प्रणय दिवसमा लगनगाँठो कस्ने स्टार

बिहिबार, २५ माघ २०७४, ०२ : ०८ शुक्रवार
प्रणय दिवसमा लगनगाँठो कस्ने स्टार

प्रेम अभिव्यक्त गर्ने आ–आफ्नै तरिका हुन्छन् । तर कोहीले यसलाई फरक कोणबाट प्रस्तुत गर्न चाहन्छन् र अरु मानिसहरुका लागि प्रेरणाको स्रोत समेत बन्न पुग्छन् । यहाँ हामीले त्यस्तै फरक कोणबाट आफ्नो प्रेम अभिव्यक्ति गर्ने केही सेलिब्रिटीहरुका बारेको सामग्री पस्केका छौं जसले भ्यालेन्टाइन अर्थात प्रणय दिवसका दिन लगन गाँठो कसेर प्रेमी अथवा प्रेमीकाका लागि उपहार स्वरुप आफू स्वयं नै उपहार बनेका थिए ।

सञ्जय दत्त र रिहा पिल्लाई
पहिलो श्रीमति ऋचा शर्माको असमायिक निधन भएपछि ‘मुन्ना भाइ’ उर्फ सञ्जय दत्तले रिहा पिल्लाईका साथ विवाह गरेका थिए । उनीहरुले सन् १९९८ को भ्यालेन्टाइन दिवसका दिन लगनगाँठो कसेका थिए । तर दिगो रुपमा आफूहरु अगाडी बढ्ने उनीहरुको सोचे सन् २००२ मा विच्छेद भई वियोगमा परिणत हुन पुग्यो । सञ्जय सँग विच्छेद गरेकी रिहाले पछि भारतिय टेनिस खेलाडी लिनर पइससँग विवाह गरेका थिए भने सञ्जय मान्यताको प्रेममा परेका थिए । हामीलाई सञ्जय दत्तका आमा बुबा सुनिल दत्त र नरगिसका बारेमा धेरै कुरा थाहा छ । तर रिहाकी आमा जुविअदाले समेत ‘अलम अरा’(सन् १९३१) नामको भारतिय फिल्म खेलेकी थिइन् ।

अरसद वार्सी र मारिया गोरेट्टी
‘मुन्ना भाई’ को कुरा गरिसकेपछि उनका मिल्ने साथी ‘सरकिट’ अर्फ अरसद वार्सीलाई हामी भुल्न सक्दैनौं । आठ वर्ष सम्म मारिया गोरेट्टीको प्रेममा परेका अरसदले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका थिए । उनीहरुले सन् १९९९ को भ्यालेन्टाइन दिवसका दिन लगनगाँठो कसेका थिए । मारियाको कलेजमा भएको नृत्य महोत्सवमा अरसद निर्णायकका रुपमा पुगेका थिए । तर मारियाको उत्साहजनक प्रस्तुति देखेर पहिलो भेटमै उनी मारियाप्रति मोहित भएका थिए । उनीहरुले मुस्लिम परम्परा एवं ईसाई दुवै परम्पराबाट विवाह गरेका थिए ।

मन्दिरा बेदी र राज कौशल
‘दिलवाले दुल्हनिया ले जाएगें’ अभिनेत्री मन्दिार बेदी र निर्माता÷निर्देशक राज कौशल प्रणय दिवसका दिन लगनगाँठो कस्ने अर्को जोडी हो । उनीहरुले सन् १९९९को भ्यालेन्टाइनका दिन लगनगाँठो कसेका थिए । सत्र वर्षदेखि एकअर्काको नजिक रहेका उनीहरुले पुत्र लाभ गरिसकेका छन् । उनीहरु अहिले पनि बलिउडमा कुशल प्रेमीका रुपमा परिचित छन् । मन्दिरा टेलिभिजनका अलवा चर्चित बलिउड सेलिब्रिटी हुन् भने राज निर्देशक एवं निर्माताका रुपमा चर्चित छन् ।

राम कपुर र गौतमी गडगिल
राम कपुर र गौतमी गडगिल दुवैजना टेलिभिजनबाट चर्चामा आएका सेलिब्रिटी हुन् । तेह्र वर्ष भन्दा बढी समयदेखि उनीहरु सुखद वैवाहिक जीवनयापन गर्दै आइरहेका छन् । राम कपुर टेलिभिजन शृंखलाका अलवा बलिउड फिल्ममा केमियोमा निकै रुचाइने अभिनेता हुन् । तर सिरियल खेलेर समेत खुसी नभएका उनी गौतमीलाई भेटेदेखि नै निकै खुसी हुन थालेको बताइन्छ । उनीहरुले सन् २००३ को भ्यालेन्टाइनका दिन लगनगाँठो कसेका थिए । अन्य सेलिब्रिटीहरुको तुलनामा उनीहरुको वैवाहिक जीवन सफल र सुखद मानिन्छ ।

रुस्लान मुमताज र निराली मेहता
बलिउड अभिनेता रुस्लान मुम्ताज ले निराली मेहताका साथ सन् २०१४ को भ्यालेन्टाइन दिवसका दिन लगनगाँठो कसेका थिए । विवाह पश्चात मार्च महिनामा तामझमसहितको पार्टीको आयोजना समेत गरेका थिए । ‘एमपी ३–मेरा पेहला पेहला प्यार’, ‘तेरे सँग’, ‘डेन्जरस इश्क’ लगायतका फिल्मका लागि चर्चित रुस्लानले निरालीलाई शियामक दावरको नृत्य प्रतिष्ठानमा पहिलो पटक भेटेका थिए । त्यस बेलादेखि नै उनीहरु एकसाथ भएर बस्दै आएका छन् ।

सल्मा हायक र फ्रान्कोइस हेन्री
हलिउड चर्चित अभिनेत्री सल्मा हायकले धनाढ्य फ्रान्कोइस हेन्रीसँग पेरिको सिटी हलमा सन् २००९ को भ्यालेन्टाइन दिवसका दिन विवाह गरेका थिए । गुपचुप रुपममा विवाह गरेका उनीहरुले एक महिनापछि भेनिसमा तामझाम सहित पार्टीको आयोजना गरेका थिए । भ्यालेन्टाइनका दिन विवाह गरेका उनीहरुले छोरीको नाम समेत भ्यालेन्टिना राखिदिएका छन् ।

Leave A Comment