बोल्ड बक्सरको बर्थडे

सोमबार, ११ असार २०७५, १२ : ३१ शुक्रवार
बोल्ड बक्सरको बर्थडे

फिगर मात्रै हैन आत्मविश्वास पनि निक्कै बोल्ड रहेको नायिका नम्रता श्रेष्ठ जेठमा ३१ वर्षमा टेकिन् तर उनको लुक्स भने अझै उस्तै दामी छ । व्यक्तिगत गोपनीयता ओपन भएसँगै केही समस्यामा परे पनि हतास नभई अगाडि बढिरहेकी उनले आफ्नो ३१ औं जन्मदिन परिवारका सदस्यसँग घरमै मनाइन् । 

उनले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको तस्बिरमा उनको परिवारका सदस्य मात्रै देखिन्छन् । नयाँ फिल्मका लागि बनाएको नयाँ लुक्समा उनको सुन्दरता खुलेको छ । फिल्मकी नायिका निर्मात्री हुँदै रेस्टुराँ व्यवसायीसमेत रहेकी उनी व्यक्तिगत जीवन र प्रेम सम्बन्धका कारण बेलाबखत चर्चामा आइरहन्छिन् ।

रफ्तारमा फिल्मी करिअर चलिरहेको बेला अकस्मात रियल सेक्स भिडियो सार्वजनिक भएपछि उनी केही समय निस्क्रिय भएकी थिइन् । तर उनी यो घटनाबाट धेरै निरास नबनी फिल्म क्षेत्रमा फर्किएर पुनः सक्रिय हुँदै आफ्नो आत्मबल बलियो रहेको देखाएकी थिइन् । 

उनका रसिला प्रेम प्रसंगहरु पनि सार्वजनिक भइनै रहे यस क्रममा । पहिले उनी रेमनदास श्रेष्ठसँग निकट देखिन्थिन् । अहिले व्यवसायी दावा शेर्पासँग सार्वजनिक कार्यक्रममै सँगै हुन्छिन् । मिडियासँग त्यत्ति खुल्न नरुचाउने उनले दावासँगको आफ्नो निकटता लुकाएकी पनि छैनन् । उनी अहिले चलचित्र ‘जाइरा’मा अनुबन्धित भइसकेकी छन् । उनको छोटो कपालको लुक्स त्यही फिल्मका लागि हो । दाबी गरिएअनुसार उनी सो फिल्ममा बक्सरको भूमिकामा देखिदैछिन् । 
 

Leave A Comment