ट्राफिकको झोँकमा घोडा सवारी

सोमबार, ११ असार २०७५, १२ : ५२ शुक्रवार
ट्राफिकको झोँकमा घोडा सवारी

जागिरको अन्तिम दिनलाई स्मरणीय बनाउन धेरै मानिसले विभिन्न काम गर्छन् । भारतको बेंगलुरुको एक सफ्टवेयर इन्जिनियरले अन्तिम दिनको काम भारइल भएको छ । अन्तिम दिन औपचारिक ड्रेसमा ल्यापटप भिरेर ती इन्जिनियर घोडा चढेर अफिस पुगेका थिए । सेतो घोडा चढेका उनका  तस्बिर र भिडियोहरु ट्वीटर, फेसबुक र ह्वाट्सएपमा निकै चलेको छ । 

सफ्टवेयरका इन्जिनियर रुपेशकुमार बर्माले बेंगलुरुको ट्राफिक जामविरुद्ध प्रदर्शन गर्नका लागि घोडा छानेको बताएका छन् । ‘विगत आठ वर्षदेखि बेंगलुरुमा बस्दै आएको छु र यहाँका समस्या र वायु प्रदुषणबाट वाक्क भैसकेँ,’ उनले भने, ‘बेंगलुरुमा निकै भीड बढिसक्यो र धेरै मोटर भएका कारण प्रत्यक दिन जाम हुँदै आएको छ ।’

उनको यो यात्राको अनौठो माध्यमको छनोट सबैलाई राम्रो भने लागेको छैन । उनको काम गर्ने कम्पनीको सुरक्षागार्डले त उनलाई प्रवेश गर्नै दिएन । उनले भने घोडा आफ्नो यातायातको साधन भएको भन्दै बाझेका थिए । 

इन्जिनियर सधैँ घोडामा काम गर्न नजाने भएका कारण उनका फोटो र भिडियोहरु भाइरल भएको थियो । बर्मालाई आफ्नो यो कामले यति धेरै मानिसको ध्यान खिँच्ला भन्ने लागेको थिएन । 

‘यो भाइरल हुन्छ भन्ने ठानेको थिइनँ,’ उनले भनेका छन्, ‘अन्तिम दिन ट्राफिक जामप्रति फ्रस्टेसन मात्रै व्यक्त गरेको हुँ । ट्राफिक जाम यति धेरै छ कि कहिलेकाहीँ एक ठाउँमा ३० देखि ४० मिनेटसम्म कुर्नुपर्ने हुन्छ । यसको धेरै वटा समाधान हुनसक्छन् र यसका लागि सूचना प्रविधिको पनि प्रयोग गर्न सक्छौं ।’
 

Leave A Comment