सनकको तालमा २० जनाको हत्या गरेका चार साइको किलरको अपराध यात्रा । जसले श्रीमती र सासू– ससुरालाई पनि ज्युदो छाडेनन्
होलीमा भइरहेको हिंसा देख्दा लाग्छ– यो रङहरुको उत्सव मात्रै रहेन, चान्स मार्नेहरुको पर्व भइसक्यो । ह्याप्पी होली भन्दै नजर अनुहारतिर लगाएर हात संवेदनशील अंगमा पु¥याउने जमात बढिरहेको छ । होलीमा के–कस्ता दुव्र्यवहार भइरहेका छन् ? केपी ढुंगाना र अनिल यादवले तयार पारेको रिपोेर्ट ।
राजेन्द्र खड्गीका अनुसार मार्सल आर्टका गुरु ओयामाको नाममा डकुमेन्ट्री बनाउन आफूसहित १३ जनाको टोली कोरिया पुगेको हो । आफू र सिनेमाटोग्राफर दिव्यराज सुवेदी फर्किए पनि बाँकी ११ जना अझै भिषा बाँकी छ भनेर उतै बसे ।
अमेरिकी चिकित्सक ल्यान्ड्रम बि सेटल्सले सन् २०११ मा लेखेको बहुचर्चित किताब ‘हाउ टु चुज द सेक्स अफ योर बेबी’ पुस्तकमा केही कुरा सुझाएका छन् । ती सुझाव अपनाए छोरा वा छोरी जे चिताएको हो, सो जन्माउन सकिने उनको दाबी थियो ।
प्राचीन कालदेखि नै चिनियाहरुले गर्भ राख्दा नै छोरा वा छोरी जे पाउने हो, त्यसका लागि पात्रो प्रयोग गर्ने गरेका छन् । हुनेवाला आमाले आफ्नो जन्ममिति र छोरा वा छोरी जे जन्माउन चाहेको हो, त्यसको मिति छनोट गरेपछि त्यस समय राखिने यौन सम्बन्धले चाहेको लिंग अनुसारको सन्तान जन्मने विश्वास गर्ने गरेका छन् ।
गर्भ राख्दा नै छोरा वा छोरी निश्चित गर्न प्राचीन कालदेखि विविध सिद्धान्त प्रचलित छन् । अहिले पनि छोरा जन्माउन हरिवंश पुराण लगाउनेदेखि ज्योतिष परामर्श लिनेको संख्या कम छैन । पछिल्ला समय वैज्ञानिक खोज पनि निकै भएका छन् । गर्भको लिङग निर्धारणमा विज्ञान र ज्योतिष कहाँनेर ठीक र कहाँनेर गलत छन् ? उपेन्द्र खड्काको लेखाजोखा :
चार जनाले मैले लगाएको कपडा खोले र भिडियो खिचे । कोठामा रहेको म्याट्रेसमा सुताएर विकास र शैलेशले सेक्स गरे । बेलुका फेरि रवि र दीपक आएर सेक्स गरे । म बेहोस भएँ ।
कमलादीस्थित होटल ल्यान्डमार्कमा माघ ७ गते भएको घटना बलात्कार हो या मोलमोलाईको हतियार ? घटनाको भित्री तहसम्म पुगेर तयार पारिएको विशेष सामग्रीः
हिजो प्रियंका उनकी ‘दिदी’ थिइन्, आज ‘प्रेमिका’ भएकी छन् । आयुष्मान खुशी छन् । होइन, दुवै खुशी छन् । स्कुलकी ‘सिनियर दिदी’लाई ‘फ्यूचर वाइफ’ बनाउने सपना आयुष्मानले बुनिसकेका छन् । बजारमा छताछुल्लै छ उनीहरुको प्रेम कहानी ।
मार्समेलो डिजे काण्डमा प्रहरी हिरासतमा खेपेका क्रिकेटका राष्ट्रिय खेलाडी पृथु बास्कोटाको २३ दिन प्रहरी हिरासतमा बित्यो । ब्याट बोक्ने हातमा हत्कडी लाग्दा उनले कस्तो अनुभूत गरे ? हिरासतपछि उनमा केही परिवर्तन आए ? उनका गुनासा छन् ? खेलाडी छँदै व्यापारमा हात हाल्दा केही पछुतो पो छ कि ? उनले केपी ढुंगाना र स्मृति ढुंगानासँग साटेको हिरासत अनुभव ।
प्रेम र विवाह मान्छेका नितान्त व्यक्तिगत मामिला भए पनि मनोज–मीनाको ‘ट्रयाजेडी’ बहसको विषय बनिरहेको छ । चिया पसलदेखि रक्सी भट्टीसम्म यी दुवैको दुखद् कहानीको खासखुस सुनिन्छ । डिभोर्सको कारक र कारणबारे मीना आक्रामक रुपमा मिडियासँग खुलेकी छन् भने मनोज मौन नबसे पनि डिफेन्सिभ देखिन्छन् ।
हिजोआज न्यास्रो मेट्न सामाजिक सञ्जाल नै काफी छन् । उमेरदारले पार्टनर खोज्न मेला धाउनबाट मुक्ति पाएको वर्षौं भइसक्यो । हुँदाहुँदा अब मनसँगै तनको प्यास मेटाउनसमेत सामाजिक सञ्जाल सारथि बनिरहेका छन् ।
