रिहानाको वाहवाही

शुक्रबार, १९ माघ २०७४, ०३ : ३४ शुक्रवार
रिहानाको वाहवाही

गायिका रिहानाले गत आइतबार साँझ ग्रामी अवार्ड समारोहमा धमाकेदार प्रस्तुति दिँदा सबैको वाहवाही पाएकी छन् । निकै नै चर्चित अवार्ड समारोहमा डिजे खालिद र ब्राइसन टिलरसँग मिलेर प्रस्तुति दिएकी थिइन् । गुलाबी गाउनमा रिहाना निकै कामुक देखिएकी थिइन् ।

गर्भवती भएको अवस्थामा पनि उनले प्रस्तुति दिएको भनेर धेरैले उनको प्रशंसा गरेका छन् । प्रस्तुति दिएको केहीबेरमै उनी गर्भवती भएको कुराले गर्मागर्मी ल्याइदिएको थियो । धेरैले उनी गर्भवती हुन लागेकोमा बधाइ लेखेका थिए । २९ वर्षे रिहानाले छिट्टै पहिलो सन्तान लाभ गर्न लागेको विदेशी सञ्चारमाध्यमले लेखेका छन् ।

 

Leave A Comment