अरुका फिल्म नगर्ने ?

आइतबार, २० जेठ २०७५, १० : १० शुक्रवार
अरुका फिल्म नगर्ने ?

‘कहाँ भेटिएला’बाट रजतपटमा डेब्यु गरेकी थिइन्, श्वेता खड्काले । पहिलो फिल्मले रेकर्डब्रेक कमाइ ग¥यो । श्वेता पनि खोजी हुने नायिकामा परिन् । निर्माता÷निर्देशकले खोजे पनि । तर, उनलाई श्रीकृष्ण श्रेष्ठले छाडेनन् । शिव रेग्मीले नै निर्देशन गरेको फिल्म ‘हाँसिदेऊ एक फेर’ मा श्वेताले राजबल्लभ कोइरालाको जोडीको रुपमा अभिनय गरेबाहेक जति फिल्म खेलिन्– सबैमा श्रीकृष्ण श्रेष्ठ हिरो थिए । 

श्रीकृष्ण श्रेष्ठको निधन भएको केही वर्ष बितिसक्यो । ‘कान्छी’बाट श्वेता आफैं निर्माताको रुपमा अगाडि आइसकेकी छन् तर फेरि पनि उनलाई हेर्न खोज्ने दर्शकले उनी आफैंले बनाएको फिल्म कुनुपर्नेछ । कारण, उनले अरुको ब्यानरबाट आएका अफर अस्वीकार गर्दै आएकी छन् । ‘कान्छी’ रिलिजपछि केही निर्माता उनलाई लिएर फिल्म बनाउने प्रस्ताव लिएर गए तर उनले ती कुनै प्रस्तावमा रुचि दिइनन् ।

आखिर अरु निर्माताका फिल्म नै नगर्ने हो भने श्वेताले औपचारिक रुपमै घोषणा गरे भयो नि, म आफूले बनाएका फिल्ममा भन्दा बाहिर अभिनय गर्दिनँ । निर्मातालाई पनि सजिलो, तपाईंलाई पनि सजिलो हैन र ?
 

Leave A Comment