भड्किली कोर्टनी

बुधबार, १६ फागुन २०७४, ०७ : २५ शुक्रवार
भड्किली कोर्टनी

अमेरिकी रियालिटी स्टार कोर्टनी स्टोडेन आफ्नो शरीरलाई सार्वजनिक रूपमा प्रस्तुत गर्न कहिल्यै शंकोच मान्दिनन् । २३ वर्षे कोर्टनीले केही समय पहिले आफूले १६ वर्षे किशोर अभिनेता डोग हचिङसनसँग विवाह गरेको कुरा सञ्चारमाध्यमसामु बताएर चर्चामा आएकी थिइन् ।

उनै कोर्टनी केही दिन पहिले भने आजसम्मकै कामुक तस्बिर इन्स्टाग्राममा पोस्टेर फेरि मौसमलाई गर्मागर्मी बनाइदिएकी छन् । कोर्टनीले ‘वर्किङ अन माई एब्स’ लेखेर पोस्टेको तस्बिरमा उनका ठूला वक्षस्थल मज्जाले खुलेका छन् । आफ्ना वक्षस्थलका गोप्य भागलाई भने आफ्ना हातले छोपेकी छन् । आफूले शरीर सुगठित पार्दै एब्स निर्माणमा लागेको भन्दै पोस्टेको उनको यो तस्बिर अचेल हलिउडमा राम्रै गसिपको मसला भएको छ । कोर्टनीको तडकभडकलाई चैं मान्नै पर्छ है !
 

Leave A Comment