लिङ्ग छनोटको विज्ञान

आइतबार, १३ फागुन २०७४, ०५ : ०७ शुक्रवार
लिङ्ग छनोटको विज्ञान

–जेरेमी लरेन्स

लामो समयको अध्ययनपछि अक्सफोर्ड र एक्सटर विश्वविद्यालयहरूका शोधकर्ताहरूले लिङ्ग छनोट सम्भव भएको पत्ता लगाएका छन् । खासगरी पहेँलो रङको केरा खान रुचाउने महिलाले अधिकांशतः छोरा पाउने गरेको शोधबाट देखिएको छ । 

शोधकर्ताहरुले के पाएका छन् भने ‘कन्सिभ’ अर्थात् बच्चा पाउने तयारी थाल्दाका अवस्थामा जसले बढीभन्दा बढी क्यालोरीयुक्त खान्कीमा जोड दिन्छ, खासगरी बढीभन्दा बढी केरा खान्छ, उसले छोरा पाउने सम्भावना बढी हुन्छ । त्यस्तै जसले खाजा तथा खानेकुरामा कम ध्यान दिन्छ, उसले छोरी पाउने सम्भावना बढी हुन्छ ।

‘हामीले बेलायततिर बूढापाकाको आहान सुनिरहेका थियौँ, खासगरी बूढी आमैहरूले जसले केरा खान्छ, उसले छोरा पाउँछ त्यसमा सत्यता देखिन्छ किनभने उच्च पोटासियमयुक्त खान्की छोरा जन्मिनुसँग प्रत्यक्ष जोडिएको देखिएको छ,’ अध्ययनकी प्रमुख फियोना म्याथ्युले बताइन् । उनले ७४० जना पहिलोपटक बच्चा जन्माइरहेका महिलाबारे अध्ययन गरेकी थिइन् । उनको यस अध्ययन हालै जर्नल प्रोसिडिङ अफ रोयल सोसाइटी बीमा प्रकाशित छ ।

साथै, उनले केमा जोड दिएकी छन् भने आवश्यकताभन्दा बढी क्यालोरी लिनुको कुनै अर्थ छैन ।
अध्ययनमा के देखिएको थियो भने उच्च क्यालोरीको खान्कीमा रमाउने ५६ प्रतिशत महिलाले छोरा पाएका थिए ।

त्यस्तै न्यून क्यालोरीको खान्की लिने महिलामध्ये ४५ प्रतिशतको मात्र छोरा जन्मिएको थियो । 
एक्काइसौं सताब्दीमा छोरा या छोरी चुन्ने अभिभावकको संख्या ह्वात्तै बढेको छ । पहिला प्रकृतिले जे दिन्छ, त्यसैमा चित्त बुझाउने बढी थिए । अहिले भने यस किसिमको प्रवृत्तिमा आकाश–पातालको फरक देखिएको छ । अठारौं शताब्दीताका युरोपमा छोराप्रति आशक्ति चुलिएको थियो । छोरा पाउनका लागि भनेर कैयौं सिद्धान्त प्रतिपादन गरिएका थिए । त्यसमध्ये एउटा थियो, पुरुषको जनेन्द्रियको छाला काढ्ने । फ्रान्सेली लेखक प्रोकोप क्योटुले लिङ्गको छाला उधार्ने यस किसिमको सर्जरी दाँत निकाल्नुजत्तिकै पीडादायी कार्यसँग तुलना गरेका थिए ।

लिङ्गको सर्जरी गर्न नरुचाउनेहरूका लागि अर्को एक किसिमको सुझाव दिइएको थियो । ‘जसले छोरा चाहन्छ, उसले वीर्यदानपछि महिलालाई देब्रे पारेर सुताउनु पर्छ । जसका कारण ‘पुरुष डिम्ब’ स्त्रीको दाहिने ओभरीमा पुग्छ । यस किसिमको सोच चाहिँ प्राचीन ग्रिसेली सिद्धान्तसँग मेल गराइएको थियो । ग्रिसेली आहानअनुसार ‘पुरुषत्व’ शरीरको दाहिनेतिर हुन्छ भने ‘स्त्रीत्व’ देब्रेतिर हुन्छ ।

यस किसिमको सोच हावि भइरहेका बेला एक सय वर्षपछि बेलायती महारानी भिक्टोरियाको पालामा भने छोरा पाउन चाहना राख्नेले खान्कीमा छेकबार राख्नुपर्ने सुझाव दिइएको थियो । पछिल्लो शोधले भने यसको ठिक विपरीत देखाएको हो ।

