दानी केट

शुक्रबार, १९ माघ २०७४, ०५ : १९ शुक्रवार
दानी केट

बेलायती राजकुमारी केट मिडलटनले क्यान्सरपीडित बालबालिकालाई  बनाइने विग (नक्कली कपाल) निर्माणार्थ आफ्नो कपाल दान गरेकी छन् । केटले किंग्सटन दरबारमा कपाल काट्ने क्रममा आफ्नो कपाल क्यान्सरपीडित बालबालिकाका लागि काम लाग्नेबारे सोच आएको थियो ।

दुई सन्तानकी आमा केटले लिटिल प्रिन्सेस ट्रस्ट नामको संस्थालाई आफ्नो कपाल दान गरेको समाचारहरुमा उल्लेख छ । लिटिल प्रिन्सेसले क्यान्सरपीडित बालबालिकाका लागि विग निर्माण गर्दै आइरहेको छ । केटको मनकारी भावनालाई मनन् गर्दै रिचार्ड वार्ड हेयरमा काम गर्ने हेयर ड्रेसर जोएले केटको सात इन्च लामो कपाल चार महिनाअघि काटिदिएकी थिइन् । केटले कपाल दान गरेको कुरा भने दारबारियाहरुलाई खबर नगरी गुपचुप भएको विदेशी सञ्चारमाध्यमले लेखेका छन् ।

Leave A Comment