छिल्लरको फोटो पचेन

बुधबार, ०९ जेठ २०७५, ०६ : ५६ शुक्रवार
छिल्लरको फोटो पचेन

मानुषी छिल्लरले सन् २०१७ मा मि वल्र्डको उपाधि जितेपछि उनको चर्चा भारतमा मात्रै सीमित रहेन । वैज्ञानिक तथा डाक्टर परिवारकी उनी आफू पनि स्त्री रोग विशेषज्ञ अध्ययन गरिरहेकी छन् । मिस वल्र्डमा उनको सुन्दरताले मात्रै नभएर बैद्धिकताले पनि संसारका धेरैको मन जितेको थियो ।

दिल्लीमा जन्मेकी र त्यहीँ हुर्केबढेकी छिल्लरले कलेजका दिनहरुमै सुन्दरी प्रतियोगितामा भाग लिने गर्थिन् । टाइम म्यागेजिनको सन् २०१७ को ५० मस्ट डिजाइरेबल विमेनमा उनी पनि परेकी थिइन् ।

उपाधि जित्नेबित्तिकै विभिन्न कार्यक्रममा व्यस्त रहेकी छिल्लरले हालै बिदा मनाउँदै गरेको तस्बिर सार्वजनिक गरेकी छन् । आफ्नै इन्स्टाग्राम पेजमा सार्वजनिक फोटोहरुमा बिकिनी लगाएको देखिन्छ । ‘गर्मीमा मेकअप र समुद्र मेरो हेयरस्टाइल’ क्याप्सनमा हट फोटोहरु सार्वजनिक गरेकी उनलाई केहीले प्रशंसा गरे पनि केहीलाई तस्बिर पचेको छैन । 
 

Leave A Comment