चल्तीका फेसन ट्रेन्ड : चेक्सदेखि प्लास्टिकसम्म

बिहिबार, १८ माघ २०७४, ०३ : ३६ शुक्रवार
चल्तीका फेसन ट्रेन्ड : चेक्सदेखि प्लास्टिकसम्म

यस वर्ष सिक्युन्स्, झिलझिले, फोरालप्रिन्ट्स, प्लड्स, पारदर्शी र उज्यालो रंग प्रयोग गरिएको ड्रेसहरुको ट्रेन्ड सुरु भएको छ । मध्य जाडो र गर्मीका लागि विश्वव्यापी फेसन ब्राण्डहरु गुची, मार्स जाकोब्स् र भर्साचीलगायतले आ–आफ्नो कलेक्सन बजारमा पठाइसकेका छन् । 

सिक्युन्स् र झिलझिले :

 

यसवर्षको सुरुदेखि सिक्युन्स् भरिएका ड्रेसहरु फेसन ट्रेन्डमा रहेका छन् । विशेषगरी रात्रिकालीन पार्टीका लागि सिक्युन्स् र झिलझिले भरिएको ड्रेस ट्रेन्डमा छन् । 
पास्टल्स् : 

सन् २०१६ देखि विश्वभर चर्चा पाएको पास्टल्स् अझै पनि लोकप्रिय फेसन ट्रेन्डमा रहेको छ । नरम कपडा र हल्का रंगहरुको प्रयोग गरेर तयार भएका ड्रेसहरु सबै पुस्तामा चर्चित छ । 
चेक्स् : 

सदावहार फेसन ट्रेन्ड मानिने चेक्स्को क्रेज बढ्दो छ । तुलनात्मक रूपमा विश्वभरका युवामा चेक्स्को कलेक्सन अन्यभन्दा धेरै हुने गरेको छ । फेसन ट्रेन्डमा रहेको चेक्स्को प्रयोग गरेर विश्वव्यापी फेसन हाउसहरुले यसलाई नयाँ डिजाइनमा बजारमा ल्याएका छन् ।
रफल्स : 

नेपाली डिजाइनर प्रबल गुरुङले निरन्तरता दिएको रफल्स यसवर्ष पनि फेसन ट्रेन्डमा रहने सम्भावना छ ।

प्लास्टिक : 

यस वर्षको गर्मीमा वाटरप्रुफ प्यास्टिकबाट तयार भएका ड्रेसहरु फेसन ट्रेन्डमा रहने देखिएको छ । सिनेक्ल, फेन्डिर केल्विनक्लिनका डिजाइनले विभिन्न रंगको प्रयोग गरेर प्लास्टिकका ड्रेस तयार गरेका छन् । 

सीर : 

यो ट्रेन्ड फेसन रनवेदेखि रेड कार्पेटसम्म लोकप्रिय  छ । गतवर्ष पनि चर्चामा रहेको पारदर्शी र सीरको ट्रेन्डलाई अधिकांश सेलिब्रेटीहरुले आफ्नो कलेक्सनमा समावेश गरेका छन् ।

फ्रेन्ग : 

केही दशक फेसन ट्रेन्डमा रहेको फ्रेन्गले यसवर्ष एक्कासि चर्चा पाएको छ । यस वर्षको फेसन ट्रेन्डमा यसलाई महत्वका साथ हेरिएको छ । 

बोल्ड रंगहरु : 

शब्दले व्याख्या गर्न नसक्ने भावहरु रंगले व्यक्त गर्छ भन्ने मान्यता रहेको छ । यसवर्ष जीवन्त मानिने साहसी रंगहरु फेसन ट्रेन्डमा आउनेछन् । 

Leave A Comment