रङले आँखाको तृप्ति मात्रै हैन मनमा गहिरो प्रभाव पार्छ। रङको मद्दतले मस्तिष्कको गतिविधिलाई बढाएर व्यक्तिको दैनिक क्रियाकलापमा सुधार ल्याउन सकिन्छ। रङले व्यक्तिको मन, मस्तिष्क, भावना र व्यवहारमा सकारात्मक वा नकारात्मक असर पु-याउन सक्छ। व्यक्तिले कुन रङको पहिरन गर्छ, कुन रङ बढी मन पराउँछ भन्ने कुराको आधारमा व्यक्तिको व्यक्तित्व, मनोदशा व्यवसाय, रुचि तथा काम गर्ने क्षमतालगायतको विषयमा आँकलन गर्न सकिन्छ।
चाबहिलको गणेशस्थानबाट रत्नपार्क ल्याउँदाखेरि म पुलिसको ठूलो मान्छे हो । मलाई त्यहाँ पु¥याइ दे भन्यो मैले त्यहाँबाट रत्नपार्क ल्याइदिएँ । मिटरमा त्यस्तै सय रुपैयाँ उठेको थियो । म पुलिसको मान्छे हो । विचार पुर्याएर भाडा माग भन्यो ।
०६४ मा पार्टीले उनको नाम संविधानसभाको समानुपातिक सूचीमा राखेको थियो । उनलाई चित्त बुझेन यो । उनले हुन्न भनिन् र समानुपातिक सूचीमा बसिनन् । ०६५ मा उनी अखिलको अध्यक्ष भइन् ।
उनी २ वर्ष अखिलमा बसिन् । ०७१ सम्म उनी भूमिकाविहीन भइन् । ०७० मा उनी सांसद बन्न चाहन्थिन् । तर उनको चाहना पूरा भएन । पार्टीको न प्रत्यक्षतर्फ न समानुपातिक कतै अटिनन् उनी ।
सामान्य भेटघाट बिस्तारै निकट हुँदै घनिष्टतामा पुग्यो । दुवै फरक समुदायमा हुर्किएकाले प्रारम्भमा परिवारका सदस्यले ‘हुन्छ’ भनेनन् । ‘हुन्छ’ भनाउन सात वर्ष लाग्यो र २०७२ फागुन १४ मा उनीहरु प्रेमी–प्रेमिकाबाट श्रीमान्–श्रीमतीमा रुपान्तरित भए ।
डा. मेघा प्रधानले प्रेमविवाह यति कठिन बन्ला भन्ने सोचेकी थिइनन् किनभने उनले जुन पुरुष (डा. उज्ज्वल श्रेष्ठ) लाई रोजेकी थिइन्, उनी सजातीय र प्रेमिल मात्र थिएनन्, सहयोगी पनि थिए । तर विवाह गरेर जसै धरानबाट काठमाडौँ आइपुगिन्, नेवार समुदायभित्रै उनले नसोचेको टिप्पणी सुन्नुपर्यो ।
भक्तपुरको हनुमन्ते घाटसँगै राँगाहरूको हरेक दिनजसो बथान रहेको हुन्छ । त्यो बथानलाई हेर्ने र जसको रेखदेख गरिरहेका प्रायः त्यहाँ भेटिन्छन् । ती रेखदेख हेरचाह गर्नेमध्येका एक हुन्– ५० वर्षीय दीपक खड्का । उनको यो दैनिकी नै हो । बिहान सबेरै उठ्यो १५, २० वटा राँगा चराउन लग्यो । उनलाई यी राँगा हेर्दैमा कुनै फुर्सद हुँदैन ।
नेपालीमा यो काम गर्दा सानो र त्यो काम गर्दा ठूलो भन्ने अर्थ लगाइन्छ । कुनै खास पेसा र काम गर्दा सानो–ठूलो भइने भावका कारण देशलाई नै हानि पुगिरहेको छ । वास्तवमा न त कुनै काम ठूलो हुन्छ न त सानो नै ! खासगरी निम्न र निम्न मध्यम वर्गीय परिवारमा सानो–ठूलो कामको भावनाले यति गहिरो प्रभाव पारेको छ कि त्यही प्रभावका कारण उनीहरुले खुलेर आफ्नो कामबारे बताउन सक्दैनन् न त गर्नै सक्छन् ।
