ऐश्वर्याको दोस्रो जन्म

बुधबार, ०९ जेठ २०७५, ०६ : २५ शुक्रवार
ऐश्वर्याको दोस्रो जन्म

बलिउडकी अभिनेत्री ऐश्वर्या रायका प्रशंसकले उनलाई सामाजिक सञ्जालमा जोडिन अनुरोध गर्दै आएका धेरै वर्ष भयो । मनोरञ्जनमा उद्योगसँग सम्बद्ध हुँदाहुँदै पनि राय सामाजिक सञ्जालबाट टाढै थिइन् । सामाजिक सञ्जालमा उनका पति अभिषेक बच्चन र ससुरा अमिताभ बच्चन निकै लोकप्रिय छन् ।

आफ्नो फ्यानहरुसँग सम्बन्ध जोड्न सफल पनि भएका छन् । त्यति हुँदाहुँदै पनि ऐश्वर्यालाई भने यसले आकर्षित गर्न सकेको थिएन् तर शुक्रबार क्यान्स फिल्म फेस्टिभलमा सहभागी हुनुअघि भने ऐश्वर्याले इन्टाग्राम अकाउन्ट खोलेकी छन् । 

जसमा ऐश्वर्याले छोरी आराध्यासँग फोटोहरु एकपछि अर्को गर्दै सेयर गरेकी छन् । उनले क्याप्सनमा लेखेकी छन्– र, म फेरि जन्मिएँ । गत वर्षजस्तो यस वर्ष पनि क्यान्समा छोरी आराध्याको साथ रहेको थियो । 

फोटो अपलोड गर्नेबित्तिकै पति अभिषेकले टिप्पणी गर्दै लेखका छन्, ‘फोटोको क्रेडिट खै मिसेज बी ?’ उनले क्यान्सको रेड कार्पेटको फोटो पनि हालेकी छन् । विगतमा भने क्यान्सको रेड कार्पेटमा हिँड्दै गरेका फोटोहरु अभिषेकले सार्वजनिक गर्ने गर्थे । ऐश्वर्या १७ वर्षदेखि यस प्रतिष्ठित फिल्म फेस्टिभलमा सहभागी हुँदै आएकी छन् ।

ऐश्वर्याले इन्टग्राममा ज्वाइन गरेपछि फलोअर्सको कमी हुने कुरै भएन । २४ घण्टा पनि नबित्दै उनलाई इन्टग्राममा तीन लाखले पछ्याइसकेका थिए । उनको अकाउन्ट भेरिफाई हुन बाँकी छ । 
 

Leave A Comment