सन्तान उत्पादनका लागि आवश्यक पर्ने क्रोमोजोममध्ये पुरुषसँग एक्स र वाई दुई किसिमका हुन्छन् भने महिलामा दुई वटा एक्स क्रोमोजोम हुन्छन् । यदि पुरुषको एउटा एक्स र महिलाको एउटा एक्स क्रोमोजोम मिली डिम्ब सेचन भयो भने छोरी जन्मन्छन् । त्यस्तै पुरुषको वाई र महिलाको एक्स क्रोमोजोम मिल्यो भने छोरा जन्मन्छन् । 

जसले बढी दूध पिउँछ, अधिकांशतः अवस्थामा छोरी जन्मने सम्भावना बढी हुन्छ । त्यस्तै अन्य किसिमका डाइट खानेहरुमा योनिमा उत्पन्न हुने अम्लीयपनका कारण ‘वाई’ वीर्यका लागि उपयोगी बन्ने गर्छ र छोरा जन्मने सम्भावना उच्च हुन जान्छ । 

खान्की

अध्ययनअनुसार हरेक दिन खिचडी वा अन्न नछुटाउने आमाहरुले छोरा पाउने सम्भावना बढी हुन्छ । गर्भ रहने दिन वा समय वरिपरि जसले २२५० क्यालोरी खान्की लिनेहरुमध्ये ५६ प्रतिशतको छोरा जन्मिएको थियो । त्यस्तै कम क्यालोरी अर्थात् १७५० क्यालोरी लिनेहरुमध्येको ४५ प्रतिशतले छोरा जन्माएका थिए ।

यसअघि पनि सामान्य दैनिकीमा आमाहरूले रातो मासु (खसी तथा भैँसीको मासु) खानुपर्नेमा जोड दिइन्थ्यो । त्यस्तै नुनिलो खानेकुरामा पनि समाजले जोड दिन्थ्यो । त्यस्तै पुरुषहरुले उच्च चिनीयुक्त पेय पदार्थ पिउनुपर्नेमा जोड दिइन्थ्यो ।

छोरी पाउनका लागि अभिभावकहरुले माछा तथा तरकारीमा जोड दिने । त्यस्तै गुलिया तथा दुग्ध पदार्थ खाने । यसले काम गर्छ त ? अध्येता भन्छन्, यस्ता किसिमका खान्कीले सघाउने भनेको धेरै कम मात्र हुन्छ । 

यौनावधि

अमेरिकी चिकित्सक ल्यान्ड्रम बि सेटल्सले सन् २०११ मा लेखेको बहुचर्चित किताब ‘हाउ टु चुज द सेक्स अफ योर बेबी’ पुस्तकमा केही कुरा सुझाएका छन् । ती सुझाव अपनाए छोरा वा छोरी जे चिताएको हो, सो जन्माउन सकिने उनको दाबी थियो । 

सेटल्सको पुस्तकमा बयान गरिएअनुसार पुरुष शुक्राणु स्त्री शुक्राणुभन्दा तीव्र गतिमा हेलिँदै अघि बढ्छ । जसै डिम्ब सेचनका लागि महिला तयार हुन्छन् र त्यस बेला गरिएको सेक्समा डिम्बासय नजिकै वीर्य सेचन गर्न सकिएको खण्डमा तीव्र गतिमा अघि बढ्ने पुरुष शुक्राणुले सुस्त गतिमा दौडिने स्त्री

शुक्राणुहरुसँगको दौडमा पछाडि पारिदिन्छन् । यस्तो अवस्थामा छोरा नै जन्मने सम्भावना बढी हुन्छ ।
त्यस्तै अर्की अमेरिकी डा. एलिजाबेथ ह्वेलनले प्रतिपादन गरेको सिद्धान्त पनि यससँग मिल्दोजुल्दो छ ।

]उनले यौन गतिविधिको समयावधिलाई ख्याल राख्नुपर्ने सिद्धान्त प्रतिपादन गरेकी छन् । उनका अनुसार, ओभुलेसन (डिम्बोत्सर्जन) को चार या ६ दिनका बीचमा यौन सम्पर्क भई वीर्य सेचन भएमा छोरा जन्मने सम्भावना बढी हुन्छ । त्यस्तै डिम्बोत्सर्जनको दुई या तीन दिनमा यौन सम्पर्क भई वीर्य सेचन भएमा छोरी जन्मने सम्भावना बढी हुन्छ । तर यस किसिमको दिन गणनालाई अधिकांशले ऊर्जा सेलाउने क्रियाकलाप भनी आलोचना गरेका छन् ।
 

Leave A Comment