बगैंचामा सार्क खस्दा...

आइतबार, १३ फागुन २०७४, ०७ : ५३ शुक्रवार
बगैंचामा सार्क खस्दा...

बेलायतको विटस्टेबलस्थित केन्टका बाबुछोराले आफ्नो बगैंचामा अकस्मात सार्क माछो खस्दा अचम्ममा परेका छन् । छोरा जेम्स र बाबु कोलीन हिलले घरमा बिहानी खाजा खाइरहेको समयमा आकाशबाट ठूलो आवाजसहित सार्क माछो खसेको थियो ।

यसरी आकाशबाट अकस्मात सार्क खस्दा कतै सीगल नामको चराले आहारका रूपमा लगेको बखत सार्क आफ्नो बगैंचामा खसेको हुन सक्ने आशंका गरेका छन् ।

जेम्स भन्छन्, ‘म भान्छामा चिया बनाउँदै थिएँ अचानक बुबा हतारिँदै आउनुभयो । बगैंचामा हेर्दा त सार्क माछो पो रहेछ ।’ मरेको अवस्थामा रहेको मध्यम आकारको उक्त सार्क स्वस्थ रहेको उनीहरुले बताएका छन् ।
 

Leave A Comment