राम लोहनी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन्। भाषा विज्ञानमा स्नातकोत्तर गरेका लोहनी समसामयिक तथा विभिन्न विषयमा लगातार लेखिरहन्छन्।
नेपाली साहित्यमा प्रतिभाशाली महिला लेखकको कुनै कमी छैन । तर अहिले पनि कुनै दमदार साहित्य या लेख आउँदा भाडामा लेखाएको, यस्तो लेख्नै सक्दिन, फलानो केटालाई लेखाई भन्ने उडन्ते दाबी सुनिने क्रम रोकिएको छैन ।
उपन्यासमा छापिएका कुनै न कुनै पात्रले म आफैँ पो हिँडिरहेको, बोलिरहेको आभास गराउँछ । चल्तीका लेखकले लेखेका उपन्यास, कथा, आख्यान मलाई मन पर्छन् । गैरआख्यान अलिक कम पढ्छु ।
राजा त्रिभुवन भारतको शरणमा नगएको भए क्रान्ति सम्भव थियो ? थिएन । त्यतिबेला कांग्रेसको भूमिका आलाङ्कारिक मात्र थियो । २००७ सालमा प्रजातन्त्र आउनुमा राजा, राणा र भारतको त्रिपक्षीय भूमिका थियो । बिपीले भनेकै छन् नि, हामीलाई परामर्श गरिएन भन्ने । यसले पनि यो त देखाउँछ ।
निर्माता र अभिनय गर्नेहरु पढ्दैनन् तर पुस्तक हातमा बोकेर सान भने देखाउँछन् ।
पुस्तकमा समेट्न लायक अनुभव भएका तर आफैँ लेख्न नसक्नेहरुले लेखनमा दक्ष रहेकाहरुसँग सह–लेखकको रुपमा सहकार्य गर्ने प्रचलन सामान्य नै हो । तर नेपालमा प्रकाशित यस्ता अधिकांश पुस्तकमा सहलेखक हराउँछन् । जसबारे लेखिएको हो, लेखकको रुपमा ऊ एक्लै उभिएको हुन्छ । शुक्रवारको खोजमा ‘गोस्ट राइटिङ’ भएका केही पुस्तकको सूची फेला पर्यो ।
यो वर्ष संस्मरण तथा आत्मकथाहरु राम्रै निस्किए । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, दुर्गा सुवेदी, पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल आत्मकथा बोकेर आए । तर यी पुस्तकले पाठकको मन जित्न सकेन ।
आत्मकथा र संस्मरणमा सत्य लेख्न सकिन्न भने बरु नलेखेकै राम्रो ।
'मैले जुन समुदायको कुरा लेखेको छु त्यो समुदायमा म परिनँ होला, मेरो नश्ल त्यो हैन होला, तर म त्यही हुर्र्किएपछि कसरी धुरीमा बसेको भयो ? म काठमाडौँ आएपछि केही समय नेपालगञ्ज नबसेको भए पनि त्यही ठाउँमा जान त गइरहेको छु नि ।'
‘बजारमा आउने समीक्षाको भरमा पुस्तक किन्ने पाठक निकै कम छन् । सुरुमा त किन्ने आधार सेलिब्रिटी लेखक नै हुन् । पछिल्लो समय भने जसको पहिलो पुस्तक मन परेको छ, दोस्रो पनि उसैको किन्छन् तर दोस्रोमा सन्तुष्ट नभइरहेको अवस्था छ ।’
युवा लेखक निश्चल मल्लले अंग्रेजी भाषामा लेखेको उपन्यास ‘फर्गो’ सार्वजनिक भएको छ । मंगलबार अभिनेत्री ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुविन भट्टराई र इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरे ।
जनतालाई सपना देखाउने अनि त्यही सपनालाई खेलवाड गर्नेमाथि नलेखे के माथि लेख्ने ? म कुनै दलमा आबद्ध त छैन तर सपना देखाएर पूरा नगर्नेलाई व्यङ्ग्य गर्ने कि ? सपना नदेखाउनेलाई व्यङ्ग्य गर्ने ? जसले सपना बाँड्छ र सपनामाथि रजाइँ गर्छ, उसलाई व्यङ्ग्य नगरे कसलाई गर्ने ?
एकचोटी कमान्डर इन चिफ (प्रधानसेनापति)लाई ट्राफिकले बाटोमा रोकेछ । मलाई रोक्ने भनेर ट्राफिकलाई थप्पड हानेका उदाहरण छन् । अब आफैँ बुझ्नुस्, क्षेत्राधिकार मिच्ने यहाँ कति छन् ? सबैलाई आफ्नो काम गर्न दिनुपर्छ तर दिइँदैन ।
समय बदलियो, अवस्था पनि । अहिले लेखककोमा धाउँदा प्रकाशकको जुत्ता फाटिरहेका छन् । कारण प्रकाशकबीच बढ्दो प्रतिस्पर्धा ।
पुस्तक प्रकाशनको व्यापारमा नयाँ प्रकाशन गृहहरु आएसँगै लेखकको भाउ बैंकका सिइओकोझैँ अकासियो । प्रकाशन गृहको दाबी पत्याउने हो भने सयौंको संख्यामा बिक्री हुने पुस्तकको संख्या हजारौं पुग्यो । नयाँ लेखकहरुले नाम मात्रै हैन, दाम पनि मस्तै कमाए ।
पुस्तक लेख्दै गर्दा म कयौँचोटि रोएँ । लेखनको क्रममा म त चार पाँच चोटि नै रोएँ । त्यो बेलाको पीडा सम्झनै मन नलाग्दो रहेछ । सम्झना आउँदा पनि तिनलाई डिटेलमा पुनः लेख्नु पर्दा असाध्यै अप्ठेरो अवस्था आयो ।
कोठाको अवस्था देखेर मन कटक्क खायो । कोठा भत्किसकेको । यदि सरकार साच्चिकै यो घरलाई सङ्ग्रहालय बनाउन तयार हो भने तत्काल सामग्री संकलन गरेर संरक्षण गरिहाल्नुपर्ने देखियो । देवकोटा बसेर पढ्ने, लेख्ने गर्ने बरण्डा नजिकको कोठाको अवस्था पनि उस्तै दयनीय ।
एक दिन म र मेरो भतिज विमल सुवेदी घरमा थियौँ । ऊ कोक्रोमा सुतेको थियो । ऊ उठ्यो घरमा उसलाई हेर्न सक्ने कोही थिएन । त्यसपछि मैले ‘कोक्रोभित्र नानी रोयो’ भन्ने कविता लेखेँ । पछि त्यो कविता भारतीय पत्रिकामा छापिएको थियो । त्यसपछि मैले पछाडि फर्केर हेर्न परेन ।
बजारको हौवामा लाग्ने लेखक हुनुहुन्छ भने धेरै टिक्नुहुन्न । आफूले उठाएको विषयवस्तुको औचित्य, त्यसको प्रभाव र आफूलाई सन्तुष्ट पार्नुपर्छ भन्ने मेरो भनाइ हो
लाग्छ, कसैसित नरिसाऊँ । कसैको रिसको कारण नबनूँ । तर यो पनि सम्भव त कहाँ हुँदोरै’छ ? बस्, यही सोचेर अलिअलि रिसाइन्छ, कि यो रिस पनि एकदिन पुरानो हुनेछ र बूढो भएर गल्नेछ ।