सन्दिप आइपीएल अक्सनमा

बिहिबार, ११ माघ २०७४, ०१ : ५६ शुक्रवार
सन्दिप आइपीएल अक्सनमा

 नेपाली स्पिनर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनमा पर्न सफल भएका छन् । आइपीएल अक्सनमा पर्ने उनी पहिलो नेपाली खेलाडी हुन् । आइपीएल अक्सनमा ३ सय ६० भारतीय र २ सय १८ विदेशी खेलाडी गरी कुल ७ सय ७८ खेलाडीको नाम सार्वजनिक गरिएको छ । त्यो सूचीमा सन्दिपको नाम २ सय ७६ औं स्थानमा छ । एसोसिएट राष्ट्रको कोटामा परेका उनको न्यूनतम मूल्य २० लाख भारु रहेको छ ।
आइपीएलको अक्सन जनवरी २७ र २८ मा बेंगलोरमा हुनेछ । यसअघि अर्का स्पिनर शक्ति गौचनलाई पनि आइपीएल टोली राजस्थान रोयल्सले ट्रायलका लागि लगेको थियो ।
यु–१९ विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनपछि पूर्व अस्ट्रेलियाली कप्तान माइकल क्लार्कले सन्दिपलाई शेन वार्नसँग तुलना गर्दै उनलाई अस्ट्रेलियामा प्रशिक्षणका लागि बोलाएका थिए  ।


 
 

Leave A Comment