अधवैशे हुमा

शुक्रबार, १८ जेठ २०७५, ०२ : ४७ शुक्रवार
अधवैशे हुमा

रजनिकान्तको बहुप्रतिक्षित तमिल फिल्म कालाको पोस्टर सार्वजनिक भएको छ । रजनिकान्तसँग अभिनय गरेको बलिउडको अभिनेतृ हुमा कुरेसीले इन्टाग्राममा फिल्मको पोस्टर सार्वजनिक गरेकी छिन् । सो फिल्ममा हुमाले ४५ वर्षे महिला जरीनाको भूमिकामा रहेको बताइएको छ । सो चलचित्रमा नाना पाटेकर, पंकज त्रिपाठी र इश्वरी राव समेत अभिनय गरेको छ । 

हुमाको इन्टाग्राममा मानिसले फिल्मको बारेमा सकारात्मक प्रतिक्रिया दिएका छन् । गत वर्ष हुमामा अन्तर्वार्तामा रजनिकान्तसँग अभिनय गर्न पाउदा भाग्यमानी भएको बताएकी थिइन्  । 
 

Leave A Comment