फिल्मकर्मीले चर्चा खोज्नु कुनै नौलो कुरो होइन । तर चर्चा चलाउनैका लागि नेपाली फिल्मकर्मीले जे उटपट्याङ हर्कत गरिरहेका छन्, त्यो उदेक मात्र होइन, वाहियातै देखिन थालेको छ । उनीहरु बडिगार्ड र बिकिनीलाई प्रचारको बलियो अस्त्र ठानिरहेका छन् । आफ्नो सिर्जनाको गहनतामा भन्दा क्षणिक चर्चामा जोड दिइरहेका छन् ।
स्वअभिव्यक्तिको सुन्दर माध्यमका रुपमा लिइने ट्याटुको क्रेज नेपालमा प्रतिदिन बढिरहेको छ । आफ्नै शरीरलाई कलाको क्यानभास बनाइने ट्याटु–क्रेज आश्चर्यलाग्दो गरी बढ्दै छ । नेपालमा ट्याटु देखिने अंगमा खोप्ने मात्र होइन, शरीरको गोप्य भागमा अंकण गर्ने प्रचलन पनि उत्तिकै छ । विशेषगरी युवतीहरुले गोप्य भागमा विभिन्न डिजाइनका ट्याटु खोपिरहेका छन् ।
भनिरहनु नपर्ला, राजधानीको परिचित र व्यस्त ठाउँ हो– रत्नपार्क । पार्कको नाम फेरिएको धेरै भइसक्यो तर यसको चरित्र अझै उस्तै छ । पहिले पार्कभित्र हुने ‘सेक्स डिल’ अहिले ‘बाहिरै’ भइरहेको हुन्छ । रत्नपार्क क्षेत्र अहिले ‘सदाबहार सेक्स स्पट’का रुपमा परिचित हुँदैछ । यसको बदनाम चरित्रका कारण त्यहाँ ओहोरदोहोर गर्ने सर्वसाधारणले समेत सास्ती खेप्नुपरिरहेको छ । उपेन्द्र खड्गा र पुष्पा थपलियाले रत्नपार्क क्षेत्रमा हुने विभिन्न तमासा नियालेर तयार पारेको रिपोर्ट ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या कुनै समय उनकै इसारामा हिँड्ने एकजना टोले गुण्डाको योजनामा भयो । प्रहरी अनुसन्धान भन्छ, गौचन र गुण्डा नाइकेहरु बीचको सम्बन्ध बाक्लो थियो । गौचनले ठूला ठेक्काको कार्टेलिङका लागि प्रहरी सूचीमा रहेका सबै गुण्डालाई समय–समयमा प्रयोग गरेका छन् ।
नेपालमा कामै पाइँदैन भनेर गुनासो गर्नेहरुलाई लोप्य्राउने बेला आइसकेको छ । अहिले नै विदेशमा जस्तो काम गरिन्छ, त्यस्तै कामका लागि अढाई लाखभन्दा बढी कामदारको आवश्यकता चर्केर गएको छ । कतिसम्म भने नेपालमा काम गर्नेहरु नपाइएपछि विदेश (भारत होइन)बाट समेत कामदार आयात गर्न थालिएको छ । आखिरमा नेपालमा कस्ता कामदार चाहिएको छ ? किन चर्कियो कामदारको अभाव ? शुक्रवारकर्मी रुद्र खड्काको खोजी ।
हप्तैपिच्छे बजारमा नयाँ–नयाँ सुन्दरी र ह्यान्डसम जन्मिइरहेका छन् । राजधानीसहित देशका मुख्य सहरहरुमा ‘मिस’ र ‘मिस्टर’को धन्दा खुब फस्टाइरहेको छ । सुन्दरताको नापतौल गर्ने बहानामा आयोजकहरुले प्रतिस्पर्धीको खल्ती रित्याउँदैछन्, आफ्नो भर्दैछन् । यतिसम्म कि विजेताले घोषणा गरिएका पुरस्कारसमेत पाउँदैनन् ।
घट्दो युद्ध, बढ्दो सुविधा र सुस्ताएको लाहुर–भर्तीविरोधी स्वरसँगै लाहुरे हुने चाहना बोक्नेको संख्या ह्वात्तै बढेको छ । हरेक वर्ष २० हजारभन्दा बढी नेपाली युवा बेलायती सेना तथा सिंगापुरे पुलिसका लागि हत्ते हाल्दा मुस्किलले दुई सय १० जनाको भाग्य चम्कन्छ । आठ महिना लामो प्रशिक्षण र चर्को प्रतिस्पर्धाभित्रको कथा कस्तो छ ? आखिर किन हजारौँ नेपाली लाहुरे हुन मरिहत्ते गरिरहेका छन् ? किन घट्दैन ‘भर्तीको लाइन’ ?
अन्य मुलुकभन्दा ६ गुणा बढी अर्थात् ६ लाख रुपैयाँसम्म पारिश्रमिक पाउने लोभमा कामको प्रकृति र आफ्नो प्रवृत्ति नबुझी कोरिया जाने नेपाली युवाहरु आत्महत्या रोज्न थालेका छन् । पछिल्लो समय मात्र १७ जनाको मृत्युमध्ये चार जनाले आत्महत्या गरेको खबरले कोरियाली सरकार तर्सिएको मात्र छैन, नेपाल सरकारलाई विशेष नीति नै बनाउन घच्घच्याइरहेको छ ।