विषकन्या बन्दै मिनिषा

बुधबार, १६ फागुन २०७४, ०७ : १० शुक्रवार
विषकन्या बन्दै मिनिषा

हिट फिल्म ‘बचना ए हसिनों’मा रणवीर कपुरसँग रोमान्स गरेकी हट एन्ड बोल्ड अभिनेत्री मिनिषा लाम्बा पछिल्लो केही समय फिल्मी दुनियाँबाट हराइन् । रणवीरको फिल्मी यात्रा जमे पनि उनको जादु भने चलेन । ठूलो पर्दामा नजमेपछि उनी पुनः सानो पर्दामा भाग्य परीक्षण गर्ने भएकी छन् । 

फिल्ममा आफ्नो अभिनय र हटनेस देखाए पनि उनी खासै सफल हुन सकिनन् । उनी कलर्स टेलिभिजनबाट प्रसारण हुने बिग बोसको सिजन ८ मा समेत सहभागी भइन् । विवाह गरेपछि उनी फिल्म र टेलिभिजनको दुनियाँबाट टाढा रहेकी उनी पुनः मनोरञ्जनको दुनियाँमा फर्कने भएकी छन् । 

बम्बे टाइम्सअनुसार मिनिषा सब टिभीबाट प्रसारण हुँदैआएको ‘तेनाली राम’बाट टेलिभिजन दुनियाँमा डेब्यु गर्दैछिन् । मिनिषा ‘तेनाली राम’मा विषकन्याको भूमिकामा देखिदैछिन् । 
 

Leave A Comment