जब–जब चुनाव आउँछ, कलाकारले टिकट पाउने हल्ला बजारमा खुब चल्छ तर पाउने भने अर्कै हुन्छ । यसपाला पनि ‘देशका गहना’ मानिने कलाकारले टिकट पाउने हल्ला हल्लामै सीमित रह्यो । राजनीतिक दलहरुले कलाकारलाई किन पार्टीका ‘गहना’मै सीमित राखिरहेका छन् ? आखिर किन कलाकारलाई राष्ट्रका गहना भनेर फुस्ल्याउँदै लोप्पा खुवाइरहेका छन् ?
राजधानीका डिस्को र नाइट क्लबहरुमा ‘क्राउड’ बढाउने बलियो हतियार बनेका छन्– युवतीहरु । त्यहाँको दृश्य देख्दा यस्तो लाग्छ, क्लब सञ्चालकहरुको ‘बिजनेस पोलिसी’ नै हो– केटालाई ‘फी’, केटीलाई ‘फ्री’ । बुधबार त ‘लेडिज नाइट’ का रुपमा युवतीलाई विशेष सुविधा नै दिइन्छ ।
युवावस्था विशेष अवस्था हो । यो तन्नेरी काल नयाँ नयाँ अनुभव लिने मात्र नभई आफ्नो नयाँ सर्कल बनाउने अवसरको रुपमा धेरैले लिन्छन् । कलेज पढ्ने, करियर सुरु गर्ने, घुमघाम गर्ने मात्र नभई नयाँ नयाँ लत सुरु पनि यस्तै समयमा हुन्छ ।
मानिस नचाहेर जन्मन्छ, नचाहेरै मर्छ । नचाहँदा–नचाहँदै भएको कामले अहिले सोच्नै नसकिने गरी नयाँ झन्झट थपेको छ– कहाँ गाड्ने ? मरेपछि गाड्ने ठाउँको अभाव चर्किएपछि विभिन्न धार्मिक सम्प्रदायमा नयाँ–नयाँ चलन चल्न थालेको छ । क्रिस्चियन (नेपाली भाषामा ख्रिस्चियन) धर्मावलम्बीले समेत जलाउन थालेका छन् ।
चोर्नु, ढाँट्नु पो हुँदैन त काम गरी खान के को लाज ? हिजोआज यस्तै आहान प्रशस्त सुन्न पाइन्छ । समाज परिवर्तनको यो एउटा गतिलो उदाहरण हो । त्यस्तो उदाहरण त अचेल सबैभन्दा बढी चक्रपथमा गुड्ने कैयौँ मिनीबस र बसहरुमा देख्न सकिन्छ ।
मोटरसाइकलमा पछाडि को बस्छ ? कसरी बस्छ ? त्यसले उनीहरुबीचको सम्बन्ध प्रस्ट्याउँछ । बाइकपछाडि बस्ने व्यक्ति कसरी बसेको छ, त्यसले उनीहरु आमा, दिदी, बहिनी वा गःलफ्रेन्ड को हो भन्ने अधिकांशले लख काट्न सक्छन् । हिजोआज भने यस किसिमको बसाइमा उति धेरै भिन्नता हुन छाडेको विज्ञहरुको अनुभव छ
भनिरहनु नपर्ला, राजधानीको यौनबजारमा अब नेपाली युवती मात्रै छैनन्, विदेशी पनि उत्तिकै छन् । रसियन युवतीहरुले त अपार्टमेन्टमा महँगो भाडा तिरेर यौनधन्दा नै चलाइरहेका छन् । विदेशबाट यहाँ आएर कसरी चलाइरहेका छन् त उनीहरुले धन्दा ?