हरेक दिनजसो पशुपतिको दक्षिण ढोकाको प्रवेशद्वारमा पुजापाठका लागि धेरै पण्डित लाइनै बसेका हुन्छन् । कोही बोरा ओछ्याएर, रातो टीका बनाएर बसेका हुन्छन् भने कोही नयाँ जजमानलाई भेट्नका लागि त्यहाँ आएका हुन्छन् । लाइनै बसेका पण्डितहरुमध्ये एक हुन्, सुदर्शनप्रसाद डोढारी उपाध्याय । उनी यो ठाउँमा पुजापाठ गर्नका लागि बसेको करिबकरिब ९ वर्ष भइसकेको छ । यो ठाउँमा प्रायः पण्डितहरु लहरै बस्ने गरेका छन् । सुदर्शन पनि हरेक दिन यहीँ आएर बस्ने गरेका छन् ।
नेपाली समाजमा चेतनामूलक एवं परिवर्तनका सन्देश फैलाउने टेलिसिरियल बनाउने कलाकारका रुपमा चर्चित नाम हो, सविन बास्तोला । नेपालकै सुन्दर ठाउँ भनेर चिनिएको पोखरामा जन्मिएका बास्तोला मध्यम वर्गीय परिवारका छोरा हुन् । उनले पोखरामै अभिनय र कलाकारिता क्षेत्रमा संघर्ष गरे । सबिन चलचित्र क्षेत्रमा आउन निकै संघर्ष गर्नुपरेको बताउँछन् ।
भक्तपुर नगरपालिकाको गेटअगाडि एउटा पसल छ । त्यो पसल माया सुनुवारको हो । उनको पसलमा हातले बनाएका सामानहरु (हस्तकला) बेच्ने गर्छिन् । उनले यो पसल राखेको १८ वर्ष भइसक्यो ।
भक्तपुर दरबार क्षेत्र विदेशी घुम्न आउने प्रमुख स्थल भएको फाइदा मायालाई आर्थिक रुपमा मात्र भएको छैन, उनले यहीँ बसीबसी र ग्राहकहरुसँग कुरा गरीगरी तीन भाषा सिकिसकेकी छन् । मूलतः मायाले आफ्नो पसलमा हस्तकलाका सामग्री राख्ने र ती सामग्री विदेशीले खुबै रुचाउने भएका कारण उनलाई आर्थिकसँगै भाषाको फाइदा पनि पुगेको हो ।
‘बहिनी बुबा हुनुहुन्छ ? ‘ग्राहकको प्रश्न, अनि उनको जवाफ ‘किन हो र ? ‘ग्यास चुलो बिग्रेर बनाउन ल्याएको त्यही भएर । खै खै ल्याउनु त उनले भनिन् । खोलखाल पारेर बनाउन थालिन् । ग्राहकले जिल्ल परेर भन्ने गर्दथे तपार्इंलाई नि आउँछ र ? अनि उनले व्यवहार नै देखाउँथिन् आउँछ भन्ने कुरा । मैतिदेवीस्थित मैतिदेवी ग्यास चुल्हो मर्मत केन्द्रकी रञ्जु बस्नेत सानी मान्छे त्यो पनि केटीकेटी मान्छेलाई प्राविधिक काम आउँदैन भन्ने आम मानसिकता तर उनले यो केटाको काम यो केटीको काम भनेर छुट्टाइनन् ।
भक्तपुरको दरबार स्क्वायरमा विभिन्न मठमन्दिर बनिरहेका छन् । त्यसमध्ये एउटा वत्सला दुर्गा मन्दिर पनि निर्माणको क्रममा छ । मन्दिर ढुङ्गैढुङ्गाले बनेका कारण २०७२ सालको भूकम्पमा यो मन्दिर क्षतिग्रस्त भयो । निकै लामो समयपछि यो मन्दिर पुनःनिर्माण हुन थालेको छ ।
