उँधो गति उँधै मति

आइतबार, २० जेठ २०७५, १० : ०६ शुक्रवार
उँधो गति उँधै मति

अनमोल केसीको लोकप्रियताको एउटा बलियो कारण थियो, उनको थोरै फिल्म खेल्ने निर्णय । अभिनयमा आलोचना खेप्दै आए पनि वर्षमा एउटा मात्र फिल्म खेल्ने निर्णय उनको फ्यान फलोइङको आधार थियो । तर दुई वर्ष लगाएर बजारमा आएको ‘कृ’ले उनका अघिल्ला फिल्मले बनाएको गुडविल राम्ररी नै सोत्तर पार्यो ।

‘कृ’ अनमोलको पहिलो फिल्म थियो, जसबाट निर्माताले सर्वाधिक घाटा बेहोरे । उनका अघिल्ला फिल्मले पनि निर्मातालाई औधि कमाएर पनि दिएका थिएनन् । मुस्किलले लगानी उठाएका थिए ।

‘कृ’को यस्तो हालत देखेपछि धेरैको अपेक्षा थियो, अनमोल सम्हालिन्छन् र विचार गरेर फिल्म साइन गर्छन् तर अनमोलले आफ्नो होम प्रोडक्सनको फिल्मको सुटिङ नसक्दै थप दुई फिल्म खेल्ने सम्झौता गरेका छन् ।

उनले झरना थापाको ‘ए मेरो हजुर ३’ र मिलन चाम्सको निर्देशनमा बन्ने अनाम फिल्ममा महँगो मूल्यमा सम्झौता गरेका छन् । यो खबर बाहिरिएसँगै उनलाई विवेकी मान्नेले ओठ लेप्रयाएका छन् भने शुभचिन्तकले पनि अनमोल सौगात मल्ल र दयाहाङ राईकै पथमा हिँडेको टिप्पणी गरेका छन् । एक त फिल्म नचलेर इज्जत दाउमा छ, त्यसमाथि एकसाथ दुई फिल्म । यसैलाई भनिन्छ, उँधै गति उँधै मति ।
 

Leave A Comment