सुगा मान्छे

बुधबार, २६ बैशाख २०७५, ०५ : ०१ शुक्रवार
सुगा मान्छे

सुगाजस्तो देखिनका लागि आफ्नो आँखा र अनुहारमा ट्याटु बनाएका एक बेलायतीले त्यसभन्दा एक कदम अघि बढ्दै आफ्नो दुवै कान काटेका छन् र नामसमेत परिवर्तन गरेका छन् । ५८ वर्षीय बेलायती टेड रिचर्ड्सले पाल्दै आएका सुगाप्रति आशक्त रहेका छन् ।

त्यसो त उनको शरीरमा १ सय १० वटा ट्याटु रहेको छ भने विभिन्न ठाउँमा ५० वटा मुन्द्री छेडेका छन् । त्यस्तै उनले जिब्रोलाई दुई फ्याक पारेका छन् । आगामी दिनमा उनको योजना भनेको नाकको प्लास्टिक सर्जरी गरेर सुगाजस्तै बनाउने रहेको छ । आफ्नो नाम डिड पुल राखेका टेडको औपचारिक नाम अब टेड प्यारोटम्यान हुने भएको छ । 

‘मैले यस विषयमा लामो समयदेखि सोच्दै आएको थिएँ,’ उनले भने, ‘जब म आफ्नो सहरमा सुगाहरु लिएर हिँड्छु वर्षौंदेखि मानिसले मलाई प्यारोटम्यान भनेर भन्छन् । त्यसैले नाम परिवर्तन गर्नु प्राकृतिक विषय भयो ।’

उनले आफ्ना बाबुआमासँग सम्पर्क नभएको पनि वर्षौं भएको बताए । ‘उहाँहरु जिउँदै हुनुहुन्छ मरिसक्नु भयो थाहा छैन र दाइभाइ दिदीबहिनीसँग पनि कुराकानी हुँदैन,’ उनले भने, ‘त्यसैले मेरो थरसँग कुनै सम्बन्ध छैन । मेरो परिवार भनेको नै सुगा हो । त्यसैले योसँग प्रतिबिम्बित हुने गरी थर राखेको हुँ ।’
 

Leave A Comment