हृदयाघातको जोखिम महिलामा भन्दा पुरुषमा धेरै हुन्छ । करिब ८० प्रतिशत हृदयाघात पुरुषमा हुने गरेको पाइएको छ । ‘मेल सेक्स ईज इट सेल्फ रिक्स फ्याक्टर’ मानिन्छ । तर हृदयाघात भइसकेपछि पुरुषको तुलनामा महिलालाई बढी जोखिम हुन्छ ।
हालै भएको एउटा शोध अध्ययनअनुसार सेक्स गर्दा सडेन कार्डियाक अरेस्ट महिलाको तुलनामा पुरुषलाई धेरै हुन्छ तर यो अनुसन्धानले कहिलेकाहीमात्र यस्तो हुने बताउँछ । अमेरिकाको सिडर सायनाय हर्ट इन्स्टिच्युटका डाक्टर सुमित चुघले ४ हजार ५ सय ५७ यस्ता समस्यालाई जाँच गरेका छन् ।
पतिपत्नीबीच यौन चाहना तथा सन्तुष्टि पूरा नभएको खण्डमा पति वा पन्नी मानसिक रोगको सिकार हुने गरेका धेरै घटना देखिएका छन् । पति र पत्नीबीचमा यौनसँग सम्बन्धित विषयमा विचार वा इच्छामा भिन्नता आउँदा तनाव उत्पन्न भई डिप्रेसनलगायतका समस्या लिएर अस्पताल आउने गरेका छन् ।
डाक्टर शेरबहादुर पुनले बिरालोेले मानिसलाई टोकेपछि रेबिज लागेर मृत्यु हुन्छ भन्ने कुरा उनको ४० वर्षीय जीवनसम्म न त सुनेका थिए न त देखेका नै । केही महिनाअघि नुवाकोट शिवपुरी गाउँपालिका ५ नं वडाका करिब ४३ वर्षीय प्रह्रलाद पोख्रेलको बिरालोेले टोक्दा रेबिज लागी मृत्यु भएको आफ्नै आँखाअगाडि देखेपछि डाक्टर पुन आफैँ झस्किए ।
प्रायः मानिसहरुको प्रश्न हुन्छ, एन्टिबायोटिक औषधि खाइरहेको मान्छेले रक्सी पिउनु हुन्छ कि हुँदैन ?
कतिपय महिलाहरु पार्टीमा गएका बेला रक्सी नखानुको कारण सोधे भने आफूले एन्टिबायोटिक खाइरहेको बताउँछन् । खासगरी गर्भवती महिलाहरुको यही जवाफ दिने गर्छन् । उनीहरु प्रायः यस्ता पार्टीमा गर्भवती भएको कुरा लुकाउँछन् ।
जाडो बढ्यो, दिन छोटो भयो । कार्यालयदेखि घर फर्कँदा होस् वा कतै पुगेर फर्कँदाफर्कँदै किन नहोस्, रात परिहाल्छ । रात पर्नासाथ भुस्याहा कुकुरले टोक्ला कि भन्ने डर दिनको तुलनामा बढी हुन्छ । हुन त नेपाल सरकारले कुकुर व्यवस्थापन गर्न करोडौं खर्च गरेको छ तर खासै उपलब्धिमूलक बन्न सकेको छैन । यस्तो अवस्थामा कुकुरदेखि आफैँ जोगिएर हिँड्नुको विकल्प नभएको बताउँछन्, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका जनरल फिजिसियन डाक्टर शेरबहादुर पुन ।
हिजोआज प्राय मानिसलाई हुलमुलमा जाँदा, धेरै कलरहरु झल्याकझुलुक्क देखिरहँदा वा टिभी हेरिरहँदा अत्यधिक टाउको दुख्ने समस्या देखिन थालेको छ । यसरी अत्यधिक टाउनको दुख्ने समस्या तपाईंमा पनि छ भने तुरुन्तै उपचार गर्न सुझाएका छन्, ब्लु लोटस अस्पतालका अकुपन्चरिष्ट डा. बिशाल श्रैष्ठले । उनका अनुसार सबै टाउको दुखाइमा माइग्रेन नहुन सक्छ तर टाउको दुखाइको अन्य कारण भेटिएन भने त्यो माइग्रेन हुनसक्छ ।
प्रविधि तथा अन्य सुविधाका कारण मानिसहरुमा मोटोपनको समस्याले खुबै सताउन थालेको छ । भर्खरका युवाहरुको पनि अन्य सबै भाग फिट भएतापनि पेट भने पुत्लुक्क बाहिर निस्किएको हुन्छ । हुन त घरमा आमाबाबा छोरो या छोरी मोटाए भनेर खुशि हुँदाहुन् तर यसले बिभिन्न प्रकारका रोगलाई समेत निम्तो दिन्छ ।
