्ट, कलरिङ गर्न पनि सिकाइन्छ ।
नेपालमा वार्षिक बिक्री कति हुन्छ ?
करिब ३५ करोड रुपैयाँका सामान ।
प्रतिस्पर्धा कस्तो छ ?
खुला अर्थतन्त्रमा प्रतिस्पर्धा हुनु स्वभाविक होे । यहाँ उपभोक्ताले छान्न पाउँछन् नि !
गुणस्तर, पैसा, सेवामा चित्त बुझ्नु पर्यो । हेयर कलरमा बजारमा प्रशस्त ब्राण्ड छन् । ती सबैमध्ये हामी अग्रस्थानमा छौं । प्रयोगकर्ता सन्तुष्ट भएकाले सफलता पाएका छौं ।
प्रयोगकर्ताको रेस्पोन्स कस्तो पाउनु भएको छ ?
धेरै राम्रो छ । कमजोरी भए फिडब्याक पनि दिनुहुन्छ । सबैले रुचाएकै कारण अहिले नेपालमा सामान बिक्री गर्ने लिडिङ कम्पनी भएका छौं ।
व्यावसायिक सफलताको लागि के चाहिन्छ ?
कम्पनीले बिक्री गर्ने वस्तु तथा सेवाको बारेमा प्रयोगकर्तालाई सन्तुष्टि दिन सके मात्र बजार बिस्तार हुन्छ । त्यसबाट व्यावसायिक सफलता पाउन सकिन्छ । इमान्दारी साथ गुनासालाई सम्बोधन गरे सफलता मिल्छ । त्यसलाई मिहिनेत जरुरी छ ।

Leave A Comment