मनोविद्हरु बाल्यकाल पार गरेर किशोरावस्थामा प्रवेश गरेकाहरुमा आफू बुझ्ने क्षमताको भइसकेको भान हुन्छ तर वास्तवमा उनीहरु के सही के गलत भन्ने निर्णय गर्ने अवस्थामा पुगिसकेका नहुने बताउँछन् ।
अधिकांश कलाकार अर्जेन्टिनाको पक्षमा देखिएका छन् भने चर्चित खेलाडीहरु ब्राजिलको पक्षमा । राजनीतिज्ञ, व्यवसायी, साहित्यकारमाझ पनि यिनै दुई टोलीको दबदबा देखियो । आम नागरिकमाझ पनि यी दुई टोलीकै समर्थक बढी भेटिए ।
१२ घन्टा बिताएपछि मैले ठम्याएँ, विन्दास छ ठमेल । २०७२ को भूकम्पले केही विथोल्यो यसलाई । नत्र माओवादीकालको सशस्त्र द्वन्द्व होस् या ०६२/६३ पछिको शान्तिकाल । ठमेल सुस्त भयो होला तर यसको विन्दासपन उस्तै रह्यो ।
भागवत कथा वाचकबाट कट्टर हिन्दु अभियानकर्ता बनेका श्रीनिवासाचार्यको अनुयायी लरतरा थिएनन् । पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व उपप्रधान तथा राप्रपाकाका अध्यक्ष कमल थापा, राष्ट्रवादी राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनी उनको अनुयायीको सूचीमा छन् ।
निजी मेडिकल कलेजको शुल्क, सेवाको गुणस्तर र सेवाभावको अवस्था बारम्बार सार्वजनिक भइरहेकै विषय हुन् । अस्पतालको सेवाको गुणस्तर उसको भवनको संरचनाबाट पनि झल्किन्छ । आखिर कस्ता भवनमा छन् काठमाडौं उपत्यकाका निजी अस्पताल ? शुक्रवारले काठमाडौँका मुख्य चोकमा रहेका अस्पतालको स्थलगत अवलोकन गर्याे । जसले देखायो– सरकारको निरीहता, निजी अस्पतालको मनोमानी र स्वास्थ्य सेवा लिन अस्पताल पुगेका बिरामीको सकस ।
सरकार बक्सअफिस लागू गर्ने पक्षमा छ । उता हलवालाहरु जुनसुकै हालतमा बक्सअफिस रोक्ने पक्षमा छन् । यता निर्माता संघ आन्दोलनको तयारीमा छ । आखिर के चक्कर हो यो बक्स अफिसको ? शुक्रवारकर्मी अनिल यादवले खोतल्ने प्रयास गरेको छ ।
धेरैजसो कलाकारको दालभात अहिले स्टेज कार्यक्रममा निर्भर छ । यही दालभातको प्रलोभनमा पर्दा आर्थिकदेखि शारीरिक शोषणसम्म भोगिरहेका छन्, कलाकार । विदेशबाट अफर आउनासाथ ‘भइहाल्छ नि’ भन्ने केही कलाकारको प्रवृत्तिले मौकाको ताकमा रहेका आयोजकलाई शोषणको ढोका खोलिदिएको छ ।
सार्वजनिक भएका सरकारी प्रतिबद्धताले ढुक्क बनाउन नसके पनि आशावादी भने बनाएको छ । कोही भोकै मर्न नपर्ने, जाडोले कसैको ज्यान नजाने प्रधानमन्त्रीको प्रतिबद्धताले झुप्रोसम्म आशा पुर्याएको छ । सुलुलु गुड्ने रेल, सुविधा सम्पन्न विद्यालय, धुलो र धुँवामुक्त व्यवस्थित सहरको परिकल्पनाले महलबासी मक्ख छन् । २०७४ ले मुस्कान ल्यायो । ०७५ मा यो मुस्कान फैलिएला ?
घरमा अभिभावकले थाहा पाउलान् भनेर कुरा लुकाउने विद्यार्थीको कमजोरीसँग खेल्दै नेपालगञ्जकाे एक विद्यालयका शिक्षक, विद्यार्थी र साथीको आमाले कसरी ५५ लाख धुते ? अनौठो ठगीको अपराध विवरण :
यसपालि पनि २५ औं आइजिपीझैँ २६ औं पनि डिआइजीबाट नियुक्त हुनेछन् । प्रहरी नियमावली अनुसार अहिले बहाल रहेका १२ जना डिआइजी आइजिपीका लागि योग्य छन् । अन्यको तुलनामा सर्वाेत्कृष्ट तीन रहेका सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की चर्चामा छन् ।
बालापन सकिएपछि आउने टिनएज एउटा ‘सकिङ’ अवधि हो । अधिकांश किशोर–किशोरी यही अवधिमा रुमल्लिन्छन्, कुलतमा फस्छन् र जीवन बर्बाद पार्छन् । अाखिर कसरी सम्हाल्न सकिन्छ उनीहरुलाइ !
कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको ‘गुड बुक’मा रहने ओली र देउवा बीचको औपचारिक मात्रै हैन व्यक्तिगत सम्बन्धसमेत अहिले साह्रै तीतो छ । प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका नेता देउवाबीच अहिले संवादसमेत बन्द छ ।
यौन दुव्र्यवहारबारे मोडल र हिरोइनका खबर त ‘ओपन सेक्रेट’ नै भइसक्यो तर धेरैलाई थाहा नहुन सक्छ– संगीतकारबाटै यौन शोषण र दुव्र्यवहारमा पर्ने गायिकाको संख्या पनि कम छैन । बाहिरबाट हेर्दा संगीत जगत् जति सुरिलो लाग्छ, यसको अँध्यारो पाटो त्यति नै रुखो छ । अनिल यादव र स्मृति ढुंगानाले सुरको बहानामा चलिरहेको गायिकाको यौन दुव्र्यवहारको डरलाग्दो तस्बिर प्रस्तुत गरेका छन् ।
साइकोपाथ व्यक्तिले कुनै नराम्रो काम गरेकोमा तत्काल पक्राउ परे भने पनि आफूलाई न त नर्भस महसुस गर्छन् न त लज्जा महसुस नै गर्छन् । कोही मानिस पीडामा छन् भने उनीहरु दुःखी हुँदैनन् । उनीहरुलाई शारीरिक पीडा भने महसुस हुन्छ तर भावनात्मक पीडाले उनीहरूलाई छुँदैन ।