•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

आइतबार, १२ चैत २०७९, ०५ : ४६

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
धरान रनको उपाधि कोजु र पुनलाई

धरान रनको उपाधि कोजु र पुनलाई

३१ मिनेट १६ सेकेण्ड र ३७ मिनेट ४७ सेकेण्डमा १० किमि दौड पूरा गर्दै धरान रनद्वारा आयोजित आरती स्ट्रिप्स सातौं धरान १० के रनको उपाधि पुरुषतर्फ बागलुङका तीर्थ पुन र महिलातर्फ कान्छिमाया कोजुले जिते ।

पुरा पढ्नुहोस्

चोला फेर्न खोज्दै धराने रंगमञ्च

चोला फेर्न खोज्दै धराने रंगमञ्च

अन्तर्राष्ट्रिय क्षेत्रसम्म चर्चा कमाएको धराने रंगकर्म केही समय थला परेझैँ देखियो । नाट्यकर्मी लाखापाखा लागे । सुनसानझैँ भयो धराने रंगमञ्च । पुराना नाट्यकर्मी सुस्ताए, नयाँ आएनन् ।

पुरा पढ्नुहोस्

सूर्य अस्त : धरान मस्त

सूर्य अस्त : धरान मस्त

लाहुरेकाे शहरको रुपमा चिनिने धरान मस्तीमा अगाडि नै देखिन्छ । स्वतन्त्र विचारका युवापुस्ता विन्दास छन् यहाँ । पोखरा पनि कम छैन नाइट लाइफमा । रात्रि मस्तीमा काठमाडौंलाई आच्छुआच्छु पार्नसक्ने ल्याकत पूर्वमा यो शहरसँग मात्र छ ।

पुरा पढ्नुहोस्

माया साह्रै महँगो

माया साह्रै महँगो

फेब्रुअरी १४ आउनुअगाडि नै पोखरेली तन्नेरी भ्यालेन्टाइन डेको रन्कोमा छन् । गिफ्ट पसलहरु प्रेमको व्यापारमा व्यस्त छन् । युवा–युवती जोडीलाई खुसी मनाउने उपहारको खोजीमा व्यस्त देखिन्छन् । बुके/बास्केट, कट फ्लावर, माला, बगैंचा डिजाइन, इनडोर र आउटडोर प्लान्ट, फ्लावर बुटिक्स, सबै डेकोरेसन र कार्डले भरिएका छन् पसल । रेस्टुरेन्ट, डिस्को र क्लब युवा लक्षित कार्यक्रम बनाउन व्यस्त छन् ।

पुरा पढ्नुहोस्

सहरमा साप्ताहिक हाट

सहरमा साप्ताहिक हाट

सहर बजारका मान्छे अधिकांश कामकाजी र व्यस्त हुन्छन् । त्यसैले घरायसी सामान खरिद गर्नुपर्यो भने डिपार्टमेन्ट स्टोर वा सपिङ मलमा गएर एकैपटक धेरै दिनका लागि सामान जोहो (खरिद) गर्ने चलन छ । सपिङ मलहरू विकास तथा आधुनिक सहरको मानक पनि हो । त्यसैले ठूला व्यापारिक घरानाले विकसित सहरमा मात्र होइन, सहरोन्मुख ठाउँमा पनि डिर्पाटमेन्ट स्टोर वा मल धमाधम खोलिरहेका छन् ।

पुरा पढ्नुहोस्

कलाको केन्द्र भेडेटार

कलाको केन्द्र भेडेटार

पूर्वको चर्चित पर्यटकीयस्थल हो, सागुरीगढी गाउँपालिका–६ मा अवस्थित भेडेटार । समुद्री सतहबाट १४२० मिटर उचाइमा रहेको भेडेटारको विशेषता भनेको बाह्रै महिना चिसो मौसम भइरहनु हो । भेडेटार बजारलाई छिनछिनमा हुस्सुले छोपिरहन्छ ।

पुरा पढ्नुहोस्

जंगलमा प्रकृतिमैत्री फेसन शो

जंगलमा प्रकृतिमैत्री फेसन शो

वरिपरि रूख, बीचमा दक्षिणबाट उत्तर फर्किएको स्टेज । लाइट पुगेको ठाउँबाहेक अन्यत्र निष्पट अँध्यारो । सम्साँझै बन्द भइसक्ने धरान ८ स्थित यलम्बर सामुदायिक वनको गेट गएको शुक्रबार (पुस ७ गते) भने राति अबेरसम्म खुला थियो जबकि अरू समय भने त्यतिखेर सुनसान हुन्थ्यो ।

