धरानका मचेन लिम्बू दुई दशकअघि सांगीतिक कार्यक्रममा गितार बजाउँथे । लामो समय संगीत क्षेत्रमा खर्चिएका उनी बिस्तारै अन्य व्यवसायतिर सक्रिय भए । अनि, सांगीतिक जीवनबाट टाढिँदै गए । तर, व्यवसायले मात्र उनको पहिलादेखिको ...
बिरामी जाँच्दै गरेका विराटनगरका तीन चर्चित डाक्टर एकै दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को फन्दामा परेपछि यहाँका चिकित्सकहरू आतिए । ‘नक्कली’ शैक्षिक प्रमाणपत्रको आरोपमा यहाँका नाम चलेका डाक्टर पक्राउ पर्न थालेपछि चिकित्सक संघलाई टाउको दुखाइ भएको छ ।
‘आहा’ कस्तो राम्रो रोज । यस्तो झुप्पाझुप्पा भएको रोज त कहिल्यै देखेकी थिइनँ ।’ भेडेटारको नाम्जे होम–स्टेमा पुगेकी मिस नेपाल अश्मी श्रेष्ठ गुलाब फुलेको देखेर मख्ख भइन् । होम–स्टेको डिलमा फुलेका गुलाबसँग सेल्फी खिचिन् । अनि, रमाउँदै सुनाइन्, ‘कस्तो मज्जा आयो ।’
झापा शनिअर्जुन–७ की कृतिका गिरी एक महिनाअघिसम्म सामान्य युवती थिइन् । एक महिनाको मेहनतपछि १९ वर्षीया उनको परिचय एकाएक फेरिएको छ । उनको नयाँ परिचय हो– ‘मिस पूर्वाञ्चल २०१६’ ।
मौलिक कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको तीनदिने ‘गरिमा सांस्कृतिक नृत्य उत्सव–२०७३’ लाई धराने दर्शकले चाख मानेर अवलोकन छन् ।
सिरहा, लहानकी अपेक्षा ढुंगाना सौन्दर्य प्रतियोगितालाई ताज जित्ने अवसर मात्र मान्दिनन् । काठमाडौँमा भएका ‘मिस नेपाल कल्चर’ र ‘लिरिल फ्रेस फेस’मा सहभागी भएर अनुभव बटुलेकी अपेक्षा अहिले ‘मिस पूर्वाञ्चल’का लागि धरान बसिरहेकी छिन् । उनको अनुभव छ, ‘व्यक्तित्व विकास हुने भएकैले यहाँ आएकी हुँ ।’
रंगकर्मीहरुको छाता संस्था नाट्यकर्मी महासंघ (नाम) नेपालको धनकुटा जिल्ला च्याप्टर गठन भएको छ ।
जिल्लाका नाट्यकर्मीहरुको भेलाले कलाकार मुकुन्द प्रयासको संयोजकत्वमा १६ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको सचिवमा सरोज भुजेल तथा सदस्यहरुमा रमेशचन्द्र अधिकारी, दीपेन्द्र काफ्ले, जोगमाया लुम्बा, केजी सुब्बा, सूर्य वालिङ, हेमचन्द्र पौडेल, नवराज घिमिरे, बलराम दाहाल, नरेन्द्र राई, झमक खनाल, खड्गबहादुर भट्टराई, पोषण घिमिरे, सुरेन्द्र मग्राती र विपेन याक्खा रहेका छन् ।
पूर्वको ठूलो सौन्दर्य प्रतियोगिता मिस पूर्वाञ्चलका सहभागीलाई विभिन्न क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिएका छन् ।
१९ युवती सहभागी मिस पूर्वाञ्चलमा सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइराला, वातावरणविद् राजेन्द्र खनाल, फेसन डिजाइनर अमृत कुँवर, डीएसपी ढकेन्द्र खतिवडा, हेल्दी होम्स सञ्चालक सुप्रिया माफी बनेपाली, धरान सरोकार मञ्च काठमाडौँका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठ, सहप्राध्यापक राजेन्द्र शर्मा, बीपी प्रतिष्ठानका डा. मोहनचन्द्र रेग्मी, धरान उपमहानगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठ, युरेका स्कुलका प्रिन्सिपल राजेन्द्र गुरुङ, होटल म्यानेजमेन्ट प्रशिक्षकहरु रविन श्रेष्ठ र गगन श्रेष्ठ लगायतले आ–आफ्ना क्षेत्रबारे प्रशिक्षण दिएको आयोजकले जनाएको छ ।
तराईमा हपहपी गर्मी छ । सडकमा हिँडिसक्नु छैन । मजदुरी गर्नेलाई साह्रै कठिन छ । तर, तराईको यही कठिन गर्मी पूर्वी पहाडका लागि चाहिँ अवसर बनेको छ । त्यसैले त गर्मीसँगै पूर्वी पहाडका पर्यटकीय गन्तव्य चम्किन थालेका छन् ।
युवतीहरूको सौन्दर्य प्रतियोगिता अर्थात् ब्युटी प्याजेन्ट धेरै हुने शहर हो धरान । कलेज, इन्स्टिच्युट, जातीयदेखि ठूला सौन्दर्य प्रतियोगितासम्म हुने धरानमा यसपटक पनि सुन्दरी बन्न चाहने युवतीहरूको लस्कर लागेको छ । युवतीहरूसँगै यस्ता प्रतियोगिता आयोजना गर्ने आयोजककै प्रतिस्पर्धासमेत देखिएको छ । मिस पूर्वाञ्चलको अडिसन जेठ ३ गते होटल रत्नइनमा भइरहँदा टेस्टी–टेस्टी मिस एसएलसीको...
व्यस्त भिडियो मोडल पल शाह धरानको पुरानोबजारमा एक युवतीसँग रोमान्टिक मुडमा देखिए । पललाई देख्नेबित्तिकै अन्य युवती पनि घेरा हाल्न आइपुगे । त्यहाँ त गीतको भिडियो पो छायांकन भइरहेको रहेछ, अनि पलसँग रमाउँने युवती चाहिँ मोडल अलिसा राई थिइन् ।
हरेक साल नयाँ वर्षका पाहुनालाई स्वागत गर्दै उत्सव मनाउँदै आएका भेडेटारवासीले यसपटक भने सांगीतिक कार्यक्रमसहित रमाइलो बनाए । भेडेटार होटल एसोसिएसनले आयोजना गरेको सांगीतिक कार्यक्रममा गायक मिङ्मा शेर्पा, विनोद खम्बू तथा आउटसाइडर र वाकिङ क्लाउड ब्यान्डले गीत सुनाएर दर्शकलाई मनोरञ्जन दिए ।
एकातिर नयाँ वर्षको रमझम अर्कातिर चढ्दो गर्मीको हैरानी । तर, पूर्वेली युवायुवतीलाई यही कुरा मौकामा चौका हान्ने अवसर बनेको छ । त्यसैले त धनकुटाको नमस्ते झरनामा यो बेला निकै भीड छ । नयाँ वर्षको रौनक सुरु भएको बेला केही दिनअघि झरना पुग्दा एक जोडी तन्नेरी झरनाको नजिकै सेल्फी खिच्न व्यस्त थिए ।