प्रतिस्पर्धाले अवसर प्रदान गर्छ

सोमबार, १० बैशाख २०७५, ०३ : २४ शुक्रवार
प्रतिस्पर्धाले अवसर प्रदान गर्छ

अंग्रेजीमा स्नातकोत्तर गरेका तनहुँका अभिमान शर्मा करिब एक दशकदेखि विदेश अध्ययन गर्ने विद्यार्थीलाई परामर्श दिन तल्लीन छन् । युरोप, अस्ट्रेलियासहितका मुलुकमा अध्ययनका लागि जाने विद्यार्थीलाई करिअर काउन्सिलिङ गरिरहेका शर्मा लिंकन एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक हुन् । शर्मासँग शैक्षिक परामर्श, विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले ध्यान दिनुपर्नेलगायत विषयमा शुक्रबारका लागि गरिएको कुराकानी :
यहाँ के सेवा दिइरहनु भएको छ ?
आइएलटीएस, स्याट, टोफेलका तयारी कक्षा र जर्मनी भाषा पढाउँछौं । विदेश अध्ययन गर्न चाहने विद्यार्थीलाई करिअर काउन्सिलिङ । विदेशी कलेज तथा विश्वविद्यालयसँग समन्वय गरेर डकुमेन्टेसनदेखि भर्ना, भिसा आवेदन प्रक्रियामा सघाउँछौं ।
कुन—कुन देशमा फोकस गर्नु भएको छ ?
अहिलेको जल्दोबल्दो अस्ट्रेलिया र न्युजिल्यान्ड हुन् । अधिकांश विद्यार्थीका लागि ती गन्तव्य रोजाइमा छन् । २००९ देखि युरोपमा विद्यार्थी पठाउन सुरु गरेको हो । जर्मनीलगायतका मुलुक फ्री एजुकेसनमा लोकप्रिय भएकाले ती देशलाई पनि केन्द्रित गरेका छौं । अमेरिकाका लागि पनि आवश्यकता अनुसार सघाउँछौं । स्वाभाविक रूपमा अस्टे«लिया अहिले सबैको रोजाइमा छ । त्यहाँ व्यावसायिक र उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीको योग्यता र छनोटको आधारमा पठाउन सहजीकरण गर्छौं ।
युरोपमा निःशुल्क शिक्षाका लागि अध्ययन गर्न जानसक्ने भन्नुभयो । विद्यार्थीलाई कस्तो सहुलियत छ ?
जर्मनी, नर्वे, फिनल्यान्ड, स्विडेनलगायतका युरोपियन मुलुक फ्री एजुकेसनका लागि जाने देश हुन् । निःशुल्क शिक्षा दिने देशहरुमा स्वाभाविक रूपमा विद्यार्थीको आकर्षण हुन्छ । भौगोलिक रूपमा जो जहाँ जसरी जन्मे पनि त्यहाँको सरकारले सबैलाई निःशुल्क शिक्षा दिनुपर्छ भन्ने मान्यता थियो । तर, अहिले जर्मन, नर्वेले मात्र फ्री एजुकेसन दिएका छन् । फिनल्यान्ड, स्विडेनले अहिले फी चार्ज गर्न थाले ।
कति विश्वविद्यालय र कलेजसँग समन्वय गरिरहनु भएको छ ?
साधारणतया जर्मनीमा निःशुल्क शिक्षा भएकाले एफिलिएसन हुँदैन । अस्ट्रेलियामा विद्यार्थी जान चाहने सबै कलेजसँग टाइअप हुन्छ । विश्वविद्यालय लिन त्यति सजिलो छैन । सिड्नी, मेलवर्न, तासवानियालगायत नेपाली विद्यार्थी जाने सबै सहरमा हामीसँग अवसर छ ।
अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई के सुझाव छ ?
करिब एक दशकदेखि म यो क्षेत्रमा आबद्ध छु । विद्यार्थीलाई सधैँ छनोटको अवसर दिनुपर्छ भन्ने हाम्रो मान्यता छ । सकेसम्म फ्री एजुकेसनका लागि अवसर खोज्नुपर्छ । विदेशमा के विषय, कहाँ पढ्न जाने भनेको जीवनकै टर्निङ प्वाइन्ट हो । यसले विद्यार्थी, परिवार र आउँदो जेनेरेसनलाई पनि असर पार्छ । विद्यार्थीले मेरो करिअर बन्छ कि बन्दैन । मैले के रिटर्न पाउँछु भन्ने सोच्नुपर्छ । अधिकांश विद्यार्थी कुन देशमा जाँदा पढाइ सस्तो र कमाइ धेरै हुन्छ भनेर हेर्ने चलन पनि छ । त्यो गलत हो । जुन मुलुकमा अध्ययन गरिन्छ त्यहीँ जिन्दगी बितोस् भन्ने सोच राख्नु हुँदैन । विद्यार्थी पढेपछि विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ ।
विद्यार्थी यहाँको कन्सल्टेन्सीमा किन आउने ?
हामीले करिअर काउन्सिलिङलाई प्राथमिकतामा राखेका छौं । हामीले दिने सेवा गुणस्तरीय र उत्कृष्ट छ । विद्यार्थी र अभिभावकलाई कम भार पर्ने गरी विद्यार्थीको सामाजिक, आर्थिक, शैक्षिक क्षमताअनुसार उचित परामर्श दिएर निर्णय लिन सक्ने बनाउँछौं । सर्भिस चार्ज निकै कम छ । विद्यार्थी सन्तुष्ट हुनुहुन्छ । कक्षामा पनि विद्यार्थीको क्षमताको जाँच गरेर भर्ना गर्छौं । फ्री ट्रायल कक्षा र परीक्षा लिन्छौं । चाहिने स्कोर प्राप्त नहुँदासम्म निरन्तर पढाउँछौं ।
प्रतिस्पर्धा कस्तो छ ?
हजारौं कन्सल्टेन्सी छन् । तर, प्रतिस्पर्धाले अवसर प्रदान गर्छ भन्ने मेरो मान्यता । धेरै हुँदा विद्यार्थीलाई पनि छनोटको अवसर हुन्छ । गुणस्तरीय सेवा दिन नसके विद्यार्थी अर्कोमा जाने भएकोले हामीलाई व्यवस्थित गरेर अघि बढ्न पनि टेवा पुग्छ ।
यो व्यवसायमा कसरी आइपुग्नु भयो ?
मैले आफ्नो करिअर बनाउने बेलामा काउन्सिलर बन्ने भन्ने लक्ष्य त हुँदैनथ्यो । पढाइ सकेपछि साथीभाइहरु कोही विदेश जाने चक्कर पनि भएकाले कन्सल्टेन्सीसँग नजिकिन पुग्यौं । मेरो विदेश जाने इच्छा थिएन । नजिकबाट नियाल्दा यो क्षेत्रमा करिअर बन्न सक्छ भन्ने लाग्यो । करिब चार/पाँच वर्ष अन्य कन्सल्टेन्सीमा काउन्सिलरको रूपमा काम गरेपछि २०१४ देखि लिंकन स्थापना गरेर आफ्नै व्यवसाय सुरु भयो ।

