सगरमाथाको चुचुरोमा रिचार्जर एप्सको झण्डा

आइतबार, १३ जेठ २०७५, ०१ : ४२ शुक्रवार
सगरमाथाको चुचुरोमा रिचार्जर एप्सको झण्डा

ग्लोबल की–टेक्नोलोजी प्रालिले मोबाइल एप्स रिचार्जर अपडेटेड भर्सनमा ल्याएको छ । रिचार्जरको लोगो सहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराएकै दिन नयाँ भर्सन आएको हो । 

२३ वर्षीय नर्विन मगरले मे १८ मा रिचार्जरको लोगो अंकित झण्डा सगरमाथा शिखरमा फहराएका थिए । मगर आइतबार बेस क्याम्पबाट हेलिकप्टरमा काठमाडौं फर्किए । 

उनलाई रिचार्जर एप्सको निर्माता कम्पनी ग्लोबल की–टेक्नोलोजी प्रालिका अध्यक्ष अलाइभ ग्लाइडर तथा प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

यो एप्सबाट सामान खरिद गर्दा शतप्रतिशत क्यास ब्याक पाउन सकिने र त्यसका लागि एप्पलको एप स्टोर तथा गुगल प्ले स्टोरबाट एप्स डाउनलोड गरी खाता खोल्नुपर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खाता खोल्दा प्रयोगकर्ताले तत्काल एक सय रुपैयाँ क्यास ब्याक पाउने छन् ।  

जतिको रिचार्ज त्यति नै क्यास ब्याक दिने एप्स रिचार्जरमा ब्रान्डेड सामान मात्र उपलब्ध हुनेछन् । रिचार्जरबाट मुभी टिकट, एयर टिकट, बस टिकट पाउनुका साथै विभिन्न महसुल बारकोडबाट भुक्तान गर्न सकिने कम्पनीले जानकारी दिएको छ । 

Leave A Comment