घरको छत सिंगार्ने कसरी ?

बिहिबार, १७ जेठ २०७५, ०५ : ३२ शुक्रवार
घरको छत सिंगार्ने कसरी ?

आफू बस्ने घर सुन्दर होस् भन्ने कसलाई नलाग्ला र । त्यसमा पनि मोहक फूलले ढाकिएको घर भए अझै राम्रो । तर सहरी क्षेत्रमा खुल्ला जमिनको अभावमा घरमा फूलको वासना लिन सकस नै हुन्छ । यसको अपाउ भने नभएको हैन ।

जमिनमा खाली स्थान नभएको घरमा छत छ भने त्यसको उपयोग गरेन सानो बगैचा बनाउन सकिन्छ । सहरी क्षेत्रमा ढलानको घर हुने भएकाले व्यसायीक बगैचा बनाउनेको सहयोगमा शुन्दर बगैचा बनाउन सकिन्छ । छतमा बाह्रै महिना फूल रोप्दा मौसम अनुसारका फूल फुल्दा छत मोहक देखिन्छ । 

छतमा गोलाकार आकारमा गमलाहरु राख्नु राम्रो । गमला राख्दा पर्खाल माथि नराखेको राम्रो । पर्खालमाथि राख्ने हो भने गमलाई अड्याउने हुक प्रयोग गर्नु राम्रो हुन्छ । गमलालाई आकर्षक बनाउन रंगहरु लगाउन सकिन्छ । विभिन्न कलरमा गमला रंग्याउँदा छतको शोभा बढ्छ । 

जमिनमा झै छतमा पनि बस्ने ठाउँ राख्नु राम्रो । यसले छतमा समय विताउन सहयोग हुन्छ नै । बगैचाको झल्को समेत दिन्छ ।

Leave A Comment