५ उद्देश्य राख्नुस् जसले तपाईंको जीवन ने परिवर्तन गर्छ

सोमबार, १० बैशाख २०७५, ०१ : ४६ शुक्रवार
५ उद्देश्य राख्नुस् जसले तपाईंको जीवन ने परिवर्तन गर्छ

व्यक्तित्व विकास
हामीले आफ्नो जीवनमा धेरै गल्ती गरेका हुन्छौं। ती गल्तीलाई मनमा लिएर बस्ने होइन त्यसबाट पाठ सिकेर अगाडि बढ्नु उपयुक्त हुन्छ ।
आफूले चाहेको काम गर्ने
आफ्नो इच्छाअनुसारको काम गरियो भने त्यो कामबाट कहिल्यै दिक्क भइँदैन । आफ्नो इच्छा के मा  छ, के गर्दा ठिक हुन्छ, के मा आफ्नो दक्षता छ, त्यसैमा काम गर्नु राम्रो हुन्छ ।
सम्बन्ध बढाउनुस् /प्रेम गर्नुस्
आफ्नो स्वभाव मिल्ने साथी भयो भने तपाईंलाई रमाइलो लाग्छ । स्वभावअनुसार कसैलाई धेरै साथी भएको मन पर्छ । कसैलाई कम तर साथी बनाउन कन्जुसाइँ भने नगर्नुस्  ।
आत्मविश्वासी बन्नुस्
हर कुरामा आत्मविश्वास हुन जरुरी छ । आत्मविश्वास कम भयो भने जे काम गर्दा पनि निर्णय दिन सकिन्न  ।

इमानदारी बन्नुस्
झुक्काउने, छल्ने काम कहिल्यै नगर्नुस्, यसो गरियो भने तपाईंप्रति विश्वास गर्दैनन् । अरुले विश्सास गरेनन् भने जे काम गर्दा पनि अप्ठ्यारो पर्न जान्छ । इमानदारिता नै सफलताको कडी हो भन्ने कुरा कहिल्यै बिर्सनुहुँदैन । 

Leave A Comment