जाडोमा हातखुट्टाका जोर्नी दुख्नु गम्भीर समस्या हो । एकपटक यस्तो समस्या देखियो भने यसबाट मुक्त हुन निकै गाह्रो हुने अनुभवीहरु बताउँछन् । यसलाई बेवास्ता गर्दा भविष्यमा निकै भारी मूल्य चुकाउनुपर्ने हुनसक्छ । जाडोमा नसा खुम्चने, रक्तसञ्चार उच्च हुने तथा मुटुसम्बन्धी समस्या हुने भएकाले हाड जोर्नीमा समस्या उत्पन्न हुन्छ र दुख्छ ।
वायु प्रदूषण विकासशील देशको ठूलो समस्या बन्न थालेको कुरा नयाँ होइन । नयाँ कुरा त के हो भने देशकै राजधानी काठमाडौँ संसारकै सबैभन्दा प्रदूषित राजधानीमध्येमा गनिन थाल्यो । हालै विश्वव्यापी गरिएको एउटा अध्ययनले देशको सबैभन्दा प्रदूषित राजधानीमध्ये काठमाडौँलाई राखिएको हो । वायु प्रदूषण उच्चतम हुनु भनेको ग्यास च्याम्बरजस्तै हो ।
अर्गाज्म अर्थात् यौन समागमका बखत महसुस हुने चरम सुखसँगै समयशून्यताको अनुभूति हुन्छ । मानिसले स्वयंलाई भुल्दछ र अगाध आनन्दसागरमा विलिन हुन्छ । तान्त्रिक पद्धतिको ज्ञान नभएका मानिसका निम्ति भने यो अनुभूति क्षणिक हुने हुँदा यसले धेरै महत्व राख्दैन ।
मौसम परिवर्तनसँगै सर्वसाधारणलाई लाग्ने रोग पनि फरक फरक हुन्छन् । गर्मी याममा झाडापखाला बढी मात्रामा देखिन्छ भने जाडो याममा रुघाखोकी । अहिलेको मौसम न जाडो छ, न त चर्को गर्मी नै । बच्चादेखि बूढासम्म नै मौसम परिवर्तनको यस संघारमा बिरामी हुने गर्छन् ।
यौनरोगीहरुमध्ये धेरै पहिले पहिचान गरिएको सिफिलिस एउटा प्रमुख यौन रोग हो । यस रोगलाई नेपालमा भिरंगीको नामले चिनिन्छ । यो रोग टिपोनेमा पालिडियम भन्ने जीवाणुले गराउँछ । यो जीवाणुको संक्रमण भएपछि लक्षणहरु देखिन लामो समय लाग्न सक्छ । साधारणतः ९ देखि ९० दिन यसको संक्रमण काल हुन्छ । कहिलेकाहीँ यसका लक्षण नदेखिन सक्छन् तर थाहा हुँदानहुँदै यसको जीवाणुहरुले शरीरका विभिन्न अंगमा असर गर्न सक्छ । यो रोग लाग्दा सुरुमा विमिरा वा खटिराजस्तो देखिन्छ वा एउटा दुई वटा नदुख्ने घाउको रुपमा देखा पर्न सक्छ ।
कतिपय युवकहरु स्वप्नदोष हुँदा वीर्यपतन भएको घटनाले भएको घटनाले चिन्तित बनेका हुन्छन् । किनभने उनीहरुलाई यो शरीरको स्वभाव र सहज प्रक्रिया हो भन्ने बारेमा कसैले भनेको हुँदैन । न त स्कुलमा यस्तो पाठ्यक्रम छ न आमाबाबुले छोरा छोरीलाई यौन शिक्षा आवश्यक सम्झन्छन् ।
यौन एक प्रकारको प्राकृतिक प्रक्रिया हो । यौनलाई लिएर कयौं किसिमका सकारात्मक र नकारात्मक कुरा हुनु खासै नौलो कुरा होइन । केही अपवादबाहेक सबै मानिस यौनकार्यमा सहभागी हुन्छन् । कसैले विवाहपछि सेक्स गर्छन् भने कसैले विवाहअघि नै गर्छन् ।
हामीले भर्खरै दसैंलाई हाम्रो घरआँगनबाट बिदा गर्यौं र अर्कौ चाड तिहारलाई स्वागत गर्ने तयारीमा छौं । चाडबाडको समयमा नेपाली समाजमा सबैभन्दा महत्वका साथ खानेकुरालाई नै हेरिन्छ । काठमाडौं मेडिकल कलेज, सिनामंगलकी जनरल फिजिसियन डा. लक्की शर्माले दीर्घ रोगीले के खान हुने र के खान नहुने भनी सुझाएकी छन् ।
तपाईंको शरीरले जति वीर्य बनाउँछ, त्यस हिसाबले जीवनभर एउटै सेक्स पार्टनर हुनु उति राम्रो आइडिया पक्कै होइन । यसको सदुपयोग गर्ने हो भने त सेक्स पार्टनर बढीभन्दा बढी हुनुपर्ने हो, होइन त ? त्यसैले त स्तनपायी र अन्य जन्तु समूहमा एउटै सेक्स पार्टनर विरलै हुन्छ । मानिसका बारेमा पनि यस्तै हुनुपर्ने हो तर वास्तवमा कैयौँ संस्कृतिहरुमा कैयौँ जीवनसाथी बनाउने र बहुविवाह गर्ने चलन छ ।