ट्याटुले समस्या

शुक्रबार, १८ जेठ २०७५, ०२ : ३४ शुक्रवार
ट्याटुले समस्या

स्वीडेनकी एक महिलाले ट्याटु आर्टिस्टले गल्ती गर्दा साना छोराछोरीको नामै परिवर्तन गरिदिएकी छन् । जोना स्यान्ड्रोमले आफ्नो दुई वर्षको छोराको नाम केभिन राखेकी थिइन् । तर ट्याटु आर्टिष्टले उनको शरीरमा नाम लेख्ने बेलामा नाममा एक अक्षरलाई एलमा परिवर्तन गरिदिए र केल्भिन बनाइदिए ।

स्यान्डस्ट्रोमले आफ्नो शरीरमा गलत नाम देखेपछि झन्डै बेहोस भएको बताएकी छन्  । ‘मेरो शरीरमा मेरो सन्तानहरुको नाम होस् भन्ने चाहन्थे र मैले आर्टिस्टलाई नाम पनि दिए,’ उनले भनिन्, ‘आर्टिस्टले डिजाइन बनायो तर शब्दहरुको बारेमा केही पनि सोधेन ।’ छोरीको नाम नोभा पनि त्यसैगरी ट्याटु बनाएकी छन् । ‘मेरो मुटुनै रोकिएकोजस्तो भएको थियो र बोहोस हौँलीजस्तै भयो,’ उनले भनिन् ।

उनी फेरि ट्याटु पसल पुगिन् तर आर्टिस्ट हाँस्यो र पैसा फिर्ता दिने समस्या समाधान गर्नेबाहेक अरु उपाय आफूसँग नभएको बताए । ट्याटु हटाउन उनले धेरै औषधि पनि गरिन् तर केही उपाय लागेन । त्यसपछि पतिसँग सल्लाह गरेर छोराकै नाम परिवर्तन गरिदिइन् । ‘केल्भिन अहिलेसम्म नाम सुनेकी थिइनँ,’ उनले भनिन,् ‘यो अलि फरक पनि भयो नि !’ उनले तेस्रो सन्तानको नाम लेख्नुअघि एक हजार पटक स्पेलिङ चेक गर्ने बताएकी छन् । उनको तेस्रो सन्तानको नाम फ्रेजा हो । 
 

Leave A Comment