मनीषलाई मिस गर्दै मलिना

बिहिबार, ०७ असार २०७५, ०७ : ५० शुक्रवार
मनीषलाई मिस गर्दै मलिना

नायिका मलिना जोशीले ‘आई एम सिङ्गल’ भने पनि अभिनेताहरुसँग जोडिएर आउने अफेयर्सको चर्चा कम भएको छैन । कहिले अभिनेता अनुपविक्रम शाहीसँग उनको नाम जोडिन्छ त कहिले सारुक ताम्राकारसँग । सबैलाई उनी राम्रो अभिनेता र राम्रो साथी भनेर पन्छाउन खोज्छिन् । तर सफल हुन्नन् ।

पूर्व मिस नेपाल जोशी ‘नाइट लाइफ’ मा पनि उत्तिकै रमाउँछिन् । क्लब जानु उनको शौख हो । क्लबमा गएर मात्तिने गरी मदिरा पिएको पनि सुनिन्छ । ‘म त कहिल्यै पिउँदिन’ भनेर उनले खण्डन गर्ने गरेकी पनि छिन् । तर मदिरालयमा पुगेर जुस लिएर फर्किएको पत्याउन मुस्किलै छ ।

उनी फिल्म ‘तिमी हुन्छौं जहाँ जहाँ’ मार्फत मनीष सुन्दर श्रेष्ठसँग जोडि बाँधिएकी छिन् ।  शुक्रबार रिलिज हुने फिल्मको प्रचारका लागि निर्माण युनिटले आयोजना गरेको केही कार्यक्रममा उनी एक्लै सहभागी हुँदा ‘मनीष खुब मिस भएको’ बताउने गरेकी छिन् । निर्माण युनिट स्रोतका अनुसार सुटिङको क्रममा यी दुवै निक्कै नजिक भएका थिए । प्रेम भावमा आधारित फिल्म भएकाले दुवैको निकट व्यवहारले फिल्माङ्कन गर्न सहज भएको निर्माण युनिटका एक सदस्यले बताए ।  
 

Leave A Comment