बालीमा बिन्दास ज्याकलिन

शनिबार, २२ पुष २०७४, ०१ : ३८ शुक्रवार
बालीमा बिन्दास ज्याकलिन

पछिल्लो समय धमाधम फिल्म खेल्दै आइरहेकी अभिनेत्री ज्याकलिन फर्नान्डेज छुट्टी मनाउने क्रममा बाली पुगेकी थिइन् । बालीको समुद्री तटमा साथीभाइसँग नयाँ वर्षलाई स्वागत गर्ने क्रममा कामुक अवतारमा प्रस्तुत भएकी ज्याकलिनका कामुक तस्बिरहरु इन्स्टाग्रामभरी छताछुल्ल भएका छन् । इन्स्टाग्राम तस्बिरहरुमा ज्याकलिनलाई मोनोकिनीमा सजिएको देख्न सकिन्छ । आफ्नो कामुकतालाई जस्तोसुकै अवस्थामा पनि उदांगो पार्न पछि नपर्ने ज्याकलिनको व्यवहार यतिबेला अनलाइनहरुमा भाइरलजस्तै भइरहेको छ । नयाँ वर्ष मनाएर भारत फर्केपछि ज्याकलिन सलमान खानसँगको आगामी फिल्म ‘रेस–३’को सुटिङमा व्यस्त हुने बताइएको छ ।

Leave A Comment