५० वर्षअघि भारतको बनारसबाट काठमाडौँ आउँदा उनले नेपालमा सम्भावना नै सम्भावना देखेका थिए । समय बगेर गयो । उनले आफ्नो पेसामा ख्याति कमाए र कमाए कैयौँ चेलाचपेटा । नेपाल मोह यसरी गाढियो कि बागबजारमा अडिएको उनको मन फेरि कहिल्यै इन्डियामा फर्किएन । उनी यहीँ बसे, परिवार ल्याए, यतै घर बनाए ।
काम न ठूलो हुन्छ न सानो । काम न पुरुषले मात्रै गर्ने भन्ने हुन्छ न त महिलाले मात्रै गर्ने भनेर तोकिएको हुन्छ तर कुनै परिवेश यस्तो हुन्छ, जहाँ पुरुष र महिलाले गर्ने काम छुट्याइएको हुन्छ । काठमाडौं उपत्यकामा महिलाले जुत्ता सिलाउनुलाई अचम्मको आँखाले हेर्छन् ।
भक्तपुरको मुटु टौमढीको दायाँपट्टि मोडिएर जाँदा एउटा ढुङ्गे धारा आउँछ । त्यही ढुङ्गे धारा तल जानेतिर एउटा पसल छ । त्यस पसलमा चाडपर्व अनुसारको सामान किनबेच हुन्छ । यो पसलको विशेषता भन्नु नै कहिल्यै पनि एउटै सामान बेचिदैन ।
ठूलो स्टार होटलमा भएको भए हुन्थ्यो होला । आफू त सानो होटलको कुक परियो । ठूलोमा जान सोर्सफोर्स चाहिँदोरहेछ । त्यो सोर्स लगाइदिने कोही थिएनन् । त्यसैले कम आम्दानी हुने ठाउँभन्दा ट्याक्सी चलाउनु नै ठीक लाग्यो ।
काठमाडौंको जयबागेश्वरी मन्दिरबाट सिफल जाने बाटोमा कैलाशकुट कलेज छ । कलेजसँगै एउटा सेल पसल देखिन्छ । कलेजको बाटो ओहोरदोहोर गर्नेहरुलाई सेलको हरहर बास्नाले तानिरहेको हुन्छ । विगत चार वर्षदेखि यस ठाउँमा सेल पकाएर बेच्ने काम गरिहेका छन्, नारायण श्रेष्ठ र उनकी पत्नी सीता श्रेष्ठले ।
नेपालमा बर्सेनि करोडौँ मूल्य बराबरको मदिरा भित्रिने गर्छ । यसका कारण वार्षिक करोडौँ रुपैयाँ विदेशिने गर्छ तर नेपालभित्र पनि लाखौँ लिटर मदिरा उत्पादन हुने गर्छ । जसले समाजमा हिंसा, झैँझगडा, हल्ला बढाएको आरोप लाग्ने गर्छ । सबैले गलत मुनाफा कमाउने सोचले मात्र रक्सीको उत्पादन गरेका छैनन् । हरेक मान्छेका आफ्नै बाध्यता र विवशता हुन्छन् । यही विवशतामाझ रक्सी उत्पादन गर्ने भट्टीवालीका दुःख कम छैनन् ।
मलाई घुम्न जान खुब रमाइलो लाग्छ । अरुअरु पेसामा सजिलै घुम्न जान पाइँदैन । आफूले पढेको पनि छैन, नत्र गाइड बन्न पाइथ्यो । सजिलै घुम्न पाउने पेसा नै गाडी चलाउनु हो जस्तो मनमा आयो । अनि घुम्ने लोभले ड्राइभर बनेँ ।
पशुपतिनाथ मन्दिरको दक्षिण ढोकाबाट गौशाला जाने बाटोमा फूल पसल राख्नेको भिड छ । त्यही भिडमा एउटा सानो नाङ्लामा फूल पसल थापेर बसेकी छन्, ज्योति सापकोटा । फूल बेचेर सानो परिवार चलाउँदै आएकी ज्योति बिहान ५/६ बजेदेखि नै यस कार्यमा खटेकी हुन्छिन् ।