व्यवसायमा सफलताका लागि के चाहिन्छ ?
सबैलाई आफ्नै काम गर्ने रहर हुन्छ । जुनसुकै उद्योगमा काम गरे पनि त्यस क्षेत्रको सम्पूर्ण ज्ञान चाहिन्छ । बिजनेस पैसा भएर गर्ने भन्ने धारणा गलत हो  । आंशिक मात्र सत्य हो । सम्बन्धित व्यवसायमा सीप आवश्यक पर्छ । इच्छाशक्ति हुनुपर्यो । पैसा कमाउन हतार गरेर हुँदैन । व्यवसायमा आत्मविश्वास र धैर्यता हुनुपर्छ । जति सक्नुहुन्छ धेरै मेहनत गर्नुपर्छ ।
भावी योजना के छ ?
लिंकनको सेवा विस्तार र अपग्रेड गर्दै जाने । शाखा विस्तार गर्ने तयारीमा छौं । पहिलो ब्रान्च चितवनमा सुरु गरेर इटहरी, दमकलगायतका स्थानमा पनि सञ्चालन गर्ने योजनामा छौं ।
उद्यमशीलताका लागि कस्तो सहयोग आवश्यक छ ?
अब राजनीतिक अस्थिरताले कामलाई असर गर्दैन भन्ने विश्वास हुनुपर्यो । घर बनाउन, गाडी किन्न जाँदा बैंकमा ऋण पाइने । तर, व्यवसाय सुरु गर्न ऋण नपाइने अवस्था छ । राज्यले यस्तो पद्धति अन्त्य गर्नुपर्यो ।

Leave A Comment