हिट्समा चालीस कटेसी रमाउँलाको ह्याट्रिक

बिहिबार, १८ माघ २०७४, ०३ : ४९ शुक्रवार
हिट्समा चालीस कटेसी रमाउँलाको ह्याट्रिक

हिट्स एफएम म्युजिक अवार्डमा हेमन्त रानाको चर्चित गीत ‘सून साइली’ ले ह्याट्रिक गरेको छ । सो गीतले गायक हेमन्त राना, संगीतकार कालीप्रसाद बास्कोटा, संगीत संयोजक रिकेश रानाले अवार्ड पाए । सोही गीतले ‘रेकर्ड अफ दी इयर’को ट्रफीसमेत पाउन सफल भयो । ‘उत्कृष्ट गायक’को अवार्ड गायक शिव परियारले गीत ‘छहरे खोला’का लागि पाएका छन् । गायिका बानिका प्रधान ‘पूर्णिमाको रात’ बोलको गीतबाट ‘उत्कृष्ट गायिका’ घोषित भइन् । 

यस वर्षको आयोजकले गायक दीप श्रेष्ठलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिइएको थियो । नवगायिका वर्तिका इएम राई, ‘उत्कृष्ट महिला पप’ र ‘उत्कृष्ट रचना’, रक ब्यान्ड १९७४ एडीको ‘हजार सपना’ एल्बम ‘एल्बम अफ दी इयर’, गीत ‘च्याङ्बा’का लागि एक्सिस ब्याण्ड ‘रक भोकल पर्फमेन्स’ र संगीतकार हरि लम्सालको गीत ‘आज फेरि’ ‘बेस्ट कम्पोजिसन’ घोषित भयो । लोक गायक विरही कार्कीले ‘आमाको तस्बिर’ बोलको गीतबाट ‘फोक रेकर्ड अफ दी इयरको अवार्ड पाए । पाश्र्वगीतमा फिल्म ‘लुट २’ को ‘ठमेल बजार’ उत्कृष्ट भयो । 

‘सत्याकृत’ को रक भजन ‘गणेश गणनायक’ समूह गायनमा अब्बल ठहरियो । सांगीतिक जोडी उदय र मनिला सोताङको गीत ‘दुई दिनको’ का लागि ‘बेस्ट भोकल कोलाब्रेसन’ मा उत्कृष्ट भयो भने नयाँ गायक समिक सापकोटाले ‘सधैं सधैं’ का लागि बोलको गीतबाट ‘नवप्रतिभा अवार्ड’ बने ।

Leave A Comment