पुरा पढ्नुहोस्

पुरस्कारको रकम समाजसेवामा

पुरस्कारको रकम समाजसेवामा

आफूले मेहनत र परिश्रम गरेर आर्जन गरेको उपलब्धि जो कोहीलाई पनि धेरै प्यारो हुन्छ । मेहनत गरेर प्राप्त गरेको फललाई मानिस आफंै उपभोग गर्न चाहन्छ । धरानकी २१ वर्षीया सुन्दरी एवं मोडल मेरिना तुम्सा लिम्बूले पनि निक्कै मेहनत र परिश्रमले मिस नेसनल आईकन २०१७ मा सेकेण्ड रनरअप ताजसहित नगद ५० हजार जितिन् । मोडलिङ, कोरियोग्राफी र रेडियोमा पनि सक्रिय मेरिनाको क्यारिअरमा यो ठूलो उपलब्धि हो । तर, उनले क्राउन (ताज) बाहेक जितेको नगद पुरस्कार समाज सेवामा समर्पित गर्ने घोषणा गरेकी छन् ।

पुरा पढ्नुहोस्

श्रमदानमा धराने युवा

श्रमदानमा धराने युवा

मंसिर २१ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएपछि सबैको ध्यान मतगणनामा केन्द्रित थियो । भोलिपल्ट २२ गते बिहानै धरानका झण्डै २ दर्जन युवायुवती धरान १७ स्थित रिसोर्ट लाइनमा भेला भए । चुनावकै भोलिपल्ट युवायुवतीको लस्कर देख्दा स्थानीय सशंकित पनि बने । ती युवाले स्थानीय एक व्यक्तिको घरमा ढुंगा ओसार्न थालेपछि मात्र उनीहरु श्रमदान गर्न आएको कुरा छर्लङ्ग भयो ।

पुरा पढ्नुहोस्

हेयर एन मेकअप कोर्स

हेयर एन मेकअप कोर्स

हेयर डिजाइन तथा मेकअप(ब्युटी) सम्बन्धी कोर्स गर्न चाहनेहरुलाई खुसीको खबर छ, धरानमा सेवा मात्र होइन, युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले कोर्ससमेत राखेर रेड कार्पेट युनिसेक्स सेलुन एकेडेमी सुरु भएको छ । धरान १०, पुतलीलाइनमा सोमबार एक कार्यक्रमबीचमा धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुुवेदी र नायिका अंशु थापाले संयुक्त रुपमा रिबन काटेर एकेडेमीको उद्घाटन गरेका थिए ।

पुरा पढ्नुहोस्

धरानको रंगमञ्चमा नयाँ पुस्ता

धरानको रंगमञ्चमा नयाँ पुस्ता

धरान ९, गौतम पथस्थित रंगभूमि एकेडेमीको हल । जहाँ दिनहुँ युवायुवती भेला हुन्छन् । घरबाट क्याजुल डेसमा हिँडेका उनीहरु हलमा पुगेपछि भने गाउँले परिवेशको पहिरनमा हुन्छन् । एक्सन र कट आवाजसँगै उनीहरु सामान्यबाट घरी गम्भीर हुन्छन्, घरी रुन्छन्, चिच्याउँछन् ।

पुरा पढ्नुहोस्

इटहरीमा फिटनेस सेन्टर खुल्ने क्रम बढ्दो

इटहरीमा फिटनेस सेन्टर खुल्ने क्रम बढ्दो

इटहरी तरहराका विशाल रासयली साथीभाइसँग हिँड्दा मनोरञ्जनका लागि भन्दै लागूऔषधको लतमा फसिसकेका थिए । मौका बेमौकामा उनको ध्यान लागूऔषधबाहेक अन्यत्र जाँदैनथ्यो । लागूऔषध खाने बानी सुध्रिने छनक नदेखेपछि परिवारका सदस्य दिक्क भइसकेका थिए तर चार महिनायता उनको दिनचर्या फेरिएको छ ।

पुरा पढ्नुहोस्

इटहरीमा घुम्नै पर्ने ठाउँ

इटहरीमा घुम्नै पर्ने ठाउँ

‘नजिकको तीर्थ हेला’ भन्ने नेपालीमा कथन छ । यही कथनसँग मिल्दो गरि हरेक मानिस आफू बसेको स्थानभन्दा टाढा टाढा घुम्न रुचाउँछन् । व्यस्त समयबाट अलिकति फुर्सद निकालेर रमाउन मानिसहरु आफुले मन पराएको ठाउँ घुम्न जाने गर्छन् । ‘सुनेर जानकारी हुन्छ, देखेर विश्वास गरिन्छ र गरेर सिकिन्छ’ भन्ने धारण अनुसार हरेक मानिसले ज्ञान सिक्ने एउटा प्रक्रिया भ्रमण पनि हो ।

पुरा पढ्नुहोस्

धरानमा पनि ‘पर्फमेन्स आर्ट’