प्रदेश नम्बर २ मा असोज २ गते स्थानीय तहको निर्वाचन सम्पन्न हुँदासम्म त्यहाँ ‘लइका’को माग बढ्दो छ । दलहरुले चुनावमा आफ्नो बाहुबल प्रदर्शन गर्न प्रयोग गर्ने युवाहरुलाई त्यहाँ ‘लइका’ भनिन्छ । चुनावको मुखमा रहेको तराई अहिले ‘लइका’ र ‘साना हतियार’का कारण त्रस्त छ ।
भदौ १४ गते जिल्ला प्रहरी कार्यालय दाङले आफ्नो फेसबुक पेजमा एउटा स्टाटस राख्यो– ‘गंगटे भनेर चिनिने व्यक्ति बेवारिसे अवस्थामा फेला परेकाले सम्बन्धित व्यक्तिले सम्पर्क राख्नु होला ।’
ड्रगिस्ट युवाहरूमध्ये अधिकांश उच्च मध्यम वर्गीय र उच्च वर्गीय परिवारका सन्तान हुने गरेको खबर नयाँ हैन तर चिकित्सा अध्ययन गरिरहेका डाक्टर र इन्जिनियर बन्न चाहनेले पनि पढाइमा ध्यान केन्द्रित गर्ने नाउँमा लागू औषधतर्फ आकर्षित हुन थालेका छन्
चाडपर्व लागेसँगै राजधानीमा चोरी र लुटपाटका घटना बढ्ने गर्छन् । चोरी जतिखेर पनि हुनसक्छ । सुन चोर्नेदेखि चुरोट चोर्नेसम्म यहाँ सक्रिय छन् । घरमा मात्रै नभएर तपाईं सडकमै पनि लुटिन सक्नुहुन्छ ।
नेपालमा गणतन्त्र आइसक्यो तर चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा भने पञ्चायतकै ‘ह्याङओभर’ छ । फिल्मका कुन दृश्य राख्ने र कुन फ्याँक्ने ‘हिटलरी शैली’मा त्यहाँ निर्णय गरिन्छ । यस शैलीबाट वाक्कदिक्क भएका फिल्मकर्मीहरुले सेन्सर बोर्ड खारेज गर्नुपर्ने आवाज उठाइरहेका छन् ।
वैदेशिक रोजगारीको सबैभन्दा खतरनाक पाटो विदेशिएका महिला हराउनु हो । तिनलाई खोज्न न त सरकारले चासो देखाएको छ न त परिवारको हैसियत नै छ । वर्षौदेखि हराइरहेका महिलालाई उद्धार गर्नुको साटो सबैले भन्ने गर्छन्– विचरा वैदेशिक रोजगारीमा नगएको भए हुन्थ्यो !
ख्यातिसँगै कुस्त कमाउने सपना बोकेर मोडलिङको दुनियाँमा प्रवेश गर्नेहरु बढीरहेका छन् । एकपटक र्याम्पमा क्याटवक गरेवापत एक लाख रुपैयाँ लिनेदेखि उल्टै पैसा खर्च गरेर मोडल बन्नेसम्मको जमात यहीँ छ । सङ्घर्षले सफल हुने मात्रै होइन, शोषणको चर्को चक्रव्यूहमा फँस्नेहरु पनि उत्तिकै छन् ।
मसाज सेन्टरको आवरणमा हुने यौनधन्दा राजधानीका लागि नौलो होइन । मसाज र स्पामा हुने अश्लील क्रियाकलाप रोक्न प्रहरीले बेलाबेलामा छापा नमार्ने होइन तर पनि यो रोकिएको छैन । शुक्रवारको एक साता लामो रिपोर्टिङबाट खुल्यो– तेलमालिस त बहाना मात्र हो, मसाजकर्ताको ध्येय अर्कैतिर छ ।
प्रविधिको पहुँच र यसको दु्रत विकासले मानव जीवनका धेरै पक्षमा सहयोग पुगेको छ तर यही प्रविधिमा सरकारी निकाय र प्रहरीको पकड मजबुत नहुँदा विकृतिले समेत जरा गाडेको छ । पछिल्लो केही वर्षदेखि इन्टरनेटबाटै सञ्चालित वेश्यालयका विषयमा दीपक खरेलले खोजीनीति गरेका छन् ।
अब ‘लाइभ’ रेडियो र टेलिभिजनमा मात्र सीमित रहेन । हातमा मोबाइल र साथमा इन्टरनेट भएपछि हरेक मान्छेले अब ठाउँको ठाउँ आफूलाई मन परेका दृश्य तथा कुराकानीलाई प्रत्यक्ष प्रसारण गर्न सक्छ । फेसबुकले यो सम्भव बनाएसँगै नेपालमा ‘फेसबुक लाइभ’को प्रयोग बढेको छ ।
‘पोखरा’ जाने भनेपछि जो कोही हुरुक्क हुन्छन् । त्यसैले त एकदिन बिदा पाउनासाथ पोखरा आउन झोला कस्ने धेरै हुन्छन् । कुनै न कुनै बहानामा हरकोही पोखरा आउन चाहन्छन् । त्यसैले पोखराले दिनहुँ नयाँ पाहुनालाई स्वागत गरिरहेको हुन्छ । स्वदेशी वा विदेशी, पोखराले दैनिक नयाँ पाहुना भेट्टाइरहेको हुन्छ ।
गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागू औषधको जालो फैलँदो छ । सिरहाको झाझपट्टिदेखि काठमाडौं मात्रै होइन ओखलढुंगा, उदयपुरजस्ता जिल्लाका सहरोन्मुख गाउँमा पनि लागू औषधको प्रयोग बढिरहेको छ । तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण युवापुस्ता लागू औषधको डरलाग्दो भुमरीमा फँसिरहेका छन् ।
पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्मका हाइवेमा निर्वाध चलिरहेको छ– देहव्यापार । यसमा प्रहरी, होटल व्यवसायी र यौनकर्मीको त्रिकोणात्मक सौदावाजी देखिन्छ । प्रहरीले कहिलेकाँही छापा पनि मार्छ तैपनि यो व्यापार रोकिएको छैन्, झनझन फैलिइरहेको छ । यो व्यवसायमा सबैभन्दा पिडितचाँही यौनकर्मी भइरहेका छन् ।