दीपिकालाई सारी उपहार

बिहिबार, १८ माघ २०७४, ०४ : १९ शुक्रवार
दीपिकालाई सारी उपहार

दीपिका पादुकोण बलिउडकी प्रभावशाली अभिनेत्री हुन् । अभिनयसँगै जोडिएर आउने उनको अर्को पक्ष भनेकै सुन्दरता हो । केही दिनअघि हिन्दुस्तान टाइम्स स्टाइल अवार्ड समारोहमा पनि दीपिका अरु बेलाझैं सुन्दर भएर प्रस्तुत भएकी थिइन् । अन्य चर्चित कलाकारहरु उपस्थित भए पनि सो कार्यक्रम दीपिकाको सारीले धेरैको वाहवाही पायो ।

रातो सिल्क सारीमा सजिएकी दीपिका निकै कामुक पनि देखिएकी थिइन् । तर उक्त सारी पछाडिको रोचक किस्सा अहिले भारतीय सञ्चार माध्यमभर छाइरहेको छ । सञ्चार स्रोतका अनुसार दीपिकालाई सारी उपहार दिने व्यक्ति अरु कोही नभई पुरानी तथा चर्चित अभिनेत्री रेखा हुन् । आफ्नो समयकी निकै सुन्दर अभिनेत्रीको छवि बनाएकी रेखालाई अहिले पनि सुन्दर अभिनेत्रीको ताज दिइन्छ । उनले उपहार दिएको सारी पक्कै पनि कमको त थिएन नै ! परम्परागत रुपमा गरगहना र सारीले दीपिकालाई निकै सुहाएकाले होला, त्यस बेला दीपिका साँच्चै चम्केकी थिइन् ।
 

Leave A Comment