पत्नीको नामले हैरान

बुधबार, ०९ जेठ २०७५, ०५ : ०१ शुक्रवार
पत्नीको नामले हैरान

भन्न त धेरैले नाममा के छ भन्छन् तर भारतको केरला राज्यका एक युवकले श्रीमतीको नामका कारण हैरानी बेहोर्नु मात्र परेको छैन, पुलिसलाई नै गुहार्नु परेको छ । अरुको भन्दा फरक नाम भेटेपछि उनको नामको अर्थ जान्न सयौंले प्रयास गरेका थिए । भएको के थियो भने कोझिकोदे भिविश टिटीको विवाह थियो । त्यसका लागि उनले कार्ड छपाएका थिए । तर उनको कार्डमा रहेको बेहुलीको नामका कारण ह्वाट्स एपमा भाइरल भयो ।

त्यसपछि भिवीशलाई पत्नीको नामको अर्थ के हो भन्दै सोध्न सयौंले फोन गरे । उनकी पत्नीको नाम ध्यानूनहनागिथी रहेको थियो । भिवीसले परिवारको ह्वाट्सएपमा विवाहको कार्ड सेयर गरेका थिए तर त्यो चाँडै भाइरल बन्यो । इन्डियन एक्सप्रेसअनुसार त्यस कार्डमा बेहुलीको नाम शुद्धसँग उच्चारण गर्न सक्नेलाई मात्रै विवाहमा आमन्त्रण गर्ने उल्लेख थियो । 

त्यसपछि सैयौँ मानिसले कार्डमा नम्बर भएका भिवीस र उनका पिता भेलयाधानलाई फोन गर्न थाले । केही फोन गर्नेहरुले जे पायो त्यही भन्न थालेपछि उनले प्रहरीको आइटी सेलमा उजुरी दिए । 

‘विगत तीन दिनदेखि फोनमा घण्टी आउन रोकिएको छैन,’ भिवीशले भने, ‘सबै उनको नामको अर्थ के हो भन्ने जान्न चाहन्छन् । सुरुमा यो जिल्लाकै मानिसको फोन हुने गर्दथ्यो तर पछि टाढाबाट समेत फोन आउन थाल्यो ।’ध्यानूरहनागिथीले आफ्नो बुबा साहित्यमा रुचि राख्ने मानिस भएकाले छोरीको नाम फरक राख्न चाहेको बताइन् ।
 

Leave A Comment