लभको लागि लफडा

बुधबार, ०९ जेठ २०७५, ०६ : ०८ शुक्रवार
लभको लागि लफडा

अमेरिकाको फोनिक्सस्थित एक महिलाले आफ्नो पहिलो डेटपछि एक पुरुषलाई ६५ हजार भन्दा बढी म्यासेज पठाएपछि उनीमाथि विभिन्न अभियोग लगाइएको छ । उनले पठाएको अधिकांश म्यासेजमा अनौठो प्रकारको धम्की छन् ।

प्रहरीले ३१ वर्षीया ज्याकलिन अदेसलाई धम्की, पिछा गरेको, दुःख दिएको र अदालतमा उपस्थित हुन असफल भएको अभियोग लगाएको हो । अदेसले आफूमाथि लागेको आरोपहरु बारेमा जेलमै स्थानीय टेलिभिजनसँग कुराकानी गरेकी थिइन् । 

‘मलाई आफ्नो जीवनसाथी भेटेको अनुभूति भएको थियो र अन्य मानिसले जे हुन्छ हामीबीच पनि त्यस्तै हुन्छ भन्ने लागेको थियो र हामी विवाह गर्छौं र सबै कुरा राम्रो हुन्छ भन्ने ठानेको थिएँ ।’ 

अदेसले त्यति धेरै म्यासेज गर्नु पछाडिको कारण ‘स्वार्थरहित माया गर्ने उनको बारेमा जानकारी आओस भन्ने’ रहेको बताएकी छन् ।

प्रहरीअनुसार अधिकांश सन्देशमा यहुदी विरोधी र ‘मलाई छाड्ने कोसिस पनि नगर्नु .... तिमीलाई मारिदिन्छु.......... म हत्यारो बन्न चाहन्नँ’ जस्ता छन् ।
 

Leave A Comment