सानै उमेरमा प्रेम गर्ने भन्दै हप्काउनुको साटो उनीहरूसँग खुलेर कुरा गर्नुस् । यसले उनीहरु तनावबाट बाहिर आउन सक्छन् । कसरी ब्रेकअप भयो भनेर सोध्नुस् र त्यसबाट बाहिर आउने उपाय बताउनुस् ।
सानै उमेरमा प्रेम गर्ने भन्दै हप्काउनुको साटो उनीहरूसँग खुलेर कुरा गर्नुस् । यसले उनीहरु तनावबाट बाहिर आउन सक्छन् । कसरी ब्रेकअप भयो भनेर सोध्नुस् र त्यसबाट बाहिर आउने उपाय बताउनुस् ।
विवाह अगाडि र पछाडिको सम्बन्ध उस्तै हो भन्ने सोच छ भने परिवर्तन गर्नुहोला । व्यक्ति एकै भए पनि विवाह अगाडि र पछाडिको सम्बन्धमा केही विषय परिवर्तन हुन्छ । परिवर्तन हुने सम्बन्धसँगै व्यवहारसमेत परिवर्तन भयो भने सम्बन्ध सुमधुररूपमा अगाडि बढ्न सक्छ ।
जुनसुकै युवतीलाई सुन्दर हुन मन लाग्नु स्वाभाविकै हो । युवतीहरु सुन्दर देखिनमा कपालको ठूलो भूमिका हुन्छ । सबै युवतीले आफ्नो कपालको स्टाइल फरक–फरक बनाएका हुन्छन् । कुनै युवती एक किसिमको हेयर स्टाइलमा एक किसिमको देखिन्छन् भने अर्को किसिमको हेयर स्टाइलमा अर्कै देखिन्छन् ।
अहिले अमलाको सिजन छ । यसको फाइदा उठाउन पाए हामीलाई धेरै फाइदा हुन्छ । स्वस्थ कपालका लागि अमला एउटा उत्तम औषधी हो । अहिले ताजा अमला पाउँछ । यसको सेवन सबैका लागि फाइदाजनक छ । ताजा अमलाको सेवनले हामी सधैँ रोगबाट बच्न सक्छौं ।
कपाल राम्रो बनाउने रहर हामी सबैको हुन्छ । कपाल राम्रो देखिँदा मान्छेको व्यक्तित्व विकासमा प्रभाव पर्छ । कपालमा कलर मेहन्दी लगाउनुअघि केही कुरामा ध्यान दिनुपर्छ । यदि तपार्इंले एकपटक कपालमा मेहन्दी लगाइ सकेपछि अब केही महिनासम्म ढुक्क भइयो भनेर सोच्नुभएको छ भने त्यो गल्ती हो
चिसो मौसम र चिसो ठाउँमै फल्ने सुन्तलाको महत्व धेरै छ । सुन्तला स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक छ । सुन्तलामा भिटामिन सी प्रशस्त पाइन्छ । सुन्तला भिटामिन ‘सी’ को प्रमुख स्रोत पनि हो ।
लसुन एक प्राकृतिक एन्टी बायोटिक औषधि हो । यसले सुगरलाई नियन्त्रित गर्ने काम गर्छ । लसुनले शरीरमा ती हर्मोनलाई सक्रिय गर्ने काम गर्छ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् ।
अमलामा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । यो स्वास्थ्यका लागि उपयोगीका साथै कपालका लागि पनि अति उपयोगी हुन्छ । यसको नियमित प्रयोगले सेतो कपालको समस्या समाधानमा सहयोग गर्छ । अमलामा मेहन्दी मिसाएर यसको घोललाई कपालमा लगाउनाले कन्डिसनिङको काम गर्छ । अमलालाई काटेर तातो नरिवलको तेलमा मिसाएर पनि लगाउन सकिन्छ ।
–जाडोको समयमा चिसोको कारण हाम्रो छाला सुख्खा हुन्छ । नियमितरूपमा अनुहारमा दूध लगायो भने अनुहारको सुख्खापनलाई हटाउन सकिन्छ । दूधमा हामीलाई आवश्यक पर्ने प्रशस्त चिल्लो पदार्थ पाइन्छ । जसको प्रयोगले प्राकृतिकरूपमै अनुहारलाई कोमल र नरम बनाउने गर्छ । अनुहारमा मह र गुलाब जलको ‘फेस प्याक’लगाउँदा पनि जाडोमा अनुहारको सुन्दरतालाई सुरक्षित राख्न सकिन्छ ।
जाडो होस् वा गर्मी हरेक मौसममा महिलाले मात्र नभई पुरुषले पनि सौन्दर्यका प्रशाधनको प्रयोग गर्ने गर्छन् । कुन मौसममा कस्तो सौन्दर्य सामग्रीको प्रयोग गर्दा राम्रो हुन्छ भन्ने बुझी मौसमअनुसारका विभिन्न किसिमका सौन्दर्य प्रशाधनको प्रयोग गरिन्छ । यसका लागि आफूले प्रयोग गर्ने सौन्दर्य प्रशाधनको बारेमा राम्रो ज्ञान हुनु आवश्यक छ, होइन भने अनुचित प्रयोगले मेकअप राम्रो देखिनुको सट्टा झन् नराम्रो, भद्दा देखिन्छ ।
पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ । यसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचन प्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवाञ्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रूपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँछ ।
टमाटर र घिउ फललाई काटेर पेस्ट बनाएर अनुहारमा लगाउने । यसलाई १५ मिनेटसम्म सुख्न दिएर सफा पानीले पखाल्नुपर्छ । यसो गर्दा छाला सफा र चम्किलो बन्छ । एक चम्चा बकिंग सोडामा दुई÷तीन थोपा पानी मिसाएर पेस्ट तयार गर्नुहोस् । यसलाई अनुहारमा लगाएर सुकेपछि पखाल्नु पर्छ । यसको रोगाणु नाश गर्ने गुणले गर्दा यसले छालाको चिल्लोपना कम गर्छ ।
हरेक मौसममा कपालको स्याहार गर्न जरुरी हुन्छ । थोरै बेवास्ता गर्नाले पनि कपाल झर्ने, टुक्रिने, रुखो हुने र चमकमा कमी आउने गर्छ । यसले गर्दा मानिसको सौन्दर्य र व्यक्तित्वमा समेत नकारात्मक असर पर्छ । त्यस कारण हरेक समयमा कपालको स्याहार गर्न जरुरी हुन्छ । कपालको स्याहारमा छुटाउन नहुने भनेको तेल हो । तेल लगाउनाले कपाललाई भित्रैबाट पोषण मिल्छ ।
जाडो मौसममा ओठ र छालालाई पर्याप्त मात्रामा नरमपन चाहिन्छ । छाला र ओठमा नरमपन कायम राख्न हरेक मौसममा शरीरलाई पर्याप्त मात्रामा पानीको आवश्यकता पर्छ । हाम्रो शरीरमा पानीको मात्रामा कमी आउँदा ओठ बढी फुट्ने गर्छ त्यही कारण अन्य मौसममा जस्तो जाडो मौसममा पनि प्रशस्त पानी पिउनुपर्छ । अन्य मौसममा भन्दा जाडो मौसममा ओठ बढी सुख्खा हुन्छ । ओठलाई कोमल तथा नरम राख्न मोस्चराइजर प्रयोग गर्न सकिन्छ ।
अनुहारको हरेक समस्याका लागि दही बहुतै उपयोगी हुन्छ । यसले अनुहारको दाग, धब्बा हटाउनुका साथै छालाको चमक फर्काउन सहयोग गर्छ । दहीमा अरु कुनै तŒव मिसाउनु भयो भने त यो झनै उपयोगी हुन्छ । दहीमा कागतीको रस, टमाटरको रसजस्ता प्राकृतिक चिज मिसाउन सकिन्छ । यसले अनुहारलाई चमक दिने गर्छ ।
मेवा खाँदा स्वादिष्ट मात्र होइन यसको समुचित उपयोगले हाम्रो स्वास्थ्यलाई पनि फाइदा दिन्छ भन्ने कुरा नयाँ होइन । मेवाको प्रयोग छालासँग सम्बन्धित समस्या हटाउनका लागि सदियौँदेखि उपयोग गर्ने गरिएको छ । मेवा हाम्रो स्वास्थ्यका लागि निकै फलदायी फल हो । मेवाको प्रयोगले अनुहारको सुन्दरता निखार्न सकिन्छ । यसले हाम्रो अनुहारको रंगलाई निखार्नुका साथसाथै छालाको समस्यालाई पनि हटाउँछ ।
प्याज सजिलै पाइने खाद्य वस्तुमा पर्छ । धेरैजसो मानिस प्याज काट्दा आँसु आउने भएकाले यसलाई मन पराउँदैनन् तर प्याज कपालका लागि निकै लाभदायक मानिन्छ । प्याजमा पाइने सल्फरले कपालको जरालाई पोषण दिन्छ । सल्फरले कपाललाई दह्रो र लामो बनाउन मद्दत गर्छ । त्यसकारण धेरै जसो मानिसहरू कपाललाई लामो बनाउनका लागि प्याजको रस लगाउने गर्छन् । प्याजमा पाइने एन्टी–ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउँदा कपाल झर्न रोकिन्छ ।
सेन्सेटिभ स्किन भएका मानिसहरुको छालामा रातो दाग बस्छ, चिलाउँछ, पीडाका साथै छाला चाँडै ड्यामेज हुन्छ, मौसम परिवर्तन र प्रदूषणको प्रभाव छिट्टै पर्छ । यस्तो अवस्थामा छालाको हेरचाह अत्यन्त आवश्यक हुन्छ । सेन्सेटिभ स्किन कुनै पनि प्रकारको बिरामीको लक्षण होइन, बरू यो कतिपय बिरामीको कारण बन्न सक्छ ।