डान्सर रोशनी सुनेना भन्छिन् : मैले नाचेर मज्जा दिने हो, सेक्स गरेर होइन

बिहिबार, २५ माघ २०७४, ०६ : ४० शुक्रवार
डान्सर रोशनी सुनेना भन्छिन् : मैले नाचेर मज्जा दिने हो, सेक्स गरेर होइन

कहाँबाट नाच्न सुरु गर्नुभएको हो ? 
वीरगञ्जमा बिहेमा नाच्ने नचाउने गरिन्थ्यो । हाम्रोमा विवाह भनिन्छ  भने त्यहाँ भने सट्टा भन्ने हुन्छ । त्यस्तो बेलामा नेपाली केटी ल्याएर नचाउने गर्छन् । एउटा बिहेको बेला ५–६ जना केटी पठाउने गर्थे । त्यहाँ हामी जस्तोसुकै गीतमा नाच्नुपर्ने हुन्छ  । आफूले नबुझेका मैथिली गीतमा नाच्नुपर्ने हुन्छ । 

त्यहाँ तपाईंलाई के नामले बोलाउँथे ?
हामीलाई नचनिया भनेर बोलाउने गर्थे । त्यो भनेको भने कोठीमा नाच्ने केटीलाई भन्ने गर्छन् । यत्रायत्रा केटाकेटीले नचिया भनेर बोलाउँथे साह्रै रिस उठ्थ्यो । बाहिर निस्कन पाइँदैनथ्यो । यो ठाउँमा विशेष गरी नेपाली केटीलाई लगेर नचाउने गर्छन् । तर त्यहाँका स्थानीय केटी नाच्न र नाच हेर्न आउन पाउँदैनन् । केटाहरु मात्रै आउने गर्छन् । विशेष गरेर इण्डियनहरु आउने गर्छन् । उनीहरु आए भने दिनमा टिप्स मात्रै १५,२० हजार हुन्थ्यो । एक वर्षसम्म यसरी नाचियो । 

बाहिर हिँडडुल गर्न पाइन्थ्यो त ।
अलिकति त्यहाँ बोलचाल गरियो र राम्री केटी देखे भने उठाएर लैजाने चलन थियो ।  
त्यहाँका साहुहरुले राम्री केटी देखेपछि घरमा ३–४ वटी श्रीमती भए पनि लगेर श्रीमती बनाउने । तरुनी भएसम्म राख्ने, त्यसपछि छोडिदिने चलन थियो । मेरो साहु बुढो थियो । उसलाई चाचा भनेर बोलाउँथे । केही सामान चाहियो  वा बाहिर जानु प¥यो भने उसैलाई भन्ने हो । साह्रै दुःख पाइयो । एक वर्ष काम गरेर पोखरा फर्किएँ । 
 डान्सबारमा नाच्न थालेको कति भयो ?
पोखरामा कक्षा १२ को पढाइ सकाएर पोखराको डान्सबारबाट डान्स गर्न थालेकी हुँ । नाच्न थालेको त्यस्तै ४–५ वर्ष त भयो । 

नाच्न डान्सबार नै किन छानेको ?
परिवारको आर्थिक अवस्था राम्रो थिएन । जे गर्न आउँछ त्यही गर्ने त हो । अर्कोतिर बारमा विभिन्न खालका ग्राहक आउँछन् । फिल्म लाइनका पनि आउँछन् । डान्स मन पराए भने फिल्म खेल्ने अवसर पाइन्छ कि भनेर पनि नाच्न थालेको हो । 

आयो त मौका ?
एउटा गीतमा अफर आएको थियो । नाचियो पनि । तर खै चलेन । 

घरपरिवार र समाजले हेर्ने दृष्टिकोण कस्तो छ ?
ग्राहक तान्नका लागि उनीहरुको रुचिअनुसार ग्लामर भएर बस्नु पर्छ । राति ३–४ बजेसम्म नाच्नुपर्छ । घर जाँदा केटाहरुले पु¥याउँछन् । बारले घर पु¥याउन केटाहरू राखेको हुन्छ । घर जाँदा सधैं एउटै पर्दैनन् । आज एउटा केटासँग, भोलि अर्कैसँग । छरछिमेकीले दिनकै केटा फेरेर आउँछे भनेर कुरा काट्छन् । त्यसमा पनि डान्सबारमा नाच्ने भनेपछि राम्रो नजरले हेर्दैनन् नै । 