धरानमा पनि ‘पर्फमेन्स आर्ट’

धरानको व्यस्त भानुचोक । भानुभक्तको सालिक नजिक ट्राफिक प्रहरी बिटसँगै मान्छेभन्दा अग्लो मोबाइलको सेट छ । कालो पहिरन, कालो मास्कमा युट्युब, फेसबुक, मेसेन्जर, गेमको रुपमा कलाकारहरु आफ्नो अभियोग सहितको प्लेकार्ड बोकेर मोबाइल सेटभित्र पस्छन् ।

पुरा पढ्नुहोस्

राजको फ्रि स्टाइल कला

राजको फ्रि स्टाइल कला

घरी निधार र टाउकोमा वल अड्याएर राख्छन्, घरि दुवै हात र जिउमा बल कुदाउँछन् । खुट्टाले पनि भुइँमा नझारी बल हावामा खेलाइरहन्छन् । उनको यो जादुयी कला देख्नेहरु त छक्कै पर्छन् । हुन त युट्युब तथा सामाजिक सञ्जालहरुमा युरोपका सडक किनारमा जादु यस्ता ट्रिक एवं कला देखाएको भिडियोहरु भाइरल छन् तर आफ्नै आँखा अघि त्यो पनि नेपाली युवाले त्यस्तै गरी वल खेलाउदा को मोहित नहोला र !

पुरा पढ्नुहोस्

गाउँबाट गीत गाउन सहरमा

गाउँबाट गीत गाउन सहरमा

गायन रियालिटी शो ‘नेपाल आइडल’ले सनसनी मच्चाएको धेरै समय बितेको छैन । पहिलो नेपाल आइडल बनेका पोखराका बुद्ध लामाको गायकीका फ्यानहरु थुप्रै छन् । तिनै अनगिन्ती फ्यानहरुमध्ये एक हुन्, तेह्रथुम जिल्लाको मेन्छ्याम गाउँपालिका २, पौठाकका १० वर्षीय जोसेफ शंकर ।

पुरा पढ्नुहोस्

संस्कृति जोगाउन ‘रुङरीमा’

संस्कृति जोगाउन ‘रुङरीमा’

किरात राई जातिमा कसैको विवाह हुँदा जन्त गएपछि बेहुलातर्फको सायबा(सोल्टी) र बेहुलीतर्फको साइमा(सोल्टिनी)हरुबीच रातभर गीत गाउदै रमाइलो गर्ने चलन छ । घरभित्र विवाहको संस्कार एवं कार्य भइरहँदा बाहिर भने सायबा र साइमाहरु लयात्मक गीत गाइरहेका हुन्छन् ।

पुरा पढ्नुहोस्

आरम्भको रंगमञ्चीय देउसी

आरम्भको रंगमञ्चीय देउसी

भैलेनी आइन, आगन..गुन्यु चोली मागन...! ए है भन भन भाई हो.., देउसी रे...! नेपालीहरुको दोस्रो ठूलो चाड तिहार (यमपञ्चक)को तेस्रो दिन साँझमा लक्ष्मी पूजा सकेपछि घरघरमा गुञ्जिने आवाज हुन् यी । तिहारमा देउसी–भैलो खेल्ने परम्परा उहिल्यैदेखि चलिआएको हो । युवा, बुढापाका, महिला टोलीहरु भट्याउदै देउसी खेल्ने वा गाउदै भैलो खेल्ने तिहारको मौलिक संस्कृति हो ।

पुरा पढ्नुहोस्

ब्याङडाँडामा प्रहरी भवन निर्माणार्थ कन्सर्ट

ब्याङडाँडामा प्रहरी भवन निर्माणार्थ कन्सर्ट

अस्थायी प्रहरी बिटको भवन निर्माणमा सहयोग पुर्याउने उद्देश्यले झापाको शिवसताक्षीस्थित ब्याङडाँडामा गत शुक्रबार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । तिहारको अवसरमा पारेर गाई/गोरु पूजाका दिन आयोजित कार्यक्रममा लोकप्रिय ब्यान्ड अनुप्रस्थसहित कलाकारहरुले दर्शकलाई मनोरञ्जन दिलाए ।

पुरा पढ्नुहोस्

‘हाउस अफ होप’ लेडिज ब्यान्ड

‘हाउस अफ होप’ लेडिज ब्यान्ड

भर्खर १५/१६ वर्षका कलिलो अनुहारहरु । स्कुल र कलेज पढ्ने उमेर । किताब, कलम समाउने तिनका हातहरु जब गिटार, ड्रम, मादल र माइक पक्रन्छ, तब सबैलाई छक्कै पार्ने गरी सांगीतिक प्रस्तुति सुरु हुन्छ । ब्यान्डको नाम हो, ‘हाउस अफ होप’ ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.