‘विदेशीसँग सेक्स नगर्नू’

सोमबार, ११ असार २०७५, १२ : ५६ शुक्रवार
‘विदेशीसँग सेक्स नगर्नू’

रुसमा जारी विश्वकप फुटबलमा प्रतियोगितामा लाखौँ मानिसले सो देशको भ्रमण गर्ने अपेक्षा गरिएको छ तर एक रुसी राजनीतिज्ञले भने त्यहाँका महिलालाई विदेशीसँग नजिक नहुन सुझाव दिएकी छन् । तामारा प्लेत्न्योभाले एक रेडियो अन्तर्वार्तामा प्रतियोगिताको समयमा घुम्न आउने विदेशीहरुसँग रुसी महिलाहरुले यौन सम्पर्कबाट टाढै रहनुपर्ने बताएकी छन् । नत्र पछि त्यस्ता महिलाले एकल अभिभावकत्व बेहोर्नुपर्ने संभावनाप्रति चासो व्यक्त गर्दै उनले सचेत पारेकी हुन् ।

परिवार, महिला र बालबालिका मामिला समितिको अध्यक्ष रहेकी उनले भनिन्, ‘रुसी महिलाबाट हुने अनुचित व्यवहारले कुनै पनि राम्रो परिणाम दिने छैन ।’ती राजनीतिज्ञले ‘चिल्ड्रेन अफ ओलम्पिक्स’को बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै सो कुरा व्यक्त गरेकी थिइन् । सन् १९८० मा मस्कोमा ओलम्पिक खेलपछि जन्मिएका मिश्रित जातिका बालबालिकालाई ‘चिल्ड्रेन अफ ओलम्पिक्स’ भन्ने गरिन्छ । 

‘त्यहा केटीहरुले पुरुष भेट्ने छन् र उनीहरुले सन्तान जन्माउने छन्,’ उनले भनिन्, ‘त्यस्ता जोडी विवाहित वा अविवाहित दुवै हुन सक्छन् । उनीहरुको बालबालिका पीडित हुन सक्छन् र सोभियत कालमा जस्तो पीडित हुन सक्छन् ।’ 

अर्जेन्टिना फुटबल संघले खेलकुद पत्रकारहरुलाई कसरी रुसी केटीहरुसँग कसरी सस्तोमा रात बिताउन मौका पाउँछन् भनी बुकलेट बाँडेको थियो । संघको यस क्रियाकलापको चर्को विरोध भएको थियो । यसबारे सोधिएको प्रश्नमा उनको यस्तो प्रतिक्रिया आएको हो । 

प्लेत्न्योभाले एक अभिभावकको झमेलाबाट महिलालाई बचाउन यस्तो प्रतिक्रिया दिएको बताएकी छन् र उनले एउटा राष्ट्रियता वा जातबाट बालबालिकामा जन्मिनु राम्रो हुने तर्क गरिन् । 

मस्को टाइम्सका अनुसार गत वर्ष यो दशककै सबैभन्दा कम जन्मदरको वर्षको रुपमा रह्यो र सरकारले जन्मदर बढाउन अनेक उपाय खोजे पनि सकेको छैन ।
 

Leave A Comment