राधाको ‘आफ्नै भन्नेले...’

शुक्रबार, १९ माघ २०७४, ०२ : ४८ शुक्रवार
राधाको ‘आफ्नै भन्नेले...’

गायिका राधा पुनको लोकगीत ‘आफ्नै भन्नेले...’ को म्युजिक भिडियो बजारमा आएको छ । टाइगर्स फिल्मस्ले निर्माण गरेको भिडियोमा मोडल छवि घर्तीमगर र ऋतु थापामगरले अभिनय गरेका छन् । भिडियोमा कृष्ण काउछा, सरस्वती काउछा लगायतले अभिनयमा साथ दिएका छन् । गोविन्द पुनको शब्द रहेको गीतको भिडियोलाई दानबहादुर श्रीसले छायांकन र सम्पादन गरेका छन् ।

स्याङ्जाको साल्मेडाँडा वरिपरि छायांकन गरिएको गीतको लय निर्माण नवीन रानाले गरेका हुन् । भिडियो निर्माण गरिएको गीतको एरेञ्ज विनोद बाजुराली र भिडियोको कलरिङ मिलन गुरुङले गरेका छन् ।

Leave A Comment