मार्केटिङ टुल्सले बजार प्रवद्र्धन

बिहिबार, १८ माघ २०७४, ०४ : ०८ शुक्रवार
मार्केटिङ टुल्सले बजार प्रवद्र्धन

भारतको प्रतिष्ठित कम्पनी ब्रिलेयर साइन्स प्रालिले विभिन्न उत्पादक नेपाली बजारमा बिक्री भइरहेको छ । वैज्ञानिक खोज अनुसन्धान गरेर उत्पादन गरेका ब्रिलेयर साइन्सका सामग्रीले नेपाली बजार विस्तार गर्दै गइरहेको छ । कपालमा प्रयोग हुने सेम्पू, तेल, अनुहारलगायत छालामा लगाउने विभिन्न प्रकारका क्रिम बिक्री गर्दै आएको ब्रिलेयर साइन्स प्रालिका अन्तर्राष्ट्रिय व्यापार प्रमुख नारायण रेससँग कम्पनीले उत्पादन गरेका कस्मेटिक सामानको गुणस्तर, बजारलगायतको विषयमा शुक्रबारका लागि गरिएको कुराकानी :
यहाँका उत्पादनलाई कहिलेदेखि नेपाली बजारमा ल्याउनु भएको हो ?
हाम्रो कम्पनी पुरानो भए पनि हामीले ब्रिलेयरका उत्पादनलाई नेपालमा डेल्टा मार्केटिङमार्फत विगत छ महिनादेखि मात्र बिक्री गरिरहेका छौं । सुरुवाती चरण भएकाले बजार विस्तारको क्रममा छौं ।
कस्ता कस्मेटिक आइटम यहाँ बिक्री गरिरहनु भएको छ ?
मुख्य गरी रौं र छालामा प्रयोग हुने कस्मेटिक सामान छन् । कपालका लागि सेम्पू, कन्डिसनर, विभिन्न प्रकारका सिरम रहेका छन् । ती रौंको उपचारमा प्रयोग गरिन्छ । छालाका लागि विभिन्न प्रकारका क्लिन्जर, मोस्चराइजर रहेका छन् । ब्रिलेयका विभिन्न सेम्पू छन् । जस्तै कलर प्रोटेक्ट, पावर रिपियर सेम्पू, डेन्डर्फ कन्ट्रोल, हेयर फल कन्ट्रोल, हेभी मोस्चराइजिङलगायतका सेम्पू रहेका छन् । त्यसैगरी ब्रिलेयरका फेसवास क्रिममा ब्रिलेयर साइन्स मोइस्चर जेल क्रिम, आयल अवे, फेसवास आयल अवे, फेसवास ग्लासियर, फेसवास एक्टिभेट,  फेसवास स्किन लाइटनिङ, भिटाबस्ट स्क्रब, फेसवास सिल्क, स्क्रिन रिचार्ज क्रिम, स्किन पोलिस स्क्रमसिल्क, मोइस्चर क्रिम सिल्क, ब्यालेन्सिङ एसेन्सियल, सन स्क्रिन ग्रिन स्पोट क्रिम लगायत रहेका छन् ।
कस्मेटिक उत्पादनको गुणस्तर कस्तो छ ?
हाम्रो कम्पनीका उत्पादन नेचुरल रहेका छन् । कुनै प्रकारको साइड इफेक्ट छैन । सेम्पूले कपाल झर्ने समस्या रोक्छ भने चायाँ पर्नबाट जोगाउँ । सेम्पूमा अंगुर र ओखरको बियाँ प्रयोग गरिएको छ । कपाल नरम, मुलायम बनाउँछ । क्रिमले छालामा चमक ल्याउन, नरम बनाउन, डण्डीफोर हटाउनका लागि सघाउने भएकाले परिणाममुखी रहेका छन् । अहिलेसम्म कुनै प्रकारको समस्या आएको छैन ।
ब्रिलेयरका उत्पादन कुन कुन देशमा बिक्री हुन्छ ?
ब्रिलेयर बहुराष्ट्रिय कम्पनी हो । भारत र नेपालका अतिरिक्त युक्रेन, सिंगापुर, मलेसिया, बंगलादेश, म्यानमारलगायतका मुलुकमा बिक्री भइरहेको छ ।
बजारमा प्रतिस्पर्धा कस्तो छ ?
कस्मेटिक उत्पादनहरु बजारमा प्रशस्त रहेकाले प्रतिस्पर्धा हुनु स्वाभाविक हो । धेरै भए पनि हाम्रो उत्पादन नेचुरल भएकाले उपभोक्ता आकर्षित छन् । उपभोक्तालाई सन्तुष्टी दिन सकेका छौं ।
गुणस्तरमा कसरी प्रयोगकर्तालाई विश्वस्त दिलाउनु हुन्छ ?
दुई सय बढी वैज्ञानिकले गहिरो र लामो अनुसन्धानबाट मात्र उत्पादन गरिएकाले ब्रिलेयरका प्रोडक्टमा कुनै शंका गर्नुपर्ने ठाउँ छैन । विभिन्न अनुसन्धान तह पार गरेर परीक्षणपछि मात्र बजारमा ल्याइएको हो । यसको विश्वमै प्रमाणित भइसकेको छ । हाम्रा उत्पादन ८५ प्रतिशतसम्म नेचुरल छन् । प्रमाणित नेचुरल प्रोडक्ट भएकाले विश्वास जित्न सकेका छौं । हाम्रो कम्पनीलाई पेरिसमा रहेको कम्पनीले पेटा सर्टिफाइड गरिसकेको छ । प्रयोगकर्ताले राम्रो देखिने र महसुस गर्ने गरी अनुभूति गरेका छन् । व्यापारमा तुरुन्त परिणाम खोज्नु हुँदैन । क्रमशः परिवर्तन आउँछ । हाम्रा उत्पादन पार्लर र सैलुनमार्फत प्रयोग गर्ने भएकाले त्यहाँका तालिम प्राप्त कर्मचारीको सहयोगले प्रयोग गर्दा निकै सन्तुष्टी दिन सक्छन् । 
प्रयोगकर्ताको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
पहिले त प्रायः सबै प्रयोकर्ता सन्तुष्ट हुनुहुन्छ । तर, वहाँहरुले हामीलाई रचनात्मक सुझाव पनि दिनुहुन्छ । तपाईंले हाम्रो कम्पनीको वेभसाइटमा गएर पनि वहाँहरुले दिएका सुझाव हेर्न सक्नुहुन्छ । ब्रिलियर प्रयोग गर्न थालेका १० प्रयोगकर्तामध्ये नौ जनाले निरन्तर प्रयोग गर्छन् । यसले नै क्षमता र गुणलाई प्रमाणित गर्छ ।

