उमेर पचपन, पहिरन बचपन

शुक्रबार, ०४ जेठ २०७५, ०३ : ३३ शुक्रवार
उमेर पचपन, पहिरन बचपन

करिश्मा मानन्धर उमेरले ५० छेउछाउ पुगिसकिन् । केही तोरीलाहुरे फिल्म संघसंस्थाले उनलाई सदाबहार अभिनेत्रीको पदवी पनि दिइसकेका छन् । १६÷१७ वर्षको उमेरदेखि ५० वर्षसम्म निरन्तर उद्योगमा समय बिताउनु चानचुने उपलब्धि होइन तर समय गुजार्दैमा मान्छे परिपक्व हुँदैन भन्ने कुरा पनि करिश्मालाई नै हेरेर थाहा हुन्छ । उनको न बोलीको ठेगान हुन्छ, न लगाउने लुगाको । 

जथाभावी बोलेर स्थानीय चुनावका समयमा आफ्नै अल्पज्ञान प्रस्तुत गरेकी थिइन्, मंगलबार आफ्नै छोरीले डेब्यु गर्न लागेको फिल्मको कार्यक्रममा छोरीले भन्दा छोटो लुगा लगाएर अर्को जात्रा गरिन् । पति विनोद मानन्धरका साथ शिव श्रेष्ठले निर्माण गर्न लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा छोरीलाई शुभकामना दिन पुगेकी करिश्माले यस्तो लुगा लगाएकी थिइन्, जहाँ उनलाई लुगा सम्हाल्नै धौधौ परेको थियो । उनले लगाएको लुगा तल छोप्दा माथि ह्वाङ्ग देखिन्थ्यो भने माथि छोप्दा तल ह्वाङ्ग । 

करिश्माको फेसन ब्लन्डर यो पहिलो पटक भने होइन । यसअघि पनि करिश्मा बारम्बार वार्डरोब मालफंक्सनको शिकार बनेकी थिइन् । स्तनको माथिल्लो भागमा ट्याटु खोपाएकी करिश्माले एक पटक ट्याटु देखाउने चक्करमा स्तनको सम्पूर्ण भाग देखाएकी थिइन् भने सोही समयमा उनको रातो रङको पेन्टी पनि फोटोग्राफरको क्यामरामा कैद भएको थियो । एक पटक भने करिश्माले मालिस गराइरहेको फोटो सार्वजनिक गरेकी थिइन्, जहाँ उनको क्लिभेज स्पष्ट देखिएको थियो ।  

करिश्मा नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्य पनि हुन् । यो उमेरमा कक्षा १० मा पढिरहेकी करिश्मा धेरैका लागि प्रेरणाकी स्रोत पनि हुन् । तर पहिरनको मामलामा पनि १० कक्षे बालिका झैं व्यवहार गर्दा, उनलाई मौकामा उडाउन खोज्नेहरुको मनोबल पनि ह्वात्तै बढ्ने गरेको छ ।

सार्वजनिक कार्यक्रममा जाँदा अभिनेत्रीले पहिरनमा ख्याल गर्नुपर्छ । अझ पत्रकारका सामु मञ्चमा बस्नु छ भने त झनै सतर्क हुनुपर्छ तर करिश्माको मंगलबारको कार्यक्रममा लगाएको पहिरन हेर्ने सबैले भन्थे, ‘उमेर लगभग पचपन, पहिरनमा भने बचपन !’ 
 

Leave A Comment