नराम्रो लाग्ला है ?
लाग्छ नि । हाम्रो चैं मन हुन्न र । डान्सबारमा रहरले काम गरेको होइन । परिवारमा आर्थिक समस्या नहुने हो भने किन नाचिन्थ्यो र । आफू राम्रो हुनुप¥यो, अरूको बाल मतलब । 


खुब पारदर्शी कपडा लगाउनुपर्ने रैछ नि । अप्ठ्यारो लाग्दैन ?
गीतअनुसारको ड्रेस त लाउनै पर्यो नि हैन । डान्सबारमा जस्तो नाचेको रुचाउँछन् त्यस्तै नाच्नै पर्यो नि । 


यौन प्रस्ताव त धेरै आउँछ होला है ? 
आउँछ । बारमा यस्तै नियत लिएर आउनेहरु धेरै हुन्छन् । तर सबै नराम्रा मात्रै हुन्नन् । ग्राहक रिसाउने व्यवहार त गर्नुभएन । हुन्छ हुन्छ भन्यो टार्यो । 

डान्सबारका डान्सरबारे ग्राहकबीच खुब लफडा हुन्छ रे नि ।
डान्सबारमा राम्रा केटा पनि आउने गर्छन् । फेसनेवल, खुब राम्रा हुन्छन् ।  हामी पनि राम्री नै भएर बस्छौं । राम्रो केटा नियमित ग्राहक छन् भने उनका लागि पहिल्यै सिट बुक गरेर बसेका हुन्छौं । अर्को ग्राहक पनि बस्न खोज्दा डिस्कस हुन्छ । 

डान्सबारमा नाच्ने केटीलाई सञ्चालकले पनि मुडफ्रेस गर्न प्रयोग गर्छन् रे नि हो । 
गर्छन् । पोखरा र काठमाडौंका केही डान्सबारका साहु त्यस्तै थिए । कहिलेकाहीँ उनका साथी आउने बेला यसरी बस उसो गर भन्छन् । आफ्नो काम गर्ने, बढी चासो नराख्ने बानी छ मेरो । 

डान्सबारमा प्रायः कस्ता ग्राहक आउँछन् ? 
सबै खालका आउँछन् । कोही सेक्स खोज्न मात्रै पनि आउँछन् । कोही रमाइलो गर्न पनि आउँछन् । कोही यो नराम्रो काम होइन, स्ट्रगल गर्दै जानुपर्छ भनेर सम्झाउने खालका पनि आउँछन् । कहिलेकाहीँ पुलिसका सिपाहीदेखि एसपीसम्म पनि आउँछन् । चेकिङमा कोही आउँछन् कि भनेर डराइ–डराई नाच्छन् हामीसँग । 

कुनै प्रहरी पछि लागेनन् ? 
लागेको थियो एउटा इन्सपेक्टर । अहिले वीरगञ्जतिर सरुवा भएको सुनेको छु । ढिपी गरेकाले मोबाइल नम्बर दिएको थिएँ । अहिले पनि फोन आइरहन्छ । ‘तँलाई बिहे गर्छु’ भनिरहन्छ  । तर म वास्ता गर्दिन । अँ ल भनेर टारिदिन्छु । 

नेता पनि आउँछन् है ?
आउँछन् । 

कस्ता–कस्ता आउँछन् ?
खुब नाम चलेकादेखि भर्खरका पनि आउँछन् । 

नेताको व्यवहार कस्तो हुन्छ ?
कोही रमाइलो गरौं भनेर आएका हुन्छन् । कोही भने डान्सरलाई पैसा दिएपछि जे पनि मानिहाल्छन् भन्ने सोच्ने पनि आउँछन् । जाउँ यत्ति दिन्छु भन्छन् ।

अहिलेसम्म कुनै ग्राहकको सेक्स प्रस्ताव स्वीकार गरिएको छ ? 
कोही जालान् पनि पैसाको लोभमा । तर म जान्न, गएको छैन । मैले नाचेर मज्जा दिने हो । सेक्स गरेर होइन ।   
 

Leave A Comment