व्यवसाय विस्तार गर्न भारतमा कि नेपालमा सजिलो ?
नेपाल र भारतको बजार उस्तै हो । अहिले प्रयोगकर्ता निकै सचेत छन् । अधिकांशले गुगल सर्च गरेर कुन सामान प्रयोग गर्ने निर्णय गर्छन् । प्रतिस्पर्धा सबै देशमा हुन्छ ।
बजार विस्तारमा कुनै समस्या छ ?
अन्य कम्पनीको कस्मेटिक सामान प्रयोग गरेका सैलुनले सुरुमा टाइअप हुन आनाकानी गरे पनि प्रयोग गर्न थालेपछि आकर्षित छन् । हामीले सुरुमा सैलुनको कर्मचारीलाई पनि तालिम दिन्छौं । जनचेतना जगाउनका लागि पोस्टर र सञ्चार माध्यमबाट विज्ञापन पनि गरिरहेका छौं । मार्केटिङ टुल्सले बजार प्रवद्र्धन हुन्छ । प्रयोगकर्ता आकर्षित पनि भएका छन् ।
नयाँ योजना के छ ?
ब्रिलेयरका उत्पादनको बिक्रीलाई थप नयाँ उचाइमा पु¥याउन चाहन्छौं । भर्खर छ महिना अघिबाट सुरु गरे पनि विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएका छौं । भर्खर पनि काठमाडौंका ७१ सैलुनका लागि सांग्रिला होटलमा सेमिनार कार्यक्रम आयोजना ग¥यौं । मुम्बईबाट क्वालिफाइड प्रशिक्षक ल्याएर प्रशिक्षण गरेका छौं । आगामी दिनमा पनि यस्ता कार्यक्रम काठमाडौं मात्र नभएर नेपालका अन्य सहर पोखरा, नेपालगञ्ज, विराटनगर, बुटवलमा पनि सञ्चालन गर्छौं । अन्य विभिन्न गतिविधिसहित डिजिटल मार्केटिङ गर्ने योजना बनाएका छौं । निल भेडिट ब्युटी सलोनका निल डेभिडलाई हामीले नेपालका लागि ब्रान्ड एम्बेसडर पनि बनाएका छौं ।
 

Leave A Comment