बुढ्यौलीको जोश

शुक्रबार, १९ माघ २०७४, ०५ : ०७ शुक्रवार
बुढ्यौलीको जोश

‘क्विन अफ पप’ नामले चर्चित गायिका म्याडोनाले आफू जति बुढी हुँदै गएकी छन्, त्यत्ति नै तडकभडक गर्दै आइरहेकी छन् । उमेर ५९ वर्षकी म्याडोनाले हालै वक्षस्थल खुला छोडिएको सेल्फी खिचेर हलिउडमा तरंग ल्याइदिएकी छन् । उत्तेजक सेल्फीमा म्याडोनाले आफ्ना वक्षस्थललाई ब्यागले छापेर खिचेकी छन् ।

यति हुँदाहँुदै उनको एउटा स्तन भने बाहिर चिहाइरहेको देख्न सकिन्छ । म्याडोनाले हिजोआज सामाजिक सञ्जालहरुमा बारम्बार टपलेस फोटो हाल्दै आइरहेकी छन् । म्याडोनाका उत्तेजक तस्बिरहरु आइरहँदा हाम्रो मनमा छाएको एउटै कुरा भनेको के हो भने– शरीर बूढो भए पनि म्याडोनाको मन चैं कलिलो नै छ है !

Leave A Comment