रोबोट बैंक

बुधबार, २६ बैशाख २०७५, ०४ : ५० शुक्रवार
रोबोट बैंक

चीनमा एउटा बैंकले मानवरहित शाखा सञ्चालनमा ल्याएको छ । चाइना कन्स्ट्रक्सन बैंक (सिसिबी) ले सांघाईमा नयाँ शाखा खोल्दै त्यसलाई पूर्ण रुपले रोबोटबाट सञ्चालन हो । रोबोट ग्राहकलाई स्वागत गर्छ र खाताको व्यवस्थापन गर्छ ।

सिसिबीले भर्चुअल रियालिटी, आर्टिफिसियल इन्टेलिजेन्स र वित्तीय विवेकमा आधारित प्रविधिमा आधारित भएर सञ्चालन गर्दै आएको छ । चीनको दोस्रो ठूलो बैंक सिसिबीमा सो सहरमा ३६० शाखाहरु रहेका छन् । यी स्मार्ट मेसिनहरुले प्रविधिप्रति रुचि राख्ने ग्राहकलाई आकर्षित मात्रै गरेको छैन र खर्च पनि घटाएको छ । 

साउथ चाइना मोर्निङ पोस्टका अनुसार फ्रन्ट डेस्कबाट अघि बढ्नेबित्तिकै एउटा मानिसजस्तो रोबोट भेटिन्छ । जसले तपाईंले सोध्नु भएका प्रश्नहरुको जवाफ फटाफट दिन्छ । सो शाखामा धेरै वटा फरक–फरक प्रकृतिका काम गर्ने स्मार्ट टेलर छन् । जसले खाता खोल्ने, रकमान्तरण गर्ने, विदेशी मुद्रा विनियम, सुनमा लगानी र सम्पत्तिे व्यवस्थापन सहितको विषयमा सेवा दिने गरेका छन् । 

नगद र गैर नगदका परम्परागत बैंकिङ कारोबार ९० प्रतिशत काम गर्न रोबोटहरु सक्षम रहेको बैंकले जनाएको छ । मानव सेवा चाहने धनी ग्राहकले प्राइभेट रुपमा रिजर्भ गर्न सक्छन् । जसले भिडियो लिंकमार्फत् रिलेसनसिप अफिसरसँग कुराकानी गर्छन् । 

बैंकिङ कम्युनिकेसनको विषयको वरिष्ठ अनुसन्धानकर्ता हे फेइले मानवविहीन बैंकले ग्राहकलाई नयाँ स्वाद पस्केको बताए तर यस्तो भन्दैमा मानिसको काम भने सकिएको भने होइन । व्यावसायिक सल्लाह र जटिल तथा व्यक्तिगत मागअनुसारका सेवा भने मानिस नै चाहिन्छ । 
 

Leave A Comment