स्वस्तिमाको घमण्ड

सोमबार, ११ असार २०७५, १२ : ३८ शुक्रवार
स्वस्तिमाको घमण्ड

पहिलो फिल्म ‘होस्टल रिटन्र्स’मा स्वस्तिमालाई कसैले नोटिस पनि गरेका थिएनन् तर जब सेलिब्रेटी निर्देशक निश्चल बस्नेत उनको प्रेममा परेको खबर आयो, धेरैलाई यो खबरमा पत्यार पनि लागेन । पछि दुवैले बिहे गरेर सबैको मुखमा बुजो लगाए । निश्चलसँग बिहे पछि त के थियो, स्वस्तिमाको मानौं भाग्य नै खुल्यो । अघिल्लो वर्ष सबैभन्दा ठूलो फिल्म ‘छक्का पञ्जा २’को मुख्य भूमिका पाइन्, यही समयमा उनकोे केमियो रहेको ‘कुटुमा कुटु’ नेपाली युट्युब इतिहासमा सर्वाधिक हेरिने गीत बन्यो । 

यो साल पनि स्वस्तिमाको फिल्मलाइन कमजोर छैन । ‘नाइँ नभन्नू ल ५’ र ‘जय भोले’जस्ता ठूलो ब्यानरका फिल्म रिलिजको क्रममा छन् । तर योसँगै धेरैले स्वस्तिमा घमण्डी भएको टिप्पणी गर्न थालेका छन् । नभन्दै उनले ‘जय भोले’को कार्यक्रममा पत्रकारसँग यस्तै रवैया देखाइन् । जब पत्रकारले उनलाई ‘एकै दिन रिलिज हुने फिल्ममा किन काम गर्नु भएको ?’ भनेर सोधे, उनले झर्कंदै भनिन्, ‘प्रियंका दिदीका चार–चारवटा फिल्म रिलिज हुँदा केही नहुने मेरा दुइटा हुँदा के भयो त !’ 

प्रियंकाले जे–जे गर्छिन् स्वस्तिमाले पनि त्यही गर्ने कसम खाएको हो  ?
 